मुख्य समाचार
अब कर्णालीमा पनि क्रिकेट मैदान
अब कर्णालीमा पनि क्रिकेट मैदान

। कर्णाली प्रदेशमा पनि क्रिकेट मैदान तयार भएको छ । यसअघि देशमा रहेका सातमध्ये एउटा पनि क्रिकेट मैदान कर्णालीमा थिएन ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कालुङचोक क्रिकेट मैदान दुई वर्षमा तयार पार्दै कर्णाली प्रदेश क्रिकेट संघलाई हस्तान्तरण गरेको छ । कालुङचोक कर्णालीमा निर्माण भएको पहिलो क्रिकेट मैदान हो ।




उक्त मैदानको बाउन्ड्री ६५ यार्ड छ, तीन कोठाको भवन बनेको छ । मैदानमा दुबो रोपिएको छ । पहिले ढुंगा र खाल्डाखुल्डीका कारण यो मैदानमा अभ्यास गर्न समेत मिल्ने अवस्था थिएन ।

खेलाडी राम्रो पिचमा खेल्न कर्णाली बाहिर जानुपर्ने बाध्यता थियो । खेल सञ्चालन गर्न पिचमा म्याट राख्नुपर्ने अवस्था थियो । पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुन्थ्यो ।



दुई वर्ष अघि कर्णाली प्रदेश खेलकुद परिषद्ले उक्त मैदान निर्माणको काम थालेको थियो । पछिल्ला दुई वर्षमा ३५ लाख र ८५ लाख गरी कुल १ करोड २० लाख रुपैयाँमा क्रिकेट मैदान तयार भएको हो ।

‘मैदान भएपछि निरन्तर अभ्यास गर्न पाइयो । आफ्नो मैदानमा खेल्न नपाएको कति वर्ष भइसकेको थियो । अब अभ्यास खेलहरु खेल्न पाइन्छ । मैदान भएपछि नयाँ नयाँ खेल्ने खेलाडीहरु पनि निस्किन्छन्’, कर्णालीका प्रमुख खेलाडी रवीन्द्रजंग शाहीले भने ।

तर मैदान संरक्षणको चुनौती भने रहेको उनले बताए । ‘अब खेल खेल्न मैदान छैन भन्ने भएन । अब मज्जाले क्रिकेट खेल्न सकिन्छ । संघले यो ग्राउण्डलाई कसरी संरक्षण गर्छ त्यो भने महत्वपूर्ण हुनेछ’, शाहीले भने ।

कर्णालीले सन् २०१८ मा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करणदेखि आफ्नो टोली बनाउँदै घरेलु प्रतियोगितामा सहभागी हुँदै आएको छ । त्यसअघि भने तत्कालीन प्रदेश नम्बर ५ (लुम्बिनी प्रदेश) बाट खेल्ने गर्थ्यो ।

सन् २०२१ जनवरीमा कर्णालीले मूलपानी मैदानमा गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रधानमन्त्री कपमा पहिलो जित दर्ता गरेको थियो ।

उसले गतवर्ष प्रधानमन्त्री कपमा ९ मध्ये ४ खेल जितेको थियो । कर्णालीमा मैदान नहुँदा सबै खेलाडी प्रतियोगिताको समयमा मात्रै त्यहाँ पुग्ने गर्थे भने अरु समय प्रदेश बाहिर नै अभ्यास र प्रशिक्षण गर्ने गर्थे ।

कर्णाली क्रिकेट संघलाई मैदान हस्तान्तरण गरेसँगै अब नेपाल क्रिकेट संघ (क्यान) ले अन्य मैदानलाई दिनेसरह सेवा सुविधा यो मैदानलाई पनि दिनेछ ।

‘अब यो क्यानको अधिनमा रहेर अन्य मैदानले पाउने मैदानका कर्मचारी, क्युरेटर लगायत सबै सेवा सुविधा पाउँछ’, क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

अर्को मैदान पनि अन्तिम चरणमा

सुर्खेतको रंगशाला छेऊमै अर्को क्रिकेट मैदानको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालका अनुसार उक्त मैदान असोज दोस्रो सातासम्म प्रदेश क्रिकेट संघलाई हस्तान्तरण गर्ने गरी काम भएको छ ।



सन्ज्यालका अनुसार उक्त मैदान निर्माण र इन्डोर हल बनाउन साढे चार करोड रुपैयाँ खर्च भएको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा हुँदैछ । त्यसको लागि १३ इन्डोर र ११ आउटडोर मैदान तयार भइसकेका छन् । पूर्वाधारको कारण खेल नरोकिने सन्ज्याल बताउँछन् ।

‘दशौं (राष्ट्रिय खेलकुद) का लागि पूर्वाधारको हिसाबले हामीले सबै तयारी गरेका छौं । १३ वटा इन्डोर, ११ आउटडोर तयार पार्दै २४ खेल खेलाउन मिल्ने मैदान तयार भएका छन् । बाँकी ५/७ मैदानको निर्माण तयारी अन्तिम चरणमा पुगेका छन् । असोजसम्म सबै सकिनेछन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...