मुख्य समाचार
काभा भलिबलमा श्रीलंकाको एयरफोर्सलाई हराउँदै पुलिसको दोस्रो जित
काभा भलिबलमा श्रीलंकाको एयरफोर्सलाई हराउँदै पुलिसको दोस्रो जित

। नेपाली विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला क्लब भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ ।

सोमबार माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले श्रीलंकाली क्लब एयर फोर्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित निकालेको हो ।

पुलिसले एयर फोर्सलाई २५–१६, २५–२० र २५–२१ ले हराएको हो ।

पहिलो र दोस्रो सेटमा नेपाल पुलिस क्लबले अग्रता बनाउँदै जित निकालेको थियो भने तेस्रो सेटमा एयर फोर्सले २१ अंक सम्म अग्रता बनाइरहेको थियो । पछ्याउँदै गरेको पुलिसले लगातार अंक बटुल्दै दोस्रो जित दर्ता गरेको हो ।



पुलिसले पहिलो खेलमा आइतबार उज्वेकिस्तानको ह्युमो क्लबलाई पनि ३–० ले नै हराएको थियो ।

पुलिसले अब तेस्रो खेल ताजकिस्तानको भीसी डियामेदसँग खेल्ने छ भने लिगको चौथो खेल माल्दिभ्स पुलिससँग खेल्नेछ ।

गत चैतमा सम्पन्न भएको एनभीए महिला भलिबल लिगमा एभ्रेष्ट क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो । सोही अनुसार लिग विजेताको हैसियतमा पुलिसले काभा महिला क्लब च्याम्पियनसिप खेलेको हो ।

यस प्रतियोगिताका लागि नेपाल पुलिस क्लबले आफ्नो विभाग बाहिरका तीन खेलाडी अनुबन्ध गरेको थियो । जसमा एपिएफका निरुता ठगुन्ना र सरस्वती चौधरी छन् भने न्युडाइमन्डकी उदयीमान खेलाडी सुमित्रा रेग्मी पनि रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...