मुख्य समाचार
एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी

। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडी छनोट अक्सनबाट गर्ने भएकोछ ।

एनपिएल आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । क्यानले अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने तयारी गरेको जनाएको छ ।

‘खेलाडी छनोट अक्सनबाट हुनेछ । अक्सन सेप्टेम्बर अन्तिमसम्म हुनेछ । एक टोलीमा १६ खेलाडीसम्म हुनेछन् । विदेशी खेलाडी कति हुने त्यो टुङ्गो लाग्न बाँकी छ’, क्यान स्रोतले अनलाइनखबरलाई भन्यो ।

अब क्यानले मार्की खेलाडी चाडै नै सार्वजनिक गर्ने तयारी गरेको छ । मार्की खेलाडीमा नेपालबाट खेलेका वर्तमान टोलीका शीर्ष खेलाडी हुनेछन् ।



अक्सनमा न्यूनतम खेलाडीको मूल्य तय हुन पनि बाँकी छ । खेलाडीको अन्तर्राष्ट्रिय सहभागीता अनुसार अक्सन ग्रेड निर्धारण हुनेछ । त्यसै अनुसार खेलाडीले अक्सनमा न्यूनतम मूल्य तय गर्न पाउनेछन् ।

यसअघि २०२२/२३ मा सम्पन्न विवादित नेपाल टी-२० लिगमा भने खेलाडी ड्राफ्टबाट छनोट गरिएको थियो । उक्त विवादित लिगको ड्राफ्टमा ए ग्रेडका खेलाडीलाई १५ लाख, बी ग्रेडका खेलाडीले १० लाख र सी ग्रेडका खेलाडीलाई ५ लाख मूल्य तोकिएको थियो ।

उक्त नेपाल टी-२० लिग भने क्यानले ८ वर्षलाई भारतीय कम्पनी सेभेन थ्री स्टारलाई बेचेको थियो । त्यसैको कारण स्टप फिक्सिङ, खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाउनु, आयोजक नै फिक्सिङको मुख्य योजनाकार हुनुलगायतका थुप्रै विवादै विवादमा सम्पन्न भएको थियो ।

नेपाल प्रिमियर लिग क्यान आफैंले आयोजना गर्नेछ । यसै साता ८ फ्रेन्चाइज टोलीको स्वामित्व १६ करोडमा बेचेको थियो । एनपिएलमा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली छन् ।

पोखरा नेपाल टी-२० क्रिकेट प्रा.लिले सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँ टिम अक्सनमा खर्चेको थियो । नेपाल टी-२० लिगका ६ फ्रेन्चाइजमध्य एनपिएलमा स्वामित्व किन्ने पोखरा एक्लो टोली समेत हो । उक्त नेपाल टी-२० लिगमा स्वदेशी लगानी भएको पनि पोखरा एक्लो टोली थियो ।

एनपिएलमा पोखरापछि कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाखमा काठमाडौंको टोली किनेको थियो । ड्रिम स्पोर्ट्सले जनकपुरको स्वामित्व २ करोड ५ लाख रुपैयाँमा किनेको थियो ।

फर्चुन हेल्थ कियरले लुम्बिनी टिमको स्वामित्व १ करोड ८६ लाखमा किनेको थियो । चितवन मेडिकल कलेजले १ करोड ६८ लाखमा चितवन टिमको स्वामित्व किनेको थियो ।

एमएडी ड्रिम स्पोर्ट्सले विराटनगर १ करोड ५१ लाखमा किनेको थियो । हिमालयन बिल्डर्सले १ करोड ११ लाखमा कर्णाली किनेको थियो । त्यस्तै इम्पियर स्पोर्ट्सले १ करोड ६८ लाखमा सुदूरपश्चिमको स्वामित्व किनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...