मुख्य समाचार
इंग्ल्याण्डले यूईएफए नेसन्स लिगअन्तर्गत लिग बी को समूह दुईमा फिनल्याण्डलाई २-० ले पराजित
इंग्ल्याण्डले यूईएफए नेसन्स लिगअन्तर्गत लिग बी को समूह दुईमा फिनल्याण्डलाई २-० ले पराजित

। ह्यारी केनले इंग्ल्याण्डका लागि आफ्नो एक सयौं खेलमा दुई गोल गरेका छन् ।

केनकै दुई गोलमा इंग्ल्याण्डले यूईएफए नेसन्स लिगअन्तर्गत लिग बी को समूह दुईमा फिनल्याण्डलाई २-० ले पराजित गरेको छ ।


घरेलु मैदान वेम्वलीमा भएको खेलमा केनले दुवै गोल दोस्रो हाफमा गरेका थिए ।

पहिलो हाफमा फिनल्याण्डले इंग्लिस टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा केन चम्किए ।



५७औं मिनेटमा केनले ट्रेन्ट अलेजान्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । त्यसपछि ७६औं मिनेटमा मादुएकेको पासमा केनले व्यक्तिगत दोस्रो गोल गरे ।

राष्ट्रिय टिमका लागि एकसयौं खेलमा दुई गोल गर्ने केन पहिलो खेलाडी समेत बनेका छन् ।

उनले आफ्नो ६७औं र ६८औं अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

केन इंग्ल्याण्डका लागि एक सयौं खेलमा गोल गर्ने भने तेस्रो खेलाडी बने । यसअघि वायन रुनीले २०१४ मा स्लोभेनिया र बबी चार्लटनले १९७० मा उत्तरी आयरल्याण्डविरुद्ध एक सयौं खेलमा गोल गरेका थिए ।

केनले फिनल्याण्डविरुद्ध दुई गोल गरेपछि आफूले मिलवाल, नर्विच र लेस्टरमा लोनमा हुँदा सय खेल खेल्नेबारे नसोचेको बताए ।

नेसन्स लिगमा दोस्रो जित हात पारेको इंग्लयाण्ड लिग बी को समूह २ मा ६ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल नै जितेको ग्रीस गोल अन्तरका आधारमा अघि रहँदै शीर्ष स्थानमा छ ।

पहिलो खेलमा फिनल्याण्डलाई हराएको ग्रीसले आयरल्याण्डलाई हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...