मुख्य समाचार
बढ्दैछ अन्तरिक्ष सयरको ट्रेण्ड, यस्तो छ खर्च र तयारीको हिसाबकिताब
बढ्दैछ अन्तरिक्ष सयरको ट्रेण्ड, यस्तो छ खर्च र तयारीको हिसाबकिताब

दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे ।

ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना हो । र, त्यसरी कीर्तिमान कायम गर्ने व्यक्तिहरु हुन्, जारेड आइसाकम्यान र सारा गिलिस ।




जारेड आइसाकम्यान इलेक्ट्रोनिक पेमेन्ट कम्पनी ‘फोर डट इन’ का संस्थापक हुन् । सारा चाहिं स्पेसएक्स कम्पनीमा इन्जिनियरको रुपमा कार्यरत छिन् ।

अर्बपति आइज्याकम्यानले नै उक्त मिशनको सम्पूर्ण खर्च व्यहोरेका थिए । यात्राको सफल समापन भयो । उनीहरूले अन्तरिक्षमा सफलतापूर्वक स्पेसवाक गरे । स्पेसवाक गर्दै गर्दा जारेडले भनेका थिए, ‘हामीलाई घर फर्केर धेरै काम गर्नुछ, तर जहाँ म छु, यहाँबाट पृथ्वी एक सुन्दर संसार देखिन्छ।’




यो सफलतासँगै अन्तरिक्षयात्रामा नयाँ युगको सुरुआत भएको छ र अब आगामी दिनमा अन्तरिक्ष पर्यटन झनै फस्टाउने देखिन्छ। यहाँनेर स्वभाविक रुपमा प्रश्न उठ्छ कि आखिर एकजना सर्वसाधारण कसरी अन्तरिक्षमा स्पेसवाक गर्न सक्छ र यस कामको लागि कति खर्च लाग्छ ?

स्पेसवाक गर्नका लागि अरबौं रुपैयाँ खर्च गर्नुपर्छ, किनकि यसमा धेरै कुराहरू सामेल हुन्छन् । तर, जहाँसम्म स्पेसएक्सको ड्रयागन क्याप्सुलको कुरा छ, यसको एउटा सिटको मूल्य करिब पाँच करोड ५० लाख डलर पर्छ ।

अन्तरिक्षमा यात्रा गर्ने र स्पेसवाक गर्ने काम यतिधेरै महँगो यसकारण छ कि यसमा प्रशिक्षण, शरीरअनुसार स्पेस सूट तयारी तथा शारीरिक क्षमता विकासलगायतमा हुने खर्च समेत समावेश छ ।

कसले जान सक्छ…

Spacewalk in Space Station

सिर्फ त्यही व्यक्ति अन्तरिक्षमा जानका लागि पहलकदमी गर्न सक्छ, जसलाई नासा वा उसलाई लैजाने स्पेस कम्पनीले चयन गर्छ । तर, यसमा व्यक्तिको सीप, अनुभव र शारीरिक फिटनेसमा धेरै ध्यान दिइन्छ ।

नासा, स्पेसएक्स वा कुनै अन्य कम्पनीको अन्तरिक्षयानमा चढेर अन्तरिक्षयात्रामा जान सकिन्छ । रकेटको मद्दतले यानलाई अन्तरिक्षमा पठाइन्छ । त्यसपछि अन्तरिक्षयात्रीहरू बाहिर निस्किएर स्पेसवाक गर्छन् । त्यसक्रममा उनीहरू क्याप्सुलसँग डोरीले बाँधिएका हुन्छन्। त्यही प्रक्रिया स्पेस स्टेशनमा पनि हुन्छ।

प्रशिक्षणमा के हुन्छ ?

अन्तरिक्षका विषम परिस्थितिहरूलाई सामना गर्नका लागि कठोर शारीरिक प्रशिक्षण गराइन्छ र शारीरिक क्षमता सुधार गरिन्छ ।

स्पेसवाकसँग सम्बन्धित प्राविधिक र वैज्ञानिक प्रक्रियाहरूको ज्ञान दिइन्छ । त्यसक्रममा स्विमिङ पुलमा स्पेसवाकको प्रशिक्षण दिइन्छ । साथै, भर्चुअल रियालिटी कार्यक्रमहरू मार्फत पनि प्रशिक्षण हुन्छ। आकस्मिक अवस्थामा बाँच्नका लागि आपतकालीन प्रशिक्षण समेत गराइन्छ र मिशनको उद्देश्य पनि बुझाइन्छ ।


अन्तरिक्षको जस्तै वातावरण सिर्जना गरेर पनि सिमुलेसन गराइन्छ अर्थात दुरुस्त वातावरणामा स्पेसवाकको अभ्यास गराइन्छ ।

यात्रीहरुलाई उपकरणहरूको जाँच गर्ने तरिका सिकाइन्छ । टोलीका सदस्यहरूसँग राम्रो समन्वय र मिशन नियन्त्रणमा कामका बारेमा पनि प्रशिक्षण दिइन्छ ।

वास्तवमा अन्तरिक्षमा हिंड्नु भनेको एकदम जटिल र कठिन प्रक्रिया हो । यसमा सँगै गएको टोलीसँग राम्रो समन्वय आवश्यक त हुन्छ नै साथै, शारीरिक-मानसिक तन्दुरुस्ती र प्राविधिक ज्ञान पनि महत्त्वपूर्ण रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम