मुख्य समाचार
कोरोना बिमाको पैसा माग्दै बिमा कम्पनीहरुद्वारा सर्वोच्चमा रिट, भदौ २४ मा पेशी तोकियो
कोरोना बिमाको पैसा माग्दै बिमा कम्पनीहरुद्वारा सर्वोच्चमा रिट, भदौ २४ मा पेशी तोकियो

— सरकारसँग कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा रिट हालेका छन् । निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो ।


कोरोना बिमाको मापदण्ड अनुसार सरकारले दिनुपर्ने रकम नदिँदा बीमितको रकम फिर्ता दिन नसकिएको भन्दै उक्त रकम माग गरिएको संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।


सरकार, बिमक संघ र बिमा प्राधिकरणबीचको सहमतिअनुसार सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । सो रिट निवेदनमाथि सोमबार बिहान १० बजे पेशी तोकिएको छ ।

सरकारले नै भुक्तानी नदिएपछि बिमा एक लाख भन्दा बढी बिमितको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाए शतक
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर
एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य
अर्थतन्त्रको सबलीकरण र सुशासन
। नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समूहले संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेको छ । करिब ७५ जना संस्थापन पक्षका केन्द्रीय सदस्यसहित मंगलबार भएको छलफलमा पूर्व पदाधिकारीहरूमध्येबाट एक जना सभापतिको उम्मेदवार बन्न आग्रह गरिएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सभापतिका लागि एक जनाको नाममा सहमति जुटाएर छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गरिएको हो । मंगलबारको ...