मुख्य समाचार
असोज ३ देखि चितवनमा दोस्रो गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने
असोज ३ देखि चितवनमा दोस्रो गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने

। चितवनमा भरतपुर फुटबल क्लबको आयोजनामा आगामी असोज ३ गतेदेखि चितवन गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भरतपुर फुटबल क्लबले आज क्षेत्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर दोस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल क्लब गरी १० टोली सहभागी हुनेछन् ।प्रतियोगितामा आयोजक बिएफसी, सूर्यपुर एफसी, नेपाल पुलिस क्लब काठमाडौं, बुटवल लुम्बिनी एफसी, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाईटेड, सल्हेस एफसी सिराहा, न्यु स्टार सुनसरी र राइजिङ स्टार भुमही सहभागी हुनेछन् ।




थप एक विदेशी टिमको कागजी प्रक्रिया पुरा हुन बाँकी रहेको संयोजक धुर्व भुसालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा असोज सूर्यपुर एफसी र बागमती युवा क्लब भिड्नेछन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६ लाख, द्धितीय हुने टिमले ३ लाख तथा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई विभिन्न पुरस्कार दिइनेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



असोज १२ गतेसम्म नेपाल प्रहरी शिक्षालयको खेल मैदानमा चल्ने प्रतियोगितामा ४० लाख दर्शकले खेल हेर्ने अपेक्षा गरिएको प्रतियोगिता संयोजक धु्रव भुषालले जानकारी दिए ।

४० हजार दर्शकले एकैपटक खेल हेर्न सक्ने उनको भनाई छ । प्रतियोगिता हेर्न पहिलो चरणका खेलहरुमा ५०, क्वाटर र सेमिफाइनलमा १ सय र फाइनलमा २ सय रुपैयाँ टिकट लाग्नेछ । प्रतियोगिताका लागि मैदानको मर्मत सम्भार तथा व्यवस्थापनको काम अन्तिम चरणमा भैरहेको संयोजक भुषालले बताए ।

चितवन फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले प्रतियोगिताले भरतपुर, पटिहानी तथा सौराहा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले चितवनमा समय फुटबल गतिविधि बढ्नुको साथै खेलाडीहरुको समेत स्तरवृद्धि भइरहेको भन्दै यस किसिमका ठूला प्रतियोगिता चितवनमा हुन आवश्यक रहेको बताए ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण बर्षका रुपमा मनाइरहेको सन्दर्भमा गर्न लागिएको प्रतियोगिताले यहाँको आर्थिक क्षेत्र थप चलायमान हुने कार्कीले बताए ।

यसअघि २०७९ भदौ २५ गतेदेखि असोज ३ गतेसम पहिलो संस्करणको चितवन गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । जिल्लामा हुने फुटबल सम्वन्धी गतिविधीले खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको चितवन फुटबल संघका महासचिव रामहरि ढकालले बताए ।

उनले चितवनबाट गत संस्करणको ए डिभिजन लिगमा २० जना खेलाडीले विभिन्न क्लबाट खेलेको बताए । दोस्रो संस्करणको चितवन गोल्डकपमा ५५ लाख खर्च लाग्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक गोल्डन इमिनेन्ट इन्टरनेशनल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...