मुख्य समाचार
सन्दीप जोरा, सागर र आकाश टोलीबाट बाहिर
सन्दीप जोरा, सागर र आकाश टोलीबाट बाहिर

। मध्यक्रमका ब्याटर सन्दीप जोरासँगै तीन खेलाडी क्यानडा भ्रमण गर्ने नेपालको अन्तिम टोलीबाट बाहिर भएका छन् ।

क्यानले क्यानडा भ्रमणमा आईसीसी लिग २ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने १६ सदस्य खेलाडी घोषणा गर्दा सन्दीप जोरा, आकाश चन्द र सागर ढकाल टोलीबाट बाहिर भएका हुन् ।




आकाश र रिजनमध्ये टोलीमा एक तीव्र गतिका बलरले स्थान बनाउने पक्का थियो । दायाँ हाते तीव्र गतिका बलरमा पहिलो रोजाईका सोमपाल कामी, करण केसी र पार्टटाइम गुल्शन झा छन् ।

आवश्यक परेमा आरिफ शेख पनि विकल्प हुनेछन् । त्यसैको कारण बायाँ हाते बलर रिजनले मौका पाएका हुन् । रिजनले गत फेब्रुअरीमा घरेलु मैदान टीयुमा क्यानडाविरुद्ध दुई ओडीआई खेल खेलेका थिए । पछिल्लो डेढवर्ष देखि टोलीमा रहेका बायाँ हाते बलर प्रतिश टोलीमै नभएपछि रिजनले मौका पाएका हुन् ।



त्यस्तै मध्यक्रमका ब्याटर सन्दीप जोरा पनि बाहिरिएका छन् । ओडीआईका दुई प्रमुख ब्याटर भीम सार्की र आरिफ शेखले निरन्तरता पाएपछि सन्दीप बाहिरिएका हुन् ।

स्पिनर सागर ढकाल पनि टोलीमा पर्न सकेनन् । बायाँ हाते दुई स्पिनर सागर र ललित मध्य एक स्पिनरले टोलीमा स्थान बनाउने थिए । पछिल्लो लय अनुसार सागर र अनुभवका आधारमा ललितले स्थान बनाउने सम्भावना थियो ।

पछिल्लो दुई वर्षदेखि टोलीमा रहेका ललितलाई नै नेपालले निरन्तरता दिएको हो । ललितले प्रमुख स्पिनर सन्दीपलाई साथ दिनेछन् ।

पार्टटाइम स्पिनमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल पनि हुनेछन् । आवश्यक परेमा कुशल भुर्तेल र रोहित पौडेलले पनि स्पिन बलिङ गर्न सक्छन् । दीपेन्द्र र रोहित क्यानडामा टोलीसँगै जोडिनेछन् । ग्लोबल टी २० क्यानडा खेल्न डेढ महिना अघि नै त्यहाँ गएका थिए । त्यसपछि क्यानडामै बसेर दीपेन्द्र र रोहितले अभ्यास गरेका थिए ।

नेपालले क्यानडा भ्रमणलाई सुरुवातमा २२ सदस्य टोली घोषणा गरेको थियो । भारतको बेंगलोरमा नेशनल क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गरेपछि स्पिनर बसिर अहमद, सूर्य तामाङ र तीव्र गतिका बलर कमलसिंह ऐरी श्रीलंका भ्रमणमा पर्न सकेका थिएनन् ।

नेपाल श्रीलंकामा एक हप्ता बसेर सोमबार नै स्वदेश फर्किएको हो । श्रीलंका डेभलप्मेन्टसँग तीन अभ्यास खेल खेल्न नेपाल त्यहाँ गएको थियो । तर वर्षाको कारण सुरुवाती दुई खेल हुन नसक्दा तेस्रो खेलमा नेपाल पराजित भएको थियो ।

क्यानडा, नेपाल र ओमानबीच लिग २ र त्रिकोणात्मक सिरिज हुनेछ । त्यसपछि नेपाल अमेरिका भ्रमणमा जानेछ । नेपाल क्यानडातर्फ मंगलबार प्रस्थान गर्ने तालिका छ । नेपालको १६ सदस्य टोलीमा देव खनाल ट्राभलिङ रिजर्भमा छन् ।

क्यानडा भ्रमणमा नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...