मुख्य समाचार
पेजर र वाकीटकी विस्फोटले स्तब्ध लेबनान
पेजर र वाकीटकी विस्फोटले स्तब्ध लेबनान

। लेबनानमा कम्युनिकेसन डिभाइस पेजर र वाकीटकी मार्फत श्रृंखलाबद्ध विस्फोट भएको छ । स्वास्थ्यमन्त्री फिरास अबैदले बताएअनुसार मंगलबार र बुधबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

मंगलबार लेबनानका साथै सिरियाका कयौं क्षेत्रमा लडाकु समूह हिज्बुल्लाहका सदस्यहरुले प्रयोग गर्ने सयौं पेजरमा लगभग एकै समयमा बिस्फोट भयो । बिस्फोटमा परी १२ जनाको मृत्यु भयो । मारिनेमा दुई स–साना बच्चा समेत थिए ।




बुधबार भने बेरुत र लेबनानको केही क्षेत्रमा वकीटकीमा त्यस्तै घातक विस्फोट भएको छ । विस्फोटमा गरी २५ जनाले ज्यान गुमाए भने ६०० भन्दा बढी घाइते भएका छन् ।

सञ्चार उपकरणहरु पहिला पेजर, त्यसपछि वकीटकीमा भएको बिस्फोटपछि मानिसहरु फोन वा अरु कुनै उपकरण चलाउन पनि डराएका छन् ।




****

बेरुतमा भएको पेजर बिस्फोटमा हिज्बुल्लाहका तीन सदस्यका साथै ११ वर्षका बालकले समेत ज्यान गुमाएका थिए । उनीहरुको अन्तिम बिदाइका लागि बुधबार ठूलो संख्यामा मानिस जम्मा भएका थिए, जसमा स्कुले बालबालिका पनि थिए ।

उनीहरुले हातमा ब्यानरसँगै विस्फोटमा मारिएका बालकको तस्वीर भएको पोस्टर थियो । केहीले हिज्बुल्लाहको पहेँलो रंगको झण्डासमेत बोकेका थिए । केहीको हातमा ठूलो कालो झण्डा थियो, जसमा हिज्बुल्लाहका नेता हसन नसरल्लाहको तस्वीर थियो । महिलाहरु मृतकको शवमा गुलाफको फूलको पत्ता छरिरहेका थिए ।



हिज्बुल्लाहका सदस्यको अन्तिम यात्रामा सहभागीहरुका लागि यो नौलो दृश्य होइन ।

अन्तिम यात्रामा सहभागीहरुले पछिल्लो दुई दिनमा जे भयो, यसलाई मानवताकै विरुद्ध सबैभन्दा ठूलो अपराध भनेका छन् । उनीहरुको आँखामा एक खालको आक्रोश र प्रतिरोधको भाव देखिन्थ्यो । ४५ वर्षीया एक महिला भन्दै थिइन्, जसले एउटा आँखा (आक्रमणमा) गुमाएको छ, उसले अर्को आँखाले लड्छ ।’

अस्पतालमा देखिएको त्यो दृश्य

माउन्ट लेबनान हस्पिटलको बाहिर भीड, तर शान्त थियो । धेरै मानिसहरु आफ्नो परिवारका सदस्यहरुको स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी कुरिरहेका थिए ।

केही पहिले अवस्था ठीक उल्टो थियो, बिस्फोटलगत्तै अस्पतालमा घाइतेहरुलाई ल्याइएको थियो र चारैतिर रोइरहेको, चिच्याइरहेका मानिसहरुको कोलाहल थियो ।



आँखाका डाक्टर प्रोफेसर इलियास वराकका अनुसार मंगलबार उनले जे देखे, त्यो निकै नराम्रो सपना जस्तो थियो । उनी भन्छन्, ‘त्यो मेरो जीवनकै सबभन्दा खराब दिन थियो ।’ उनका अनुसार आफ्नो करियरको २०–३० वर्षमा जति बिरामीको आँखा निकालेका थिए, त्यो भन्दा धेरै मंगलबार राति निकाल्नुपर्‍यो ।

उनी कम्तीमा एउटा आँखा त बचाउन चाहन्थे, तर कतिपयको हकमा त्यो पनि सम्भव भएन । दुबै आँखा निकाल्नुपर्‍यो, किनकी उनीहरुको आँखामा निकै गहिरो चोट थियो । केहीबेरमा डा. वराकले पीडितका आफन्तहरुलाई भेटे, प्रियजनमाथि भएको यो घटनापछि पनि संयमता राखेको भन्दै प्रशंसा गरे ।

पेजर आक्रमणमा करिब ३ हजार घाइते भएका छन् । जसमध्ये २०० भन्दा बढीको अवस्था गम्भीर छ । बधुबार भएको वकीटकी विस्फोटमा २५ जनाले ज्यान गुमाए भने ६०० भन्दा बढी घाइते भएका छन् । सुरुमा मृतकको संख्या १४ र घाइते ४५० भन्दा बढी भनिएको थियो । तर यो संख्या बढेको छ ।

स्वाथ्यकर्मीहरुका अनुसार अधिकांश मानिसको कम्मर, अनुहार, त्यसमा पनि आँखा र हातमा चोट लागेको छ । कतिपयको अवस्था विचलित गर्ने खालका छन् ।

युद्धको एक नयाँ चरण

सन् १९४८ को युद्धपछि इजरायलले अस्तित्वमा आयो । त्यस बेलादेखि चलेको इजरायल प्यालेस्टाइन संघर्षमा पछिल्लो एक वर्षमा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा अक्रमण गरेको थियो । त्यसयता इजरायलले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरेको छ ।

हमासले बन्धक बनाएका ६ जनाको शव भेटिएपछि पछिल्ला दिनहरुमा तत्काल युद्धबिरामको माग गर्दै इजरायलका विभिन्न शहरमा ठूलाठूला प्रदर्शन भएका थिए ।



अमेरिकी अधिकारीहरुले पनि युद्धविरामको नजिक रहेको दाबी गरेका थिए, तर परिस्थिति भिन्न देखिएको छ । पेजर र वकीटकीमा विस्फोट गराएर इजरायलले हिज्बुल्लाहको कम्युनिकेसन नेटवर्कमा पस्न सक्छु भनेर त देखाएको छ ।

यसको प्रतिउत्तरमा हिज्बुल्लाहले चाल्ने कदम त्यो भन्दा घातक पनि हुनसक्छ । इरान समर्थित हिज्बुलाह र लेबनानका प्रधानमन्त्री नाजिब मकार्टीले पनि मंगलबार र बुधबारको विस्फोटका लागि इजरायललाई जिम्मेवार मानेका छन् ।

इजरायली सेनाले भने यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । बुधबार आफ्ना सैनिकहरुसँग कुरा गर्दै इजरायली रक्षामन्त्री योआभ गालेन्टले भने विद्युतीय उपकरणमा भएको विस्फोट उल्लेख नगरी सेना र सुरक्षा एजेन्सीहरुको प्रशंसा गरेका छन् । यत्ति भनेका छन्, ‘हामी युद्धको एक नयाँ चरणको सुरुवातमा छौं ।’

समाचार एजेन्सी एपीका अनुसार नाम उल्लेख नगर्ने शर्तमा अमेरिकन अधिकारीले बताएका छन् कि यो अपरेसनबारे इजरायलले अमेरिकालाई पूर्व जानकारी गराएको थियो जसमा पेजरमा लुकाइएको विस्फोटक पदार्थ विस्फोट हुनेछ ।

समाचारहरुमा जनाइअनुसार हिज्बुलाहले लामो समयदेखि सम्वादका लागि पेजर प्रयोग गर्दै आएको छ । हालै मात्र हिज्बुल्लाहका नेता नसरल्लाहले आफ्ना सदस्यलाई सेलफोन नराख्न चेतावनी दिएका थिए । फोनको प्रयोग गर्दा समूहको गतिविधि ट्र्याक हुनसक्छ ।

पेजर एक अलग वायरलेस नेटवर्कमा चल्छ, त्यसैले यसलाई आमरुपमा आपतकालीन अवस्थामा सहयोग गर्छ । हिज्बुल्लाह जस्तो समूहका लागि पेजर, मोबाइल फोन नेटवर्कमा बढ्दो इजरायली इलेक्ट्रोनिक निगरानीबाट बच्ने साधन थियो ।

हिज्बुल्लाहका सदस्य र विस्फोटमा घाइते भएकाहरुसँग सम्वाद गरेका विश्लेषक एजिला जे म्याग्नियाका अनुसार मंगलबार बिस्फोट भएको नयाँ ब्राण्डको पेजर महिनाभन्दा केही पहिला मात्र किनिएको थियो । तर त्यो कसरी लेबनान पुग्यो भन्ने प्रष्ट छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनहरूको एक शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । यो दुई दिनभित्र कुवेती तेल पूर्वाधारमा भएको दोस्रो ठूलो प्रहार हो। आक्रमण ...
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई युरोपेली संघमार्फत दिइने ९० अर्ब यूरोको ‘सैन्य ऋण’ रोक्ने आफ्नो कानुनी अधिकार रहेको स्पष्ट पारेका छन् । ब्रसेल्समा आयोजित ईयू शिखर सम्मेलनपछि सञ्चारकर्मीहरूसँग बोल्दै ओर्बानले युक्रेनले ’द्रुज्बा’ पाइपलाइनबाट हुने रुसी तेलको आपूर्तिमा लगाएको प्रतिबन्ध नहटाएसम्म हंगेरीले यो ऋण स्वीकृत नगर्ने अडान दोहोर्‍याएका छन् । सन् २०२५ को डिसेम्बरमा ईयू काउन्सिलले यो कोष ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी भीषण युद्धको अन्त्य संयुक्त राज्य अमेरिकाको राजनीतिक इच्छाशक्ति र निर्णयमा निर्भर रहेको बताएका छन् । ब्रसेल्समा आयोजित एक कार्यक्रममा बोल्दै गुटेरेसले भने , ‘मलाई विश्वास छ कि यो युद्ध रोक्ने शक्ति अमेरिकाको हातमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहेमा यो सम्भव छ।’ उनका अनुसार इजरायलले इरानको सैन्य क्षमता पूर्ण रूपमा नष्ट ...
इरानमा युद्ध सुरु भएदेखि ३ हजार १०० भन्दा बढी मानिसहरू मारिएका छन् । अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले इरानमा मृत्यु हुनेको संख्याको बारेमा नयाँ अपडेट जारी गरेको हो । एजेन्सीका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको छ । एचआरएएनएका अनुसार मृत्यु हुनेमा कम्तीमा २१० बालबालिका सहित १ ...
। ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम