मुख्य समाचार
नेपालको पहिलो खेल क्यानडासँग
नेपालको पहिलो खेल क्यानडासँग

: नेपालले क्यानडामा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल क्यानडासँग खेल्न लागेको हो।

नेपालले भदौ ३१ गते क्यानडा र असोज २ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानसँग खेल्नेछ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा घरेलु टोली क्यानडा, नेपाल र ओमानले प्रतिस्पर्धा गर्ने छन्। त्रिकोणात्मक शृंखला भदौ ३१ देखि असोज १० सम्म सञ्चालन हुनेछ।


आईसीसी विश्वकप लिग–२ मा नेपालले दोस्रो शृंखला खेल्न लागेको हो। यसअघि घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गरेको थियो। नामिबियासँगको दुवै खेल गुमाएको नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गर्दै दुई अंक जोडेको थियो। लिगमा नेपाल सातौं स्थानमा छ। अहिलेसम्म चार खेल खेलेको नेपालले एक जित र तीन हारको नतिजासहित दुई अंक जोडेको छ।

आईसीसी विश्वकप लिग–२ को शीर्ष स्थानमा नेदरल्यान्ड्स छ। नेदरल्यान्ड्सले आठ खेलमा १२ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डले सात खेलमा नौ, तेस्रो स्थानको क्यानडाले आठ खेलमा आठ, चौथो स्थानको नामिबियाले पनि आठ खेलमा आठ, पाँचौं स्थानको अमेरिकाले चार खेलमा चार, छैटों स्थानको ओमानले तीन खेलमा तीन र अन्तिम स्थानको संयुक्त अरब इमिरेट्स (यूएई) ले तीन खेलमा अंक जोड्न सकेको छैन।

नेपाली टोली घोषणा

क्यानडामा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

रोहितकुमार पौडेललको कप्तानीमा घोषित टोलीमा आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्। ट्राभलिङ रिजर्भ खेलाडीमा देव खनाललाई राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...