मुख्य समाचार
जापानमा रहेका प्रवासी नेपालीहरूले बिहुकोट समाजको आयोजनामा तीज महोत्सव
जापानमा रहेका प्रवासी नेपालीहरूले बिहुकोट समाजको आयोजनामा तीज महोत्सव

: जापानमा रहेका प्रवासी नेपालीहरूले बिहुकोट समाजको आयोजनामा तीज महोत्सव गरेका छन्। नेपाली राजदूतावास जापानका राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा भएको उक्त महोत्सवमा ठूलो संख्यामा नेपालीहरूले सहभागिता जनाएका थिए।


महोत्सवलाई नेपाली देउडा गायिका लक्ष्मी आर्चाय, सुर्य खड्का , युवराज आचार्य, सान्ता रानि परियार , सरिता गुरुङ श्रेस्ठ, निशा क्षेत्री, मौलिक लोक भाकाको तीज गीत गर्ने रेस्मा कँडेल मुना शर्मा, दिपिका कँडेल, मुना कँडेल, गीता कँडेल, अमृता सापकोटा, सरिता, देवी कँडेलले महोत्सवलाई संगीतमय बनाए।

महोत्सवमा एनआरएन जापानका अध्यक्ष नबिन निउरे, सामाजिक अभियन्ता अर्जुन भुषाल , लक्ष्मी रिजाल कँडेल , नवलपुर समाज जापानका अध्यक्ष सुरेश सापकोटा, बागलुङ समाज जापानका अध्यक्ष यामकान्त कँडेल, लेखानि समाजका अध्यक्ष खगराज कँडेल, उपाध्यक्ष दीपक कँडेल , हिरा श्रिष नेपाल विशेष सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
आइतबार भएको मतदानमा जापानको प्रतिनिधि सभामा ४६५ सिटमध्ये एलडीपी नेतृत्वमा रहेको गठबन्धनले ३५२ सिट जितेको बीबीसीले जनाएको छ ।
। जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा ताकाइची नेतृत्वको एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा सबैभन्दा धेरै सिट जितेको हो । सरकारी प्रसारक एनएचकेले सार्वजनिक गरेको नतिजाअनुसार ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ, जुन साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ ...
राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त गरेका छन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार यहाँ आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् । 'आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना ...
: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताएका छन्। जापानका प्रधानमन्त्री तकाइची सनायसँगको भेटवार्तामा राष्ट्रपति पौडेलले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताए। 'हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौं, दुई मुलुकबीचको मैत्रीपूर्ण ...
: राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच भेटवार्ता भएको छ। जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा भेटवार्ता भएको हो। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा ...