मुख्य समाचार
फुटबल खेलिरहेकी क्रिकेटकी अलराउण्डर यशु
फुटबल खेलिरहेकी क्रिकेटकी अलराउण्डर यशु

। विश्व खेलकुद जगतमा धेरै खेलाडीले एकभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका थुप्रै उदाहरण छन् । त्यसमा अष्ट्रेलिया सुपरस्टार ऐलिस पेरी फुटबल र क्रिकेट विश्वकप खेल्ने एक्लो खेलाडी हुन् ।

पछिल्लो समय नेपाली खेलकुदमा पनि एकभन्दा बढी राष्ट्रिय खेल खेल्ने खेलाडीहरु देखिन थालेका छन् ।




क्रिकेटकी युवा अलराउन्ड यशु पाण्डेले संकटा क्लबबाट एन्फा कम्पलेक्स सातदोबाटोमा जारी महिला फुटबल राष्ट्रिय लिग खेलेकी छिन् ।

तर, अचम्म भने मान्नुपर्दैन । कञ्चनपुरको खुल्लामञ्चमा पहिलादेखिनै क्रिकेट र फुटबल खेल खेलिन्थ्यो । सुरुआतमा उनी क्रिकेटभन्दा बढी फुटबल खेल्ने गर्थिन् ।



सन् २०२१ मा काठमाडौंमा भएको उपमेयर कप राष्ट्रिय महिला लिग फुटबलमा उनले बेदकोट नगरपालिकाबाट खेलेकी थिइन् ।



कञ्चनपुरमा जिल्लास्तरमा निकै कम खेलकुदका प्रतियोगिता हुन्थ्यो । त्यसैले उनले क्रिकेट पनि खेल्दै आएकी थिइन् । खासै खेल नहुने, कञ्चनपुरमा खेलेर माथि जाने नदेखेपछि उनले दुवै खेल एक समय छाड्ने मनसायमा पुगेकी थिइन् ।

तर, २०२२ मार्चमा धनगढीमा भएको यू-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उनले सुदूरपश्चिम प्रदेशबाट खेलेकी थिइन् ।

उक्त प्रतियोगितामा उनले राम्रो प्रभाव छाडेपछि नेपालको यू-१९ टोलीको बन्द प्रशिक्षणमा परिन् । तर यू-१९ क्रिकेट टोलीमा परेपछि उनलाई फेरि आशा लाग्यो ।

पोखरामा अक्टोबर २०२२ मा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट उनले बागमतीविरुद्ध डेब्यू गर्दै १ विकेट लिनुको साथै ७ रन बनाइन् । तर, त्यसपछि अरु खेल भने खेल्न पाइनन् ।

काठमाडौं बसेर फिनिक्स कलेजमा बीबीए पढ्न थालेपछि उनले सुदूरपश्चिम छाडिन् । त्यसपछि उनले ललितपुर जिल्लाबाट घरेलु क्रिकेट खेल्दै राम्रो प्रभाव छाडिन् । सन् २०२३ जनवरीमा बागमती प्रदेशबाट प्रधानमन्त्री कप खेल्न यशु इटहरी पुगिन् । मध्य गतिमा बलिङ गर्ने उनी तल्लोक्रममा ब्याटिङ गर्थिन् ।

त्यसपछि २०२३ को डिसेम्बरमा प्रधानमन्त्री कप र २०२४ मे मा ललितपुर मेयर्स कप खेलेकी थिइन् । प्रधानमन्त्री कपमा कर्णालीविरुद्ध मूलपानीमा ओपनिङ गर्दै २० बलमा ४ चौकासहित २५ रनमा नट आउट थिइन् ।

ललितपुर मेयर वुमन्स च्याम्पियनसिपमा कोशीले दिएको ६४ रनको लक्ष्य १० बल अघि जिताउन उनले २३ बलमा ५ चौकासहित सर्वाधिक २६ रनको अविजित इनिङ खेलेकी थिइन् ।

