मुख्य समाचार
हंगेरीको पोष्टमा जर्मनीको ५ गोल
हंगेरीको पोष्टमा जर्मनीको ५ गोल

। जर्मनीले यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह तीनमा हंगेरीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान मर्कुर स्पाइल एरेनामा पहिलो हाफमा एक गोल गरेको जर्मनीले दोस्रो हाफमा चार गोल थपेको थियो ।




जर्मनीका लागि निकलस फुलकर्गले २७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि जुमल मुसिएलाले ५७औं, फ्लोरिन रिट्जले ६६औं, अलेजान्डर पाब्लोभिकले ७७औं र काई हाभार्ट्सले ८१औं मिनेटमा गोल गरे ।

जमल मुसिएलाले हाभार्ट्जले गरेको पेनाल्टी गोल बाहेक तीन गोलका लागि असिस्ट समेत गरेका थिए ।



यसै समूहको अर्को खेलमा नेदरल्याण्ड्सले बोस्निया एण्ड हर्जगोविनालाई ५-२ लेहरायो । नेदरल्याण्ड्सका लागि जोसुअ झिर्की, तिजानी रेइजडर्स, कोडी गाक्पो, वाउट वेघोर्स्ट र जाभी सिमोन्सले गोल गरे ।

जितपछि समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले समान ३ अंक जोडेका छन् ।

यसैगरी नेसन्स लिगकै लिग बी को समूह दुईमा इंग्ल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई २-० ले पराजित गरेको छ । इंग्ल्याण्डका लागि डेक्लान राइस र ज्याक ग्रेलिसले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...