मुख्य समाचार
इजरायली हवाई हमलामा गाजामा ४० र सिरियामा १६ जनाको मृत्यु
इजरायली हवाई हमलामा गाजामा ४० र सिरियामा १६ जनाको मृत्यु

हमासद्वारा सञ्चालित प्रशासनले इजरायलले गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा ४० जनाको मृत्यु भएको जनाएको छ।


हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेशनले आक्रमण मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा भएको र अन्य धेरै व्यक्ति घाइते भएको आशंका गरेको बताएको छ।

इजरायली सेनाले भने उनीहरुको युद्ध विमानले खान युनिस्मा हमास लडाकुहरूको अपरेसन सेन्टरमा आक्रमण गरेको थियो र अपरेशनको क्रममा नागरिकहरूलाई हानि नहोस् भनेर उपायहरू सजकता अपनाइएको बताएका छन्।


हमास सिभिल डिफेन्स अपरेसन निर्देशकका अनुसार आधक्रमणमा ४० जनाको मृत्यु भएको छ, ६० जना घाइते भएका र धेरै जना भग्नावशेषमुनि दबिएका हुन सक्ने बताइएको छ।

सिरियामा १६ जनाको मृत्यु

इजरायलले सिरियामा धेरै सैन्य अड्डाहरुमा हवाई आक्रमण गरेको छ। सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार ३६ जना घाइते भएका छन् जसमा ६ जना गम्भीर घाइते छन् ।

इजरायली सेनाले विदेशी मिडिया रिपोर्टमा टिप्पणी गर्न अस्वीकार गरेको बीबीसी समाचारमा उल्लेख छ। सिरियाको विदेश मन्त्रालयले आक्रमणको निन्दा गरेको छ ।

इरानको विदेश मन्त्रालयले यसलाई आपराधिक हमला भनेको छ । इजरायलले पछिल्ला केही वर्षमा सिरियामा धेरै आक्रमण गरेको स्वीकार गरेको छ।

इजरायललर् गत वर्ष अक्टोबर ७ मा इजरायलभित्र हमासको आक्रमणपछि भूमिगत सैन्य कारबाही सुरु गरेको थियो। सोही परिणामस्वरूप गाजामा १२ सय मानिसको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएको थियो।

हासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारबाहीमा हालसम्म ४०,९०० भन्दा बढी मानिस मारिएका जनाइएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम