मुख्य समाचार
इंग्ल्यान्डमाथि श्रीलंकाको शानदार जित
इंग्ल्यान्डमाथि श्रीलंकाको शानदार जित

। श्रीलंकाले तेस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ८ विकेटको शानदार जित हात पारेको छ । सोमबार जित्नका लागि आवश्यक २१९ रनको पछ्याएको श्रीलंकाले ४०.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

श्रीलंकाको जितमा ओपनर पाथुम निसंका १२४ बलमा १३ चौका र २ छक्कासहित १२७ रनमा नट आउट रहे । दिमुथ करुणारत्ने ८ र कुशल मेन्डिस ३९ रनमा आउट हुँदा एन्जिलो म्याथ्युज ३२ रनमा नटआउट रहे ।


इंग्ल्यान्ड दोस्रो इनिङमा १५६ रनमा अल आउट भयो । युवा विकेटकिपर जेमी स्मिथले सर्वाधिक ६७ र ड्यान लरेन्सले ३५ रन जोडे । अन्यको प्रदर्शन सम्झनलायक रहेन । पहिलो इनिङमा ६२ रनले पछि परेको श्रीलंकालाई उत्कृष्ट पुनरागमन गराउन लाहिरु कुमाराले ४, विश्व फेर्नान्डोले ३ र असिथा फेर्नान्डोले २ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा श्रीलंका २६३ रनमा अलआउट भएको थियो । श्रीलंकाका कप्तान धनन्जय डि सिल्भा ६९, कामिन्दु मेन्डिस र पाथुम निसांका ६४–६४ रन बनाए । इंग्ल्यान्डका जोश हुल र ओली स्टोनले ३–३ विकेट लिए ।



लन्डनमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड ३२५ रनमा अलआउट भएको थियो । कप्तान ओली पोपले १५६ बलमा १९ चौका र २ छक्कासहित १५४ रनको शतकीय इनिङ खेलेपनि जित्न पर्याप्त रहेन । ओपनर बेन डकेटले ८६ रनको योगदान दिए ।

श्रीलंकाका मिलन रथानायकेले ३, विश्व फेर्नान्डो, लाहिरु कुमारा र धनन्जय डि सिल्भाले २–२ विकेट लिए । तीन टेस्ट खेलको सिरिजमा सुरुवाती दुई खेल इंग्ल्यान्डले ५ विकेट र १९० रनको जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...