मुख्य समाचार
नेपालको पहिलो खेल क्यानडासँग
नेपालको पहिलो खेल क्यानडासँग

: नेपालले क्यानडामा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल क्यानडासँग खेल्न लागेको हो।

नेपालले भदौ ३१ गते क्यानडा र असोज २ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानसँग खेल्नेछ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा घरेलु टोली क्यानडा, नेपाल र ओमानले प्रतिस्पर्धा गर्ने छन्। त्रिकोणात्मक शृंखला भदौ ३१ देखि असोज १० सम्म सञ्चालन हुनेछ।


आईसीसी विश्वकप लिग–२ मा नेपालले दोस्रो शृंखला खेल्न लागेको हो। यसअघि घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गरेको थियो। नामिबियासँगको दुवै खेल गुमाएको नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गर्दै दुई अंक जोडेको थियो। लिगमा नेपाल सातौं स्थानमा छ। अहिलेसम्म चार खेल खेलेको नेपालले एक जित र तीन हारको नतिजासहित दुई अंक जोडेको छ।

आईसीसी विश्वकप लिग–२ को शीर्ष स्थानमा नेदरल्यान्ड्स छ। नेदरल्यान्ड्सले आठ खेलमा १२ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डले सात खेलमा नौ, तेस्रो स्थानको क्यानडाले आठ खेलमा आठ, चौथो स्थानको नामिबियाले पनि आठ खेलमा आठ, पाँचौं स्थानको अमेरिकाले चार खेलमा चार, छैटों स्थानको ओमानले तीन खेलमा तीन र अन्तिम स्थानको संयुक्त अरब इमिरेट्स (यूएई) ले तीन खेलमा अंक जोड्न सकेको छैन।

नेपाली टोली घोषणा

क्यानडामा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

रोहितकुमार पौडेललको कप्तानीमा घोषित टोलीमा आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्। ट्राभलिङ रिजर्भ खेलाडीमा देव खनाललाई राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...