मुख्य समाचार
एनपीएलका ८ मार्की खेलाडीको नाम सार्वजनिक
एनपीएलका ८ मार्की खेलाडीको नाम सार्वजनिक

। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ ।

मार्की खेलाडीमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी, करण केसी, अलराउन्डर कुशल मल्ल, ओपनर कुशल भुर्तेल र आसिफ शेखको नाम मार्की खेलाडीमा सार्वजनिक गरेको छ ।




तर कुन खेलाडीलाई कस्ले किन्ने त्यो भने शनिबार एक पत्रकार सम्मेलन गर्दै लक्की ड्र मार्फत छनोट हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

‘८ मार्की खेलाडी सार्वजनिक गरेका छन् । यसको बारे सम्पूर्ण जानकारी हामी शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिने छौं’ । मार्की खेलाडीको छनोट लक्की ड्र मार्फत निर्धारण हुनेछ’, लामाले भने ।



एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ । प्रतियोगितामा काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, जनकपुर र विराटनगर छन् ।

हरेक टोलीले एक एक मार्की खेलाडी टोलीमा समावेश गर्नेछन् । क्यानले एनपिएलको अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने गरी तयारी गरेको छ । जसमा एक टोलीमा १६ खेलाडी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...