मुख्य समाचार
अमेरिकाले युएईलाई १० विकेटले हरायो
अमेरिकाले युएईलाई १० विकेटले हरायो

। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे ।

त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ रनमा अल आउट भएको थियो ।




युएईका राहुल चोपराले ६४ बलमा ३ चौकासहित सर्वाधिक ३२, अर्यांश शर्माले ३८ बलमा ४ चौका र १ छक्कासहित ३१ तथा अली नासिरले २३ रन बनाए । युएईका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिका जशदीप सिंहले ५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सौरभ नेत्रवालकर, नोष्थुह केन्जिगे र मिलिन्द कुमारले २–२ विकेट लिए ।




यसअघि अमेरिकाले नामिबियालाई ६ विकेटले हराएको थियो । अमेरिकाले आइतबार नामिबिया र मंगलबार युएईसँग खेल्नेछ । युएईले शुक्रबार नामिबिया, मंगलबार अमेरिका र बिहीबार नामिबियासँग खेल्नेछ।

अमेरिका ६ खेलमा ४ मा जितका साथ ८ अंक जोड्दै चौथो स्थानमाछ । युएई ४ खेलमा जित विहीन हुँदै पुछारमा छ । नेपाल ५ खेलमा २ अंकका सात सातौं स्थानमा छ । २०२६ सम्म चल्ने लिग २ मा ८ टोली सहभागी हुँदा शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् ।

यस सिरिजकै लागि नेपाल क्यानडा भ्रमणमा छ । नेपालले आज राती ८ : ४५ मा ओमानसँग खेल्नेछ । पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...