क्रिकेटमा अघि बढ्दै गर्दा उनमा घुँडा दुखाइको समस्या देखियो । काठमाडौं मेडिकल कलेजमा उपचार गराए पनि कारण पत्ता लागेन । त्यसपछि फिजियो कमला श्रेष्ठसँग उपचार गर्न पुगिन् । उनलाई कमलाले खुट्टाको धेरै ट्रेनिङ गर्न सुझाव दिइन् ।



घुँडाको समस्या विस्तारै ठीक हुँदै गयो, तर हिजोआज क्रिकेटका घरेलु प्रतियोगिताहरु छैनन् । अभ्यास गर्न वर्षाको कारण मैदानमा मिल्दैन । कहिलेकाहीँ इन्डोरमा हुने अभ्यासले मात्र नहुने भयो । त्यसैले दुई महिनाअघि साथी स्मृति बरालको सल्लाहमा उनी संकटाबाट फुटबलको अभ्यास गर्न टुँडिखेल पुगिन् ।

पहिलोपटक महिला लिग खेल्न लागेको संकटा क्लबले उनलाई टिममा राख्यो । यसरी उनी साढे दुई वर्षपछि पुनः फुटबलमा फर्किइन् । ‘क्रिकेटमा ट्रेनिङ त्यस्तो छैन । हल्का फ्री हुँदा यता आएर फुटबल खेलेकी हुँ’, यशु भन्छिन् ।

गत सोमबार संकटाले वालिङ नगरपालिकाविरुद्धको खेलमा उनलाई दोस्रो हाफको पूरै समय खेलाएको थियो । यो खेलमा संकटा १-० ले पराजित भएको थियो ।

‘फुटबल खेल्न पाउँदा एकदमै खुसी लागेको छ । फिटनेसको लागि यहाँ आएर खेलिरहेको छु । अहिलेलाई यो लिगमा राम्रो गर्न चाहन्छु’, उनले भनिन् ।

बुधबार संकटाले कर्णाली प्रदेशलाई २-० ले पराजित गरेको खेल भने उनले खेल्न पाइनन् ।

संकटामा उनले ७७ नम्बरको जर्सी लगाएकी छने भने क्रिकेट खेल्दा ११ नम्बरको जर्सी लगाउँछिन् ।



आफ्नो आमा जन्मेको गते पारेर उनले यसअघि फुटबल खेल्दा १७ नम्बरको जर्सी लगाउने गर्थिन् । तर संकटामा १७ नम्बरको जर्सी ममता पुनले लगाएकी छिन् । त्यसैले आफू जन्मेको महिना र दिन राखेर (कात्तिक ७ ) ७७ नम्बरको जर्सी लगाएको उनले बताइन् ।

नेपाली महिला क्रिकेटमा फिटनेस ठूलो समस्या हो । घरेलु क्रिकेट खेल्ने खेलाडीमा उनको फिटनेस राम्रो मानिन्छ । तर पनि उनी अझै सुधार गर्न चाहन्छिन् ।
‘फुटबल खेल्दा फिटनेसमा एकदमै सहयोग गर्छ । यहाँ ९० मिनेट खेल्न सके क्रिकेट मज्जाले खेल्न सकिन्छ । दुई वर्षपछि फुटबल खेल्दा सुरुआतमा केही गाह्रो भयो । तर, खेल्दै गएपछि सहज भयो’, उनले भनिन् ।

क्रिकेट र फुटबलमा उनले देखेको फरक भनेको स्टामिना हो । फुटबल खेल्न क्रिकेटको तुलनामा धेरै शक्ति खर्च हुन्छ ।

अबको उनको लक्ष्य भनेको घरेलु क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै सिनियर खेलाडीको बन्द प्रशिक्षणमा पर्ने हो । तर तत्काललाई भने उनले महिला फुटबल लिगमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...