मुख्य समाचार
अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो ।

कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ देखि ५.५० प्रतिशतको सीमामा थियो ।




बेरोजगार दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछि फेडले ब्याजदर कटौतीको निर्णय गरेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । ब्याजदर कटौतीले श्रम बजारको मन्दी थप घटाउने एफओएमसीको दाबी छ ।

यो कटौतीपछि मूल्यवृद्धिमा थप जोखिम नदेखिएमा २०२४ को अन्त्यतिर अर्को ०.५० प्रतिशत विन्दु ब्याजदर कटौती हुन सक्ने अनुमान गरिएको छ ।




‘मूल्यवृद्धिदर लक्षित २ प्रतिशतको सीमातिरै उन्मुख छ, बेरोजगारीको जोखिम पनि अब सन्तुलनतिर गइरहेको छ’ एफओएमसीको बैठकपछि जारी विज्ञप्तिलाई सीएनबीसीले उल्लेख गरेको छ । यो ब्याजदर कटौतीपछि अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्न जानेछ ।

‘बेरोजगारीको कुनै जटिल समस्याविना नै मूल्य स्थिरतातिर उन्मुख छौं, यसले देखाउँछ कि हामी मूल्यवृद्धि र बेरोजगार दुवै समस्यालाई सही रुपमा सम्बोधन गर्न सक्षम रहन्छौं’ कमिटीको निर्णयपछि फेडका अध्यक्ष जेरोम एच पावेलले पत्रकार सम्मेलनमा भने ।

पछिल्लो एक वर्षमा अमेरिकी बेरोजगार दर ४ बाट बढेर ४.४ प्रतिशत पुगेको छ भने मूल्यवृद्धि २.६ बाट घटेर २.३ प्रतिशतमा झरेको छ । मूल्यवृद्धिलाई २ प्रतिशत सीमामा झार्ने लक्ष्य लिइएको छ ।

अमेरिकी ब्याजदर परिवर्तनले अमेरिकी उत्पादनको लागत तथा मूल्य, कच्चा तेल, सुन, मुद्रा विनियमदरजस्ता विषयलाई प्रत्येक्ष प्रभाव पर्ने भएकाले यसको असर नेपालसहित अरु मुलुकहरूमा पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम