मुख्य समाचार
हंगेरीको पोष्टमा जर्मनीको ५ गोल
हंगेरीको पोष्टमा जर्मनीको ५ गोल

। जर्मनीले यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह तीनमा हंगेरीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान मर्कुर स्पाइल एरेनामा पहिलो हाफमा एक गोल गरेको जर्मनीले दोस्रो हाफमा चार गोल थपेको थियो ।




जर्मनीका लागि निकलस फुलकर्गले २७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि जुमल मुसिएलाले ५७औं, फ्लोरिन रिट्जले ६६औं, अलेजान्डर पाब्लोभिकले ७७औं र काई हाभार्ट्सले ८१औं मिनेटमा गोल गरे ।

जमल मुसिएलाले हाभार्ट्जले गरेको पेनाल्टी गोल बाहेक तीन गोलका लागि असिस्ट समेत गरेका थिए ।



यसै समूहको अर्को खेलमा नेदरल्याण्ड्सले बोस्निया एण्ड हर्जगोविनालाई ५-२ लेहरायो । नेदरल्याण्ड्सका लागि जोसुअ झिर्की, तिजानी रेइजडर्स, कोडी गाक्पो, वाउट वेघोर्स्ट र जाभी सिमोन्सले गोल गरे ।

जितपछि समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले समान ३ अंक जोडेका छन् ।

यसैगरी नेसन्स लिगकै लिग बी को समूह दुईमा इंग्ल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई २-० ले पराजित गरेको छ । इंग्ल्याण्डका लागि डेक्लान राइस र ज्याक ग्रेलिसले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...