मुख्य समाचार
फुटबल खेलिरहेकी क्रिकेटकी अलराउण्डर यशु
फुटबल खेलिरहेकी क्रिकेटकी अलराउण्डर यशु

। विश्व खेलकुद जगतमा धेरै खेलाडीले एकभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका थुप्रै उदाहरण छन् । त्यसमा अष्ट्रेलिया सुपरस्टार ऐलिस पेरी फुटबल र क्रिकेट विश्वकप खेल्ने एक्लो खेलाडी हुन् ।

पछिल्लो समय नेपाली खेलकुदमा पनि एकभन्दा बढी राष्ट्रिय खेल खेल्ने खेलाडीहरु देखिन थालेका छन् ।




क्रिकेटकी युवा अलराउन्ड यशु पाण्डेले संकटा क्लबबाट एन्फा कम्पलेक्स सातदोबाटोमा जारी महिला फुटबल राष्ट्रिय लिग खेलेकी छिन् ।

तर, अचम्म भने मान्नुपर्दैन । कञ्चनपुरको खुल्लामञ्चमा पहिलादेखिनै क्रिकेट र फुटबल खेल खेलिन्थ्यो । सुरुआतमा उनी क्रिकेटभन्दा बढी फुटबल खेल्ने गर्थिन् ।



सन् २०२१ मा काठमाडौंमा भएको उपमेयर कप राष्ट्रिय महिला लिग फुटबलमा उनले बेदकोट नगरपालिकाबाट खेलेकी थिइन् ।



कञ्चनपुरमा जिल्लास्तरमा निकै कम खेलकुदका प्रतियोगिता हुन्थ्यो । त्यसैले उनले क्रिकेट पनि खेल्दै आएकी थिइन् । खासै खेल नहुने, कञ्चनपुरमा खेलेर माथि जाने नदेखेपछि उनले दुवै खेल एक समय छाड्ने मनसायमा पुगेकी थिइन् ।

तर, २०२२ मार्चमा धनगढीमा भएको यू-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उनले सुदूरपश्चिम प्रदेशबाट खेलेकी थिइन् ।

उक्त प्रतियोगितामा उनले राम्रो प्रभाव छाडेपछि नेपालको यू-१९ टोलीको बन्द प्रशिक्षणमा परिन् । तर यू-१९ क्रिकेट टोलीमा परेपछि उनलाई फेरि आशा लाग्यो ।

पोखरामा अक्टोबर २०२२ मा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट उनले बागमतीविरुद्ध डेब्यू गर्दै १ विकेट लिनुको साथै ७ रन बनाइन् । तर, त्यसपछि अरु खेल भने खेल्न पाइनन् ।

काठमाडौं बसेर फिनिक्स कलेजमा बीबीए पढ्न थालेपछि उनले सुदूरपश्चिम छाडिन् । त्यसपछि उनले ललितपुर जिल्लाबाट घरेलु क्रिकेट खेल्दै राम्रो प्रभाव छाडिन् । सन् २०२३ जनवरीमा बागमती प्रदेशबाट प्रधानमन्त्री कप खेल्न यशु इटहरी पुगिन् । मध्य गतिमा बलिङ गर्ने उनी तल्लोक्रममा ब्याटिङ गर्थिन् ।

त्यसपछि २०२३ को डिसेम्बरमा प्रधानमन्त्री कप र २०२४ मे मा ललितपुर मेयर्स कप खेलेकी थिइन् । प्रधानमन्त्री कपमा कर्णालीविरुद्ध मूलपानीमा ओपनिङ गर्दै २० बलमा ४ चौकासहित २५ रनमा नट आउट थिइन् ।

ललितपुर मेयर वुमन्स च्याम्पियनसिपमा कोशीले दिएको ६४ रनको लक्ष्य १० बल अघि जिताउन उनले २३ बलमा ५ चौकासहित सर्वाधिक २६ रनको अविजित इनिङ खेलेकी थिइन् ।

