मुख्य समाचार
असोज ३ देखि चितवनमा दोस्रो गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने
असोज ३ देखि चितवनमा दोस्रो गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने

। चितवनमा भरतपुर फुटबल क्लबको आयोजनामा आगामी असोज ३ गतेदेखि चितवन गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भरतपुर फुटबल क्लबले आज क्षेत्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर दोस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल क्लब गरी १० टोली सहभागी हुनेछन् ।प्रतियोगितामा आयोजक बिएफसी, सूर्यपुर एफसी, नेपाल पुलिस क्लब काठमाडौं, बुटवल लुम्बिनी एफसी, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाईटेड, सल्हेस एफसी सिराहा, न्यु स्टार सुनसरी र राइजिङ स्टार भुमही सहभागी हुनेछन् ।




थप एक विदेशी टिमको कागजी प्रक्रिया पुरा हुन बाँकी रहेको संयोजक धुर्व भुसालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा असोज सूर्यपुर एफसी र बागमती युवा क्लब भिड्नेछन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६ लाख, द्धितीय हुने टिमले ३ लाख तथा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई विभिन्न पुरस्कार दिइनेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



असोज १२ गतेसम्म नेपाल प्रहरी शिक्षालयको खेल मैदानमा चल्ने प्रतियोगितामा ४० लाख दर्शकले खेल हेर्ने अपेक्षा गरिएको प्रतियोगिता संयोजक धु्रव भुषालले जानकारी दिए ।

४० हजार दर्शकले एकैपटक खेल हेर्न सक्ने उनको भनाई छ । प्रतियोगिता हेर्न पहिलो चरणका खेलहरुमा ५०, क्वाटर र सेमिफाइनलमा १ सय र फाइनलमा २ सय रुपैयाँ टिकट लाग्नेछ । प्रतियोगिताका लागि मैदानको मर्मत सम्भार तथा व्यवस्थापनको काम अन्तिम चरणमा भैरहेको संयोजक भुषालले बताए ।

चितवन फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले प्रतियोगिताले भरतपुर, पटिहानी तथा सौराहा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले चितवनमा समय फुटबल गतिविधि बढ्नुको साथै खेलाडीहरुको समेत स्तरवृद्धि भइरहेको भन्दै यस किसिमका ठूला प्रतियोगिता चितवनमा हुन आवश्यक रहेको बताए ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण बर्षका रुपमा मनाइरहेको सन्दर्भमा गर्न लागिएको प्रतियोगिताले यहाँको आर्थिक क्षेत्र थप चलायमान हुने कार्कीले बताए ।

यसअघि २०७९ भदौ २५ गतेदेखि असोज ३ गतेसम पहिलो संस्करणको चितवन गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । जिल्लामा हुने फुटबल सम्वन्धी गतिविधीले खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको चितवन फुटबल संघका महासचिव रामहरि ढकालले बताए ।

उनले चितवनबाट गत संस्करणको ए डिभिजन लिगमा २० जना खेलाडीले विभिन्न क्लबाट खेलेको बताए । दोस्रो संस्करणको चितवन गोल्डकपमा ५५ लाख खर्च लाग्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक गोल्डन इमिनेन्ट इन्टरनेशनल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...