मुख्य समाचार
पेन्या बार्सा दी एभरेस्टलाई नेपालमा बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता
पेन्या बार्सा दी एभरेस्टलाई नेपालमा बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता

। बार्सिलोना फ्यान क्लब नेपाल(बार्सा नेपाल ) का रूपमा परिचित पेन्या बार्सा दी एभरेस्टले हालै एफसी बार्सिलोना आधिकारिक पेन्या(समर्थक क्लब) को मान्यता पाएको छ ।

सन् २०१३ मा स्थापना भएको यस एफसी बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि च्यारिटी कार्यक्रमहरू, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधिहरू गर्दै आइरहेको थियो ।

स्पानिस क्लब बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्तया पाएपछि पेन्यास बार्साले एक कार्यक्रम आयोजना गरेको थियो । जसमा पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामा र क्लबका अध्यक्ष प्रकाश घर्तीले आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो सार्वजनिक गरे ।

कार्यक्रममा विशेष भिडियो सत्र पनि समावेश गरिएको थियो जसमा नेपाली एफसी बार्सिलोना समर्थकहरूको भावनात्मक सन्देश प्रस्तुत गरियो, जसले नव मान्यता प्राप्त समर्थक क्लबप्रति आफ्नो आभार व्यक्त गरे ।



१०० भन्दा बढी नेपाली बार्सिलोना समर्थकहरू कार्यक्रममा उपस्थित थिए । हरि खड्का, गौरव बस्नेत, र राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीले पनि उपस्थिति जनाएका थिए ।

कार्यक्रममा इ-स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईसान) का वरिष्ठ उपाध्यक्ष हिम बिक्रम केसी, ईसानका सचिव आशिष दाहाल, इसानका बोर्ड सदस्य घनश्याम ढुंगेल र नेपाली राष्ट्रिय फुटसलका सहायक प्रशिक्षक थमन भुसाल आदिको उपस्थिति थियो ।

उपस्थित सदस्यहरूलाई बार्सिलोनाबाट आएको मायाको चिनो सहित पेन्या बार्सा दी एभरेस्टका क्यापहरू प्रदान गरियो, जसलाई यो कार्यक्रमको स्मरणका रूपमा विशेष एफसी बार्सिलोना मर्चेन्डाइजको रूपमा तयार गरिएको थियो।

पेन्या बार्सा दी एभरेस्टलाई एफसी बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता दिइनुले नेपालका फुटबल समर्थकहरूका लागि एक महत्वपूर्ण उपलब्धि रहेको पेन्या बार्सा दी एभरेष्टले विज्ञप्तीमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...