मुख्य समाचार
५ वर्ष खेल्ने नेपाली क्रिकेटरले आफ्नै घर बनाउन सक्छन् : पारस खड्का
५ वर्ष खेल्ने नेपाली क्रिकेटरले आफ्नै घर बनाउन सक्छन् : पारस खड्का

। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालबाट नियमित पाँच वर्ष क्रिकेट खेल्ने खेलाडीले काठमाडौं बाहिर घर बनाउन सक्ने बताएका छन् ।

शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को मार्की प्लेयरको लक्की ड्र कार्यक्रममा उनले नेपाली क्रिकेटरको आर्थिक स्थिति मजबुत हुँदै जाने बताएका हुन् ।

‘हाम्रो आम्दानीको स्रोत र टिम स्वामित्वको मूल्य बढ्दा पहिलो प्राथमिकता खेलाडी नै हुन् । क्यानले सेन्ट्रल कन्ट्र्याक्ट सिस्टम गरेको छ । लिग (एनपीएल) आयोजना गर्दैछ । कुनै खेलाडी अबको चार/पाँच वर्षसम्म देशको लागि नियमित खेल्छन् भने काठमाडौं बाहिर घर बनाउन सक्ने अवस्थासम्म पुग्छन्’, उनले भने ।

नेपाली खेलाडीलाई खेलको नियमित अवसर दिनका लागि नेपाल प्रिमियर लिग आयोजना गरेको पारसले बताए । ‘नेपालले दुई वटा विश्वकप (टी–२० २०१४ र २०२४) खेलिसक्यो । महिला टिमले एसिया कप खेलिसकेको छ । नेपाली क्रिकेटमा देखिएको क्रेजलाई समेट्दै आफैंमा सक्षम बनेर एउटा राम्रो प्रतियोगिता आयोजना गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई एउटा अवसर दिने सोच छ’, पारसले भने ।

एनपीएलले नेपाली खेलाडीलाई आर्थिक भरथेग गर्न र नियमित खेल्न प्लेटफार्म उपलब्ध गराउने उनले बताए । ‘एनपीएल मात्रैआयोजना गर्ने भिजन नभई, एनपीएलसँग आवद्ध टिमहरुलाई हामीले जिल्ला र प्रदेशसँग पनि जोड्ने छौं । हरेक नेपालीको लागि चिन्न सक्ने एउटा प्रतियोगिता होस् भन्ने इच्छा र चाहना हो’, सचिव पारसले भने ।

एनपीएलले नेपाली क्रिकेटको ग्रास रुट र घरेलु क्रिकेटको संरचना विकास गर्न ठूलो योगदान पुग्ने उनी बताउँछन् ।

शनिबार गरिएको लक्की ड्रबाट ८ टोलीको मार्की प्लेयर टुङ्गो लागेको थियो । लुम्बिनीले कप्तान रोहित पौडेल, काठमाडौंले करण केसी, कर्णालीले सोमपाल कामी, सुदूरपश्चिमले दीपेन्द्रसिंह ऐरी, विराटनगरले सन्दीप लामिछाने, जनकपुरले आसिफ शेख, पोखराले कुशल भुर्तेल र चितवनले कुशल मल्ल लक्की ड्र मार्फत मार्की खेलाडी पाएका थिए ।

सबै मार्की खेलाडीको मूल्य समान २० लाख रुपैयाँ हुनेछ । मार्की खेलाडीको मूख्य काम अक्सनमा राम्रो टोली बनाउने हुनेछ ।

मार्की खेलाडीको सम्झौता तीन वर्षको हुनेछ । तर टोलीले चाहेको खण्डमा अर्कोवर्ष पछि पनि परिवर्तन गर्नसक्ने सम्भावना रहने पारस बताउँछन् ।

‘पहिला हामीले खेलाडीको मूल्य पनि बुझ्नुपर्‍यो । तीन वर्षमा कति खेलाडीहरु फरक भूमिकामा पनि हुन सक्छन् । नयाँ खेलाडी आउन सक्छन् । कति टिमलाई एक वर्षपछि मलाई मेरो मार्की प्लेयर मन परेन भन्ने पनि हुनसक्छ’, पारसले भने ।

क्यानले दशैंअघिसम्म एनपीएलको अक्सन गर्ने जनाएको छ । अक्सनमा नेपालका खेलाडीहरुले ग्रेडिङ अनुसार मूल्य राख्न पाउनेछन् । विदेशी खेलाडी भने टोलीले आन्तरिक सहमतिमा लिनुपर्ने हुन्छ । एक टोलीमा १६ खेलाडी हुँदा चार विदेशी हुनेछन् । जसमा एक जना एसोसिएट खेलाडी राख्नुपर्ने हुन्छ । एनपीएल आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...