मुख्य समाचार
अपराधी श्रीमान् : आफ्नै पत्नीमाथि गराए ७२ जना परपुरुषबाट ९२ पटक बलात्कार !
अपराधी श्रीमान् : आफ्नै पत्नीमाथि गराए ७२ जना परपुरुषबाट ९२ पटक बलात्कार !

हालैका दिनमा फ्रान्सको एउटा दर्दनाक समाचारले सनसनी मच्चाएको छ । जस अनुसार ७१ वर्षका डोमिनिक पेलिकोट नामक व्यक्तिले आफ्नी पत्नी गिजेल पेलिकोटमाथि १० वर्षसम्म लगातार परपुरुषबाट बलात्कार गराएको खुलासा भएको छ ।

डोमिनिकले १० वर्षको अवधिमा विभिन्न ७२ जना अपरिचित पुरुषलाई आफ्नो घरमा बोलाएर आफ्नै पत्नी गिजेलमाथि बलात्कार गर्न लगाउँथे । यसरी पीडित गिजेल आफ्नै अपराधी लोग्नेका कारण एक दशकमा ९२ पटक बलात्कृत भइन् ।


उनले पत्नीलाई लगातार लागुऔषध सेवन गराएर अचेत बनाउने गर्दथे, जसका कारण गिजेलर्ला आफूमाथि भएको दुष्कर्मको महसुस नै हुँदैनथ्यो ।

पाप धुरीबाट कराउँछ भनेझैं अन्ततः यो कर्तुतको खुलासा भयो र मुद्दा अदालतसम्म पुग्यो । तर, १० वर्षसम्म नारकीय जीवन बिताएकी गिजेलका दुःख त्यत्तिमा सकिएनन् ।



गिजेलले उक्त मुद्दालाई सार्वजनिक गर्नका लागि पीडितको गोपनीयताको कानुनी अधिकारलाई समेत त्यागेकी थिइन् । नशालु पदार्थको सेवन गराएर यौन हिंसा गरिएका सबै महिलाको तर्फबाट आफूले कानुनी लडाइँ लडेको उनको भनाइ थियो ।

७१ वर्षकी गिजेल पेलिकोट गत सोमबार फ्रान्सको दक्षिणी सहर एविग्ननस्थित अदालतको इजलास कक्षमा प्रवेश गरिन् । उनलाई सहयोग गर्नका लागि उनका तीन जना छोराछोरी पनि त्यहाँ आएका थिए ।

उक्त मुद्दाको पहिलो तीन दिनसम्म उनी आफ्ना वकिलहरुको माध्यमबाटै संवाद गर्दै धेरै हदसम्म मौन रहिन् । तर, बिहिबार भने उनले आफ्ना पतिको भयावहतालाई स्मरण गर्नका लागि आवाज उठाइन् । न्यायाधीश समक्ष उनले भनिन्, ‘यथार्थमा भनुँ भने त्यो मेरा लागि अत्यन्तै डरलाग्दो छ । म ओछ्यानमा अचेत भई लडिरहेकी छु र ममाथि बलात्कार भइरहेको छ । बलात्कारीहरुले मलाई कुनै थोत्रो कपडाको गुडिया ठानिरहेका छन् ।’

प्रतिवादीका वकिलहरुले उनीमाथि अदालतमा केही भद्दा प्रश्नहरु समेत गरे । एक दशकसम्म आफूमाथि बलात्कार भएको कुरा पनि थाहा नहुने कुरा कसरी सम्भव हुन्छ ? भन्ने उनीहरुको प्रश्न थियो । उनको विवाहेत्तर सम्बन्ध रहे नरहेको ? खुल्ला यौन सम्बन्धमा रहे नरहेको ? जस्ता प्रश्नहरू पनि उनीमाथि वर्षाइयो ।

त्यस्ता अपमानजनक प्रश्नहरुको सामना गर्नुपर्दा गिजेललाई केही अप्ठेरो त लाग्यो तर उनी हिम्मत जुटाएर त्यहीँ बसिरहिन् । उनीसँग आएका उनका छोराछोरीहरू भने आमालाई गरेका त्यस्ता प्रश्नहरु सुन्न नसकी इजलास कक्षबाट बाहिरिएका थिए ।

उनको पति डोमिनिक पेलिकोटले without her knowing नामक एक अनलाइन फोरमको माध्यमबाट अपरिचित पुरुषहरुलाई आफ्नी पत्नीमाथि बलात्कार गर्नका लागि भाडामा लिने गर्दथ्यो । अनि घरमै बोलाएर ती पुरुषबाट पत्नीलाई बलात्कार गराउँदै त्यसको भिडियो खिच्दथ्यो ।

कहिलेकाहीँ परपुरुषसँगै आफू पनि पत्नीमाथिको बलात्कारमा सहभागी हुनथ्यो । त्यसरी गिजेलमाथि ९२ पटक बलात्कार भएको र त्यसका २० हजार तस्वीर तथा भिडियोहरु फेला परेको प्रहरीले जनाएको छ । ती फोटो तथा भिडियोलाई डोमिनिकले कम्प्युटरमा abuse नामक फोल्डर बनाएर राखेको थियो ।

गिजेलमाथि सन् २०११ बाट यौनहिंसा सुरु भएको थियो र त्यो १० वर्षसम्म चल्यो । सन् २०२० मा स्कर्टमुनिबाट महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले डोमिनिकलाई पक्राउ गरेपछि उसको घरमा अनुसन्धान गर्दा उसले आफ्नी पत्नीमाथि त्यस्तो अत्याचार गरिरहेको खुलासा भएको हो । त्यस क्रममा प्रहरीले घरबाट कल्पनै गर्न नसकिने सबूतहरू फेला पारेको थियो । ती फोटो तथा भिडियोहरू हेरेपछि मात्रै गिजेललाई आफूमाथि वर्षौंदेखि बलात्कार भइरहेको थाहा भयो ।

उनीमाथि बलात्कार गर्ने ७२ मध्ये ५१ जना पुरुषको पहिचान भएको छ । उनीहरुमाथि गम्भीर अपराधमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम