मुख्य समाचार
बागमतीलाई हराउँदै वालिङको शीर्ष ५ को दौड कायमै
बागमतीलाई हराउँदै वालिङको शीर्ष ५ को दौड कायमै

। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले फ्रि कीकमा हानेको बल पहिलो बारमा लागि रिवाउन्ड हुँदा सोही बललाई उनले किक गर्दै वालिङलाई अग्रता दिलाएकी हुन् । उनै सीसीले खेलको ४० औं मिनेटमा पनि गोल गरिन् ।


पहिलो हाफमा २–०को अग्रता बनाएको वालिङले दोस्रो हाफमा २ गोल गर्‍यो । खेलको ५४ औं मिनेटमा सीसीको फ्रि किकमा डी बक्स भित्रबाट रिवाउन्ड आको डिफेन्स बललाई ज्याक्लिन नसालीले गोलमा परिणत गरेकी हुन् ।

उनै ज्याक्लिनले ८३ औं मिनेटमा सुस्मा तामाङले हानेको बललाई बागमतीकी गोलकिपर सुजाता तामाङले बचाउँदा रिवाउन्डमा आएको बललाई नसालीले गोलमा परिणत गरेकी हुन् ।




छैटौं चरणको खेल सकिँदा शीर्ष स्थानमा एपिएफ क्लब रहेको छ । दोस्रो स्थानमा त्रिभुवन आर्मी रहेको छ भने आजको खेल जित्दै वालिङ चौथो स्थानमा उक्लिएको छ । पाँचौं स्थानमा कोशी प्रदेश रहेको छ ।

वालिङले ६ खेलमा ४ जित र २ हारसहित १२ अंकसहित चौथो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको नेपाल पुलिसको पनि समान १२ अंक नै रहेको छ । पुलिस भने ३ जित र ३ बराबरीसहित १२ अंक बटुल्दै तेस्रो स्थानमा छ ।

छैटौं स्थानमा चन्द्रपुर नगरपालिका, सातौंमा संकटा क्लब, आठौंमा बागमती युथ क्लब, नवौंमा कर्णाली र पुच्छरमा सुदुरपश्चिम प्रदेश रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...