मुख्य समाचार
अब कर्णालीमा पनि क्रिकेट मैदान
अब कर्णालीमा पनि क्रिकेट मैदान

। कर्णाली प्रदेशमा पनि क्रिकेट मैदान तयार भएको छ । यसअघि देशमा रहेका सातमध्ये एउटा पनि क्रिकेट मैदान कर्णालीमा थिएन ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कालुङचोक क्रिकेट मैदान दुई वर्षमा तयार पार्दै कर्णाली प्रदेश क्रिकेट संघलाई हस्तान्तरण गरेको छ । कालुङचोक कर्णालीमा निर्माण भएको पहिलो क्रिकेट मैदान हो ।




उक्त मैदानको बाउन्ड्री ६५ यार्ड छ, तीन कोठाको भवन बनेको छ । मैदानमा दुबो रोपिएको छ । पहिले ढुंगा र खाल्डाखुल्डीका कारण यो मैदानमा अभ्यास गर्न समेत मिल्ने अवस्था थिएन ।

खेलाडी राम्रो पिचमा खेल्न कर्णाली बाहिर जानुपर्ने बाध्यता थियो । खेल सञ्चालन गर्न पिचमा म्याट राख्नुपर्ने अवस्था थियो । पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुन्थ्यो ।



दुई वर्ष अघि कर्णाली प्रदेश खेलकुद परिषद्ले उक्त मैदान निर्माणको काम थालेको थियो । पछिल्ला दुई वर्षमा ३५ लाख र ८५ लाख गरी कुल १ करोड २० लाख रुपैयाँमा क्रिकेट मैदान तयार भएको हो ।

‘मैदान भएपछि निरन्तर अभ्यास गर्न पाइयो । आफ्नो मैदानमा खेल्न नपाएको कति वर्ष भइसकेको थियो । अब अभ्यास खेलहरु खेल्न पाइन्छ । मैदान भएपछि नयाँ नयाँ खेल्ने खेलाडीहरु पनि निस्किन्छन्’, कर्णालीका प्रमुख खेलाडी रवीन्द्रजंग शाहीले भने ।

तर मैदान संरक्षणको चुनौती भने रहेको उनले बताए । ‘अब खेल खेल्न मैदान छैन भन्ने भएन । अब मज्जाले क्रिकेट खेल्न सकिन्छ । संघले यो ग्राउण्डलाई कसरी संरक्षण गर्छ त्यो भने महत्वपूर्ण हुनेछ’, शाहीले भने ।

कर्णालीले सन् २०१८ मा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करणदेखि आफ्नो टोली बनाउँदै घरेलु प्रतियोगितामा सहभागी हुँदै आएको छ । त्यसअघि भने तत्कालीन प्रदेश नम्बर ५ (लुम्बिनी प्रदेश) बाट खेल्ने गर्थ्यो ।

सन् २०२१ जनवरीमा कर्णालीले मूलपानी मैदानमा गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रधानमन्त्री कपमा पहिलो जित दर्ता गरेको थियो ।

उसले गतवर्ष प्रधानमन्त्री कपमा ९ मध्ये ४ खेल जितेको थियो । कर्णालीमा मैदान नहुँदा सबै खेलाडी प्रतियोगिताको समयमा मात्रै त्यहाँ पुग्ने गर्थे भने अरु समय प्रदेश बाहिर नै अभ्यास र प्रशिक्षण गर्ने गर्थे ।

कर्णाली क्रिकेट संघलाई मैदान हस्तान्तरण गरेसँगै अब नेपाल क्रिकेट संघ (क्यान) ले अन्य मैदानलाई दिनेसरह सेवा सुविधा यो मैदानलाई पनि दिनेछ ।

‘अब यो क्यानको अधिनमा रहेर अन्य मैदानले पाउने मैदानका कर्मचारी, क्युरेटर लगायत सबै सेवा सुविधा पाउँछ’, क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

अर्को मैदान पनि अन्तिम चरणमा

सुर्खेतको रंगशाला छेऊमै अर्को क्रिकेट मैदानको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालका अनुसार उक्त मैदान असोज दोस्रो सातासम्म प्रदेश क्रिकेट संघलाई हस्तान्तरण गर्ने गरी काम भएको छ ।



सन्ज्यालका अनुसार उक्त मैदान निर्माण र इन्डोर हल बनाउन साढे चार करोड रुपैयाँ खर्च भएको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा हुँदैछ । त्यसको लागि १३ इन्डोर र ११ आउटडोर मैदान तयार भइसकेका छन् । पूर्वाधारको कारण खेल नरोकिने सन्ज्याल बताउँछन् ।

‘दशौं (राष्ट्रिय खेलकुद) का लागि पूर्वाधारको हिसाबले हामीले सबै तयारी गरेका छौं । १३ वटा इन्डोर, ११ आउटडोर तयार पार्दै २४ खेल खेलाउन मिल्ने मैदान तयार भएका छन् । बाँकी ५/७ मैदानको निर्माण तयारी अन्तिम चरणमा पुगेका छन् । असोजसम्म सबै सकिनेछन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...