मुख्य समाचार
५ वर्ष खेल्ने नेपाली क्रिकेटरले आफ्नै घर बनाउन सक्छन् : पारस खड्का
५ वर्ष खेल्ने नेपाली क्रिकेटरले आफ्नै घर बनाउन सक्छन् : पारस खड्का

। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालबाट नियमित पाँच वर्ष क्रिकेट खेल्ने खेलाडीले काठमाडौं बाहिर घर बनाउन सक्ने बताएका छन् ।

शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को मार्की प्लेयरको लक्की ड्र कार्यक्रममा उनले नेपाली क्रिकेटरको आर्थिक स्थिति मजबुत हुँदै जाने बताएका हुन् ।

‘हाम्रो आम्दानीको स्रोत र टिम स्वामित्वको मूल्य बढ्दा पहिलो प्राथमिकता खेलाडी नै हुन् । क्यानले सेन्ट्रल कन्ट्र्याक्ट सिस्टम गरेको छ । लिग (एनपीएल) आयोजना गर्दैछ । कुनै खेलाडी अबको चार/पाँच वर्षसम्म देशको लागि नियमित खेल्छन् भने काठमाडौं बाहिर घर बनाउन सक्ने अवस्थासम्म पुग्छन्’, उनले भने ।

नेपाली खेलाडीलाई खेलको नियमित अवसर दिनका लागि नेपाल प्रिमियर लिग आयोजना गरेको पारसले बताए । ‘नेपालले दुई वटा विश्वकप (टी–२० २०१४ र २०२४) खेलिसक्यो । महिला टिमले एसिया कप खेलिसकेको छ । नेपाली क्रिकेटमा देखिएको क्रेजलाई समेट्दै आफैंमा सक्षम बनेर एउटा राम्रो प्रतियोगिता आयोजना गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई एउटा अवसर दिने सोच छ’, पारसले भने ।

एनपीएलले नेपाली खेलाडीलाई आर्थिक भरथेग गर्न र नियमित खेल्न प्लेटफार्म उपलब्ध गराउने उनले बताए । ‘एनपीएल मात्रैआयोजना गर्ने भिजन नभई, एनपीएलसँग आवद्ध टिमहरुलाई हामीले जिल्ला र प्रदेशसँग पनि जोड्ने छौं । हरेक नेपालीको लागि चिन्न सक्ने एउटा प्रतियोगिता होस् भन्ने इच्छा र चाहना हो’, सचिव पारसले भने ।

एनपीएलले नेपाली क्रिकेटको ग्रास रुट र घरेलु क्रिकेटको संरचना विकास गर्न ठूलो योगदान पुग्ने उनी बताउँछन् ।

शनिबार गरिएको लक्की ड्रबाट ८ टोलीको मार्की प्लेयर टुङ्गो लागेको थियो । लुम्बिनीले कप्तान रोहित पौडेल, काठमाडौंले करण केसी, कर्णालीले सोमपाल कामी, सुदूरपश्चिमले दीपेन्द्रसिंह ऐरी, विराटनगरले सन्दीप लामिछाने, जनकपुरले आसिफ शेख, पोखराले कुशल भुर्तेल र चितवनले कुशल मल्ल लक्की ड्र मार्फत मार्की खेलाडी पाएका थिए ।

सबै मार्की खेलाडीको मूल्य समान २० लाख रुपैयाँ हुनेछ । मार्की खेलाडीको मूख्य काम अक्सनमा राम्रो टोली बनाउने हुनेछ ।

मार्की खेलाडीको सम्झौता तीन वर्षको हुनेछ । तर टोलीले चाहेको खण्डमा अर्कोवर्ष पछि पनि परिवर्तन गर्नसक्ने सम्भावना रहने पारस बताउँछन् ।

‘पहिला हामीले खेलाडीको मूल्य पनि बुझ्नुपर्‍यो । तीन वर्षमा कति खेलाडीहरु फरक भूमिकामा पनि हुन सक्छन् । नयाँ खेलाडी आउन सक्छन् । कति टिमलाई एक वर्षपछि मलाई मेरो मार्की प्लेयर मन परेन भन्ने पनि हुनसक्छ’, पारसले भने ।

क्यानले दशैंअघिसम्म एनपीएलको अक्सन गर्ने जनाएको छ । अक्सनमा नेपालका खेलाडीहरुले ग्रेडिङ अनुसार मूल्य राख्न पाउनेछन् । विदेशी खेलाडी भने टोलीले आन्तरिक सहमतिमा लिनुपर्ने हुन्छ । एक टोलीमा १६ खेलाडी हुँदा चार विदेशी हुनेछन् । जसमा एक जना एसोसिएट खेलाडी राख्नुपर्ने हुन्छ । एनपीएल आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...