मुख्य समाचार
पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सव हुँदै, रंगियो बस र होडिङ बोर्डमा नेपाल
पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सव हुँदै, रंगियो बस र होडिङ बोर्डमा नेपाल

: गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल महोत्सवको अर्को संस्करण आगामी सेप्टेम्बर १४ तारिख पर्थमा हुने भएको छ।

महोत्वसको प्रचार प्रसारका लागि स्थानीय बसहरू पोष्टरसहितको विज्ञापनले सजिएका छन्। पर्थको महत्वपूर्ण मानिने यागन स्क्वायरमा महोत्सवको नेपाली कलाकारहरूसहितको बोर्डले सजिएको छ। त्यसैगरी स्थानीय पत्रिकाहरूमा समेत विज्ञापनहरू प्रकाशित गरिएको छ।

नेपाल महोत्सवको उद्देश्य यहाँ हुर्किँदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा पश्चिम अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले बताए। एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचाराको अभिवृद्धि गर्न पनि नेपाल महोत्सवले महत्वपूर्ण योगदान दिँदै आएको उनले बताए।


अष्ट्रेलियन डलर एक लाख साठी हजारको अनुमानित बजेट रहेको महोत्सवलाई सफल बनाउन एनआरएनसहित पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलिया, नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा)सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरूसमेत महोत्सव सफलताको लागि क्रियाशिल रहेका छन्।

महोत्सवलाई पश्चिम अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ। मुख्य प्रायोजक अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ। संयोजक घिमिरेका अनुसार यस पटकको महोत्सवमा पश्चिम अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी हुने भएका छन्। महोत्सवमा एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष बद्री केशी, उपाध्यक्ष विनोद श्रेष्ठ सहित अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनका अभियन्ताहरू, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरू पनि आउने तय भएको छ।

महोत्सवमा विभिन्न ४५ वटा स्टलहरू रहने भएका छन्। संयोजक घिमिरेले भने, 'यस पटकको नेपाल महोत्सव तपाईँहरूले नमूना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमूना धरहरासमेत हेर्न पाउनुहुनेछ। हामीले बालबालिकालाई समय विताउन सहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दैछौं। नेपालको गीत संगीत स्टेजमा घन्किने परम्परा कायमै राखेर यसपटक बहुसांस्कृतिक समुदायका प्रस्तुतिलाई पनि समेट्ने जमर्को हाम्रो छ।'

एनआरएनए पश्चिम अष्ट्रेलियाका उपाध्यक्ष महेश लामाले १२ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको महोत्