मुख्य समाचार
गुलशनको सानदार अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित
गुलशनको सानदार अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ ।

२२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुले । दोस्रो बलमा सकिल अहमदको ब्याटबाट एज लागेर विकेटकिपरकै छेऊबाट चौका गएको थियो । तेस्रो बल सोमपालले डट राखेका थिए । चौथो बलमा एक रन बटुले । त्यसपछि दुई बलमा दुई रन चाहिँएको थियो ।




पाँचौं बलमा कलिमुल्लाहले चौका हान्दै ओमानलाई रोमान्चक जित दिलाए । सकिल १७ र कलिमुल्लाह ६ रनमा नट आउट रहे । ओमानका जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । कश्याप प्रजापतिले ५२ बलमा ४ चौकासहित ३६ रनको योगदान दिए ।

ओमानलाई ओपनर कश्याप प्रजापति र जतिन्दर सिंहले १६.१ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । सन्दीपले जतिन्दरलाई एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।




२० औं ओभरको दोस्रो बलमा आरिफ शेखले आसिफ शेखबाट कश्यापलाई क्याच गराउँदै नेपाललाई खेलमा फर्किने संकेत दिए । कप्तान अकिब इलियास ३३ बलमा ५ चौकासहित २९ रनमा गुलशन झाको बलमा करण केसीबाट क्याच आउट भएपछि ओमान २४.३ ओभरमा ११३-३ को अवस्थामा थियो ।

गुलशन झाको बलमा आयन खान ९ रनमा क्याच आउट भए । तीव्र गतिका बलर करण केसीको ३४ औं ओभरको पहिलो बलमा प्रतिक अथभले २६ रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए । करणले नगरेपनि विकेटकिपरको अपिलमा उनी आउट भएका थिए । करणको अर्को ओभरमा खराब सट खेल्दै खालिद कैल १७ रनमा सोमपालबाट क्याच आउट भए ।

त्यसपछि ओमानको इनिङ शोएब खानले सम्हाल्लेका थिए । गुलशनको बलमा एज लागेर अर्जुन साउदबाट शोएब २६ रनमा क्याच आउट हुँदा ओमान ४१.३ ओभरमा १८९-७ को अवस्थामा थियो । त्यसपछि बलर हुँदा नेपालको जितको सम्भावना ह्वात्वै बढेको थियो ।

जय ओडेरालाई करण केसीबाट क्याच गराउँदै गुलशनले आफ्नो अन्तर्राष्टिय करिअरमा पहिलो पटक पाँच विकेट पूरा गरे । गुलशनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिए । करण केसीले १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।





त्यसअघि किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।

कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेलेका थिए । तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । जसक्रममा उनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए ।

एक समय १३.१ ओभरमा ३१-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११-११ तथा अनिल साह ३ रनमा आउट भए ।

सोमपाल कामीले ८ बलमा २ छक्कासहित २० तथा सन्दीप लामिछाने १५ बलमा ११ रन जोडे । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिए । सकिल अहमद र शोएब खानले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । नेपालले अव आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ ।

नेदरल्यान्ड्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमाछ । क्यानडा ९ खेलमा ५ मा जितसहित १० अंकका साथ दोस्रो स्थानमा छ । युएई ४ खेलमा अंक विहीन हुँदै पुछारमा छ । नेपाल ६ खेलमा १ मा जितसहित २ अंकका सात सातौं स्थानमा छ । ८ टोली सहभागी लिग-२ का शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...