मुख्य समाचार
आइफोन १६ सँगै आउने आइओएस १८.१ मा हुनेछन् यी गज्जबका फिचर
आइफोन १६ सँगै आउने आइओएस १८.१ मा हुनेछन् यी गज्जबका फिचर

आइफोन १६ सिरिज लञ्च गर्नका लागि सोमबार आयोजित एप्पलको विशेष समारोह It’s Glow time मा एप्पल इन्टेलिजेन्स सर्वाधिक चर्चामा रह्यो । एप्पल इन्टेलिजेन्स एप्पलका उपकरणहरुमा कृत्रिम बुद्धिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स सुविधाको बहुप्रतिक्षित एकीकरण हो ।

कम्पनीले गत जुनमा आयोजित वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्सका बेला एप्पल इन्टेलिजेन्सको घोषणा गरेको थियो। एप्पलले आफ्नै एआईको रुपमा विकशित एप्पल इन्टेलिजेन्सलाई पहिलोपटक आइफोन १६ सिरिजमा उपलब्ध गराउँदैछ । साथै आइफोन १५ प्रो मोडेलमा पनि यो उपलब्ध हुने बताइएको छ । विभिन्न गज्जबका सुविधाहरुले युक्त एप्पल इन्टेलिजेन्स एप्पलको आइओएस १८.१ अपडेटसँगै उपलब्ध हुनेछ।




कम्पनीका अनुसार यो फिचर iPadOS 18.1 तथा macOS Sequoia 15.1 मा पनि उपलब्ध हुनेछ।

एप्पल इन्टेलिजेन्सको एआई सुविधा आइफोन १६ सिरिजका सबै मोडेलसँगै आइफोन १५ का प्रो मोडेलहरुमा उपलब्ध हुने एप्पलले पुष्टि गरेको छ। साथै M1 र त्यसपछिको चिप्स भएका आइप्याड र म्याकहरु जसमा डिभाइस र सिरीको भाषा अंग्रेजी सेट भएको हुन्छ ती सबैमा पनि यो सुविधा प्राप्त हुनेछ ।



एप्पल इन्टेलिजेन्स फिचर रहने नयाँ आइफोन अपरेटिङ सिस्टम आइओएस १८.१ मा कुनकुन सुविधा हुनेछन् त ? आउनुहोस् चर्चा गरौँ :

१. Writing Tools

एआइयुक्त राइटिङ टुल्स विभिन्न एप्पल एप्सहरु जस्तै मेल, म्यासेज, नोट्स आदिमा उपलब्ध हुनेछ।

यी टुल्समा टेक्स्ट समराइजेसन, टेक्स्ट जेनेरेसन, टेक्स्ट इम्प्रुभमेन्ट लगायतका विभिन्न सुविधाहरु सामेल छन्।



प्रयोगकर्ताहरुले एआइबाट मेसेज तथा इमेललाई लामो बनाउनका लागि पनि यसलाई प्रयोग गर्न सक्दछन्। यसका अलावा प्रयोगकर्ताले manural prompts को प्रयोग गरेर यसलाई विभिन्न शैलीमा पनि पुनर्लेखन गर्न सकिन्छ।

२. Notification Summarisation

iOS 18 अपडेटसँगै आउने एउटा अर्को गज्जबको सुविधा हो नोटिफिकेसन समराइजेसन। यसमा एप्पल इन्टेलिजेन्सको प्रयोग गरेर ठूलो संख्यामा नोटिफिकेशनलाई दुई तरिकाबाट संक्षेपीकरण तथा व्यवस्थित गर्न सकिन्छ।

३. Clean Up in Images

यो फिचरको प्रयोग गरेर प्रयोगकर्ताले कुनै पनि तस्वीरबाट जुनसुकै वस्तु वा व्यक्तिहरु हटाउन सक्दछन् । एआइले त्यसलाई स्वचालित रूपले हटाउन सक्दछ वा प्रयोगर्तालाई विशेष वस्तु या व्यक्तिको चित्रलाई हाइलाइट करने अनुमति दिन्छ ताकि त्यसलाई हटाउन सकियोस् र पृष्ठभूमिलाई भर्न सकियोस् ।



४. AI Search in Photos

एप्पल इन्टेलिजेन्सबाट प्रयोगकर्ताले फोनको फोटोज एप तथा त्यसमा संग्रहित तस्वीरलाई प्राकृतिक लवजयुक्त प्रश्नबाट खोज्न सक्दछन्। साथै वर्णनात्मक promp को प्रयोग गरेर कुनै खास तस्वीरका बारेमा पनि सोध्न सकिन्छ।

५. Email Summary

एप्पल एआइबाट लामा लामा ईमेल थ्रेड्सलाई संक्षेपमा प्रस्तुत गर्न सकिन्छ ताकि सबैभन्दा महत्वपूर्ण विवरणलाई प्राथमिकता दिन सकियोस् ।

६. Image Playground

यसले एआइ प्रयोग गरेर कुनैपनि इमोजी तयार गर्ने तथा तस्वीर सिर्जना गर्ने अनुमति दिनेछ।

उपरोक्त सुविधाहरु सेप्टेम्बर महिनाको अन्त्यसम्म उपलब्ध हुनेछन् भने अन्य केही एप्पल इन्टेलिजेन्स सम्बद्ध सुविधाहरु भविष्यको आइओएस अपडेट्ससँगै उपलब्ध हुनेछन्। जुन निम्नानुसार छन् –

७. ChatGPT Integration

OpenAI को च्याटबट ChatGPT लाई Siri तथा सिस्टमवाइड राइटिङ टुल्स मा एकीकृत गरिनेछ। यसले उपकरणहरुमा विभिन्न टुल्सको तस्वीर तथा दस्तावेज प्रोसेसिंग क्षमता समेत प्रदान गर्नेछ।

८. Smarter Siri

एप्पल उपकरणहरुका लागि भर्चुअल असिस्टेंट सिरीमा पनि महत्वपूर्ण सुधार हुँदैछ। र सिरीमा पनि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्राकृतिक भाषामा कुराकानी गर्ने सुविधा प्रदान गर्नेछ। सिरीबाटै विभिन्न एपमा पनि काम गर्न सकिनेछ।



९. Genmoji

यो एक दृश्य उपकरण हो जसले कुनैपनि सामान्य स्केचलाई सम्बन्धित तस्वीरमा परिणत गर्नेछ। प्रयोगकर्ताहरुले आफ्ना तस्वीरहरु अपलोड गर्न सक्दछन् र त्यसलाई एक कलात्माक व्याख्यामा बदल्न पनि सक्दछन् ।

१०. Visual Intelligence

आइफोन प्रयोगकर्ताले क्यामेरा कन्ट्रोल बटन ट्याप गरेर एआइलाई सक्रिय बनाउन सक्छन् र त्यसरी कैद गरिएका तस्वीरका बारेमा अधिक जानकारी प्राप्त गर्न सक्छन् । यो एक दृश्य खोज उपकरण हो जसले गुगल लेन्स जस्तै काम गर्दछ।

यसका अलावा यो च्याट जिपिटीसँग एकीकृत हुनेछ । प्रयोगकर्ताले यसमा गणितीय समस्याहरुको तस्वीर अपलोड गरेर त्यसको समाधान निकाल्न सक्नेछन् ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...