मुख्य समाचार
उत्साहजनक प्रदर्शनमा ‘शाम्बाला’, यस्तो छ ६ दिने कमाइ
उत्साहजनक प्रदर्शनमा ‘शाम्बाला’, यस्तो छ ६ दिने कमाइ

। काठमाडौंका ९ र उपत्यकाबाहिरका ३० हलमा रिलिज भएको ‘शाम्बाला’ले ६ दिनमा उत्कृष्ट कमाइ गरेको छ । निर्माता तथा निर्देशक मीनबहादुर भामका अनुसार फिल्मले यस अवधिमा १ करोड १९ लाख रुपैयाँ ग्रस कमाएको छ ।

प्रदर्शनको सातौं दिन बिहीबार कलेक्सन डेढ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । बिहीबार संविधान दिवसको सार्वजनिक बिदा भएकाले पनि शाम्बालाले बिदाको लाभ उठाउन सक्छ ।




भामकै अघिल्लो फिचर फिल्म ‘कालोपोथी’ले पहिलो साता २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । कालोपोथी सीमित हलमा रिलिज हुँदा शाम्बाला भने देशव्यापी प्रदर्शनमा आएको छ ।

बिहीबारदेखि ‘शाम्बाला’को शो संख्या र अकुपेन्सीमा पनि बढोत्तरी भएको देखिन्छ । ‘फिल्मले बिहीबारदेखि पिकअप लिएको छ । उत्साहजनक अकुपेन्सी र प्रतिक्रियाले हामीलाई खुसी दिएको छ’ भामले भने ।




भाम निर्देशित फिल्म बर्लिन र लोकार्नो फेस्टिभलपछि स्वदेशका हलमा रिलिज भएको हो । यो फिल्मले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व पनि गर्नेछ ।

फिल्मको प्रवर्द्धनका लागि निर्देशक भामसहित कलाकार थिन्ले ल्हामो, सोनम तोप्देन लगायत हल भिजिटमा व्यस्त देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...