मुख्य समाचार
उत्साहजनक प्रदर्शनमा ‘शाम्बाला’, यस्तो छ ६ दिने कमाइ
उत्साहजनक प्रदर्शनमा ‘शाम्बाला’, यस्तो छ ६ दिने कमाइ

। काठमाडौंका ९ र उपत्यकाबाहिरका ३० हलमा रिलिज भएको ‘शाम्बाला’ले ६ दिनमा उत्कृष्ट कमाइ गरेको छ । निर्माता तथा निर्देशक मीनबहादुर भामका अनुसार फिल्मले यस अवधिमा १ करोड १९ लाख रुपैयाँ ग्रस कमाएको छ ।

प्रदर्शनको सातौं दिन बिहीबार कलेक्सन डेढ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । बिहीबार संविधान दिवसको सार्वजनिक बिदा भएकाले पनि शाम्बालाले बिदाको लाभ उठाउन सक्छ ।




भामकै अघिल्लो फिचर फिल्म ‘कालोपोथी’ले पहिलो साता २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । कालोपोथी सीमित हलमा रिलिज हुँदा शाम्बाला भने देशव्यापी प्रदर्शनमा आएको छ ।

बिहीबारदेखि ‘शाम्बाला’को शो संख्या र अकुपेन्सीमा पनि बढोत्तरी भएको देखिन्छ । ‘फिल्मले बिहीबारदेखि पिकअप लिएको छ । उत्साहजनक अकुपेन्सी र प्रतिक्रियाले हामीलाई खुसी दिएको छ’ भामले भने ।




भाम निर्देशित फिल्म बर्लिन र लोकार्नो फेस्टिभलपछि स्वदेशका हलमा रिलिज भएको हो । यो फिल्मले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व पनि गर्नेछ ।

फिल्मको प्रवर्द्धनका लागि निर्देशक भामसहित कलाकार थिन्ले ल्हामो, सोनम तोप्देन लगायत हल भिजिटमा व्यस्त देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...