मुख्य समाचार
क्यानडा भ्रमणका लागि नेपालको टोली घोषणा, अर्जुन र रिजनको पुनरागमन
क्यानडा भ्रमणका लागि नेपालको टोली घोषणा, अर्जुन र रिजनको पुनरागमन

। नेपाल क्रिकेट संघ (क्यान) नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणलाई १६ सदस्य टोली घोषणा गरेको छ । क्यानले सोमबार रोहितको कप्तानीमा टोली घोषणा गरेको हो ।

टोलीमा विकेटकिपर अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन् । अर्जुनले सन् २०२३ आईसीसी विश्वकप एकदिवसीय छनोटमा आयरल्यान्डविरुद्ध खेलपछि पुनरागमन गरेका हुन् ।

त्यस्तै १६ सदस्य टोलीमा देव खनाल ट्राभल रिजर्भ खेलाडीमा छन् । टोलीमा अन्य भने खासै परिवर्तन छैन ।

लिग २ मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी२० आई सिरिज पनि हुनेछ ।



त्रिकोणात्मक टी२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुबै सिरिज हुनेछ । अमेरिकालाई फेरि टोली घोषणा गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् ।

८ टोली सहभागी लिग २ आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच गत फेब्रुअरीमा लिग २ त्रिकोणात्मक सिरिज भएको थियो ।

नेपाल नामिबियासँग दुबै खेलमा पराजित हुँदा, नेदरल्यान्ड्समाथि एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो । नेपाल ४ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...