मुख्य समाचार
अमेरिकाले युएईलाई १० विकेटले हरायो
अमेरिकाले युएईलाई १० विकेटले हरायो

। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे ।

त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ रनमा अल आउट भएको थियो ।




युएईका राहुल चोपराले ६४ बलमा ३ चौकासहित सर्वाधिक ३२, अर्यांश शर्माले ३८ बलमा ४ चौका र १ छक्कासहित ३१ तथा अली नासिरले २३ रन बनाए । युएईका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिका जशदीप सिंहले ५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सौरभ नेत्रवालकर, नोष्थुह केन्जिगे र मिलिन्द कुमारले २–२ विकेट लिए ।




यसअघि अमेरिकाले नामिबियालाई ६ विकेटले हराएको थियो । अमेरिकाले आइतबार नामिबिया र मंगलबार युएईसँग खेल्नेछ । युएईले शुक्रबार नामिबिया, मंगलबार अमेरिका र बिहीबार नामिबियासँग खेल्नेछ।

अमेरिका ६ खेलमा ४ मा जितका साथ ८ अंक जोड्दै चौथो स्थानमाछ । युएई ४ खेलमा जित विहीन हुँदै पुछारमा छ । नेपाल ५ खेलमा २ अंकका सात सातौं स्थानमा छ । २०२६ सम्म चल्ने लिग २ मा ८ टोली सहभागी हुँदा शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् ।

यस सिरिजकै लागि नेपाल क्यानडा भ्रमणमा छ । नेपालले आज राती ८ : ४५ मा ओमानसँग खेल्नेछ । पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...