मुख्य समाचार
सन्स लिग अन्तर्गत लिगएको समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले २-२ को बराबरी
सन्स लिग अन्तर्गत लिगएको समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले २-२ को बराबरी

। यूईएफए नेसन्स लिग अन्तर्गत लिगएको समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले २-२ को बराबरी खेलेका छन् ।

घरेलु मैदान योहान क्रोफ एरेनामा भएको खेलमा तिजानी रेइन्डर्सले खेलको दोस्रो मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै जर्मनीले गोल फर्कायो ।


३८औं मिनेटमा जर्मनीका लागि डेनिज उन्डाभले बराबरी गोल फर्काएका हुन् । उन्डाभकै पासमा पहिलो हाफको इन्जुरी टाइममा कप्तान जोसुअ किम्मिचले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । तर, जर्मनीले पनि अग्रता जोगाउन सकेन ।

५०औं मिनेटमा नेदरल्याण्ड्सका डेन्जल डम्फ्रिसले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए ।



त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा अंक बाँडेको हो ।

बराबरीपछि समूह तीनमा दुवै टोलीको समान ४ अंक भएको छ । गोलअन्तरमा अघि रहँदै जर्मनी शीर्ष स्थानमा छ । नेदरल्याण्ड्स दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा हंगेरी र बोस्निया एण्ड हर्जगोभिनाले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...