मुख्य समाचार
सन्दीपको अमेरिका भिसा के होला ? पारस भन्छन् : ग्रिन सिग्नल छ
सन्दीपको अमेरिका भिसा के होला ? पारस भन्छन् : ग्रिन सिग्नल छ

। नेपाली क्रिकेट संघ (क्यान)ले क्यानडा टूरमा जाने नेपाली टोलीको मंगलबार बिदाइ गरेको छ ।

क्यानका सचिव पारस खड्काका अनुसार क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने छ ।

नेपाली टोलीमा सन्दीप लामिछाने पनि संलग्न छन् । केही महिना पहिला टी-२० विश्वकपका क्रममा अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।


यसपटक के हुन्छ ? भन्ने प्रश्नमा क्रिकेट संघका सचिव पारस खड्काले आवश्यक सबै तयारी पूरा भएको बताए ।

सकारात्मक ग्रिन सिग्नल आएको भन्दै उनले चाँडै घोषणा हुने समेत बताए । ‘टिमको केसमा क्यानडाबाट यूएस जानु पर्ने भएकाले हामीले गर्नुपर्ने सबै काम गर्‍यौं भन्ने लाग्छ,’ बिदाइ कार्यक्रममा सचिव पारसले भने, ‘केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ, यो विषय सकियो । हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...