मुख्य समाचार
ममता काफ्लेको अनुसन्धानमा सहयोगी हुने सूचना पाइरहेका छौं : मनसास पार्क प्रहरी
ममता काफ्लेको अनुसन्धानमा सहयोगी हुने सूचना पाइरहेका छौं : मनसास पार्क प्रहरी

। अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट बेपत्ता नेपाली महिला ममता काफ्लेको अनुसन्धानमा सहयोगी बन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

मनसास पार्क प्रहरीले मंगलबार सूचना जारी गर्दै काफ्लेबारे महत्वपूर्ण सूचना र लिडहरु फेला परिरहेको उल्लेख गरेको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा ‘केहीअघि एक जना व्यक्ति यस्तो जानकारी लिएर आए, जुन यो अनुसन्धानमा एकदमै सहयोगी थियो’ भनिएको छ । प्रहरीले थुनामा रहेका काफ्लेका श्रीमान् नरेश भट्टसँग २८ जुलाइदेखि ५ अगस्टसम्म सम्पर्क गर्नेहरुसँग पनि प्रहरीले सहयोग मागेको छ ।

‘यदि नरेश भट्टसँग सम्पर्क भएको थियो भने मनसास पार्क प्रहरीलाई सम्पर्क गरिदिनु होला’, विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यस्ता व्यक्तिहरु खोजिरहेका छौं, जोसँग अहिलेसम्म डिटेक्टिभहरुले सम्पर्क गरेका छैनन्, अन्तर्वार्ता गरेका छैनन् ।’



प्रहरीले यो बीचमा पाएको सूचनाका आधारमा ठाउँ–ठाउँमा सर्च अपरेशन चलाइरहेको छ । मनसास पार्क प्रहरीले यसअघि जारी गरेको विज्ञप्तिमा ‘सर्च एण्ड रेस्क्यू टिम’ले ब्लुम्स क्रसिङ कम्युनिटी, मनसास क्रिस्चियन स्कुल, क्याम्प करोन्डेलेट, ब्लुम्स पार्क लगायतका क्षेत्रमा खोजी गरिरहेको बताएको थियो ।

अनुसन्धानसँग सम्बन्धित प्रमाण फेला पर्न सक्ने शंकामा ती क्षेत्रमा खोजी जारी राखिएको प्रहरीले भनाइ थियो । अनुसन्धानमा संलग्नहरुले ती क्षेत्रलाई काफ्लेको खोजीमा चासोको स्थान भएको निष्कर्षसहित टोली परिचालन गरेका हुन् ।

तर, प्रहरीले त्यहाँबाट संकलन गरेका विषयहरु अनुसन्धानका लागि सहयोगी भए वा भएनन् भन्नेबारे केही बताएको छैन । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जीवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।

तर, हालसम्म त्यसलाई पुष्टि गर्ने आधारमा नहुँदा मानव शरीर लुकाएको कसुरमा मात्र भट्टविरुद्ध मुद्दा छ । उनी पक्षका वकिलहरुले यसमा भट्ट निर्दोष भएको दाबी गर्दै अदालतमा यथाशीघ्र सुनुवाइ गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संयुक्त अरब इमिरेट्स (यूएई) ले ५४ औं राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ । यसप्रति नेपाल सरकारले यूएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा यूएई सरकारले प्रदान गरेको आममाफीलाई नेपाल–यूएईबीच द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको उदाहरणका रूपमा लिइएको उल्लेख छ । विज्ञप्तिअनुसार ...
— दक्षिण कोरियाको घरेलु सामान उत्पादन गर्ने एक कारखानामा आगलागीमा परेका नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् । दक्षिण कोरियाको छुङछङ बुक्दोस्थित उमसङमा वेट वाइप्स र डाइपर उत्पादन गर्ने कारखानामा गत शुक्रबार आगलागी भएको थियो । सोही कारखानामा काम गर्ने दोलखाका सिद्धार्थ कार्की शुक्रबारदेखि सर्म्पकविहीन भएका हुन् । कार्की डाइपर उत्पादन गर्ने कारखानामा आंशिक समयमा मात्रै काम ...
— बाह्रै मास हिउँले ढाकिने अन्टार्टिका महादेशमा नेपाली पोसाक दौरा-सुरुवाल लगाएर म्याराथन पूरा गरी नेपाली मूलका अमेरिकी धावक बाल जोशीले कीर्तिमान कायम गरेका छन् । जोशीले वर्ल्ड म्याराथन च्यालेञ्जअन्तर्गत शनिबार अन्टार्टिकामा सम्पन्न पहिलो म्याराथन पूरा गरेर कीर्तिमान कायम गरेका हुन् । उनी दौरा-सुरुवाल लगाएर अन्टार्टिकामा म्याराथन पूरा गर्ने पहिलो धावक पनि बनेका छन् । अन्टार्टिकाको कठ्यांग्रिँदो माइनस ...
। म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा कार्यरत ४ नेपालीलाई स्वदेश फर्काइएको छ । ४ चार जना नेपालीलाई थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी आज शुक्रबार नेपाल फर्काइएको हो । नेपाल फर्काइएका चार जनामध्ये एक जना महोत्तरीका, एक जना नुवाकोटका र दुई जना दाङका हुन् । चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । तीमध्ये ...
। युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाललाई प्रहरी रिपोर्ट (पुलिस क्लियरेन्स सर्टिफिकेट/पीसीसी) अनिवार्य गरेको छ । २३ र २४ भदौको जेनजी आन्दोलनपछि यूएईले प्रहरी रिपोर्टमा समेत कडाइ गरेको थियो । नेपाल प्रहरीले दिएको पीसीसीलाई परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नुपर्ने हुन्छ । प्रहरीले नि:शुल्क उपलब्ध गराउने उक्त रिपोर्ट विभागले भने छाप लगाएर प्रमाणीकरण गरिदिए बापत ...