क्रिकेटमा अघि बढ्दै गर्दा उनमा घुँडा दुखाइको समस्या देखियो । काठमाडौं मेडिकल कलेजमा उपचार गराए पनि कारण पत्ता लागेन । त्यसपछि फिजियो कमला श्रेष्ठसँग उपचार गर्न पुगिन् । उनलाई कमलाले खुट्टाको धेरै ट्रेनिङ गर्न सुझाव दिइन् ।



घुँडाको समस्या विस्तारै ठीक हुँदै गयो, तर हिजोआज क्रिकेटका घरेलु प्रतियोगिताहरु छैनन् । अभ्यास गर्न वर्षाको कारण मैदानमा मिल्दैन । कहिलेकाहीँ इन्डोरमा हुने अभ्यासले मात्र नहुने भयो । त्यसैले दुई महिनाअघि साथी स्मृति बरालको सल्लाहमा उनी संकटाबाट फुटबलको अभ्यास गर्न टुँडिखेल पुगिन् ।

पहिलोपटक महिला लिग खेल्न लागेको संकटा क्लबले उनलाई टिममा राख्यो । यसरी उनी साढे दुई वर्षपछि पुनः फुटबलमा फर्किइन् । ‘क्रिकेटमा ट्रेनिङ त्यस्तो छैन । हल्का फ्री हुँदा यता आएर फुटबल खेलेकी हुँ’, यशु भन्छिन् ।

गत सोमबार संकटाले वालिङ नगरपालिकाविरुद्धको खेलमा उनलाई दोस्रो हाफको पूरै समय खेलाएको थियो । यो खेलमा संकटा १-० ले पराजित भएको थियो ।

‘फुटबल खेल्न पाउँदा एकदमै खुसी लागेको छ । फिटनेसको लागि यहाँ आएर खेलिरहेको छु । अहिलेलाई यो लिगमा राम्रो गर्न चाहन्छु’, उनले भनिन् ।

बुधबार संकटाले कर्णाली प्रदेशलाई २-० ले पराजित गरेको खेल भने उनले खेल्न पाइनन् ।

संकटामा उनले ७७ नम्बरको जर्सी लगाएकी छने भने क्रिकेट खेल्दा ११ नम्बरको जर्सी लगाउँछिन् ।



आफ्नो आमा जन्मेको गते पारेर उनले यसअघि फुटबल खेल्दा १७ नम्बरको जर्सी लगाउने गर्थिन् । तर संकटामा १७ नम्बरको जर्सी ममता पुनले लगाएकी छिन् । त्यसैले आफू जन्मेको महिना र दिन राखेर (कात्तिक ७ ) ७७ नम्बरको जर्सी लगाएको उनले बताइन् ।

नेपाली महिला क्रिकेटमा फिटनेस ठूलो समस्या हो । घरेलु क्रिकेट खेल्ने खेलाडीमा उनको फिटनेस राम्रो मानिन्छ । तर पनि उनी अझै सुधार गर्न चाहन्छिन् ।
‘फुटबल खेल्दा फिटनेसमा एकदमै सहयोग गर्छ । यहाँ ९० मिनेट खेल्न सके क्रिकेट मज्जाले खेल्न सकिन्छ । दुई वर्षपछि फुटबल खेल्दा सुरुआतमा केही गाह्रो भयो । तर, खेल्दै गएपछि सहज भयो’, उनले भनिन् ।

क्रिकेट र फुटबलमा उनले देखेको फरक भनेको स्टामिना हो । फुटबल खेल्न क्रिकेटको तुलनामा धेरै शक्ति खर्च हुन्छ ।

अबको उनको लक्ष्य भनेको घरेलु क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै सिनियर खेलाडीको बन्द प्रशिक्षणमा पर्ने हो । तर तत्काललाई भने उनले महिला फुटबल लिगमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...