मुख्य समाचार
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छानिए
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छानिए

। आईसीसी यू-१९ महिला टी-20 विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छानिएका छन् । नेपाली महिला सिनियर टिममा खेलिसकेका पूजा महतो र सोनी पाख्रिनसहित २९ जनाको नाम आज क्रिकेट संघले सार्वजनिक गरेको हो ।

टिममा सोनी पाख्रिन, ऐली यादव, किरणकमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपशा शाही, साना प्रविण, प्रतिमा शाह छन् ।


त्यस्तै, स्नेहा महरा, सावित्रा धामी, अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल पनि छनोट गरेको छ ।

अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पूजा महतो, कुशम गोदार, सीमाना जीसी, ज्योत्सिका मर्सानी, निरु जीटी, सेरिना थापा, रचना चौधरी, आश्मा पुलामी मगर पनि पहिलो चरणको टिमा परेका छन् ।



चितवनमा भएको मायादेवी कप र कोहलपुरमा भएको मेयर कपमा उनीहरुको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको पनि क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...