मुख्य समाचार
एन्फा महिला लिगमा एपीएफले संकटालाई हरायो
एन्फा महिला लिगमा एपीएफले संकटालाई हरायो

। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे ।


खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् ।

एक मिनेट नबित्दै संकटाकी ममता पुनले काउन्टर अट्याकबाट दिएको उत्कृष्ट क्रसमा साबित्री किसिनले डाइभ गरे पनि फुत्किएको बल टासी ल्हामु शेर्पाले भेट्टाउन सकिनन् । लगत्तै निशा थोकरले उक्त बल क्लियर गर्दै एपीएफको संकट टारिन् ।




२१ औं मिनेटमा अनिता बस्नेतको करिब १० यार्डबाट गरेको सशक्त प्रहार संकटाकी गोलकिपर तेनिङ सेनेले उत्कृष्ट बचाउ गरिन् ।

अनिता केसीले ५१ औं मिनेटमा एपीएफको अग्रता दोब्बर बनाइन् । सरुले उपलब्ध गराएको बललाई अनिताले बक्सभित्र टर्न गर्दै उत्कृष्ट गोल गरेकी हुन् । एपीएफले ६४ औं मिनेटमा तेस्रो गोल गर्दै संकटामाथि दबाब बनायो ।

पेनाल्टी लाइनबाट सविताले गरेको उत्कृष्ट गोलमार्फत एपीएफले ३–० को सहज अग्रता बनाएको हो । सरुले दिएको थ्रो पास नियन्त्रणमा लिँदै उनले गोल गरेकी हुन् । यस क्रममा सविताले संकटाका दुई रक्षकलाई बिट गर्दै बललाई पोस्टको दिशा दिइन् । एपीएफकी सरु लिम्बू प्लेयर अफ दी म्याच भइन् ।

जितसँगै साविक विजेता एपीएफले लिगको शीर्र्ष स्थानमा रहेर दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिगको शीर्ष पाँच टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

शीर्ष स्थानको एपीएफले पाँचौं जितसँगै ६ खेलबाट १६ अंक जोडेको छ । जुन दोस्रो स्थानको पुलिसको भन्दा पाँच अंकले बढी हो । यद्यपि, पुलिसले एक खेल कम खेलेको छ ।

यता, पहिलोपल्ट लिग खेलेको संकटाले विदेशी खेलाडी भित्र्याए पनि सुखद् नतिजा प्राप्त गर्न सकेको छैन । ६ खेलमध्ये संकटाको यो तेस्रो हार हो । संकटा पाँच अंकससहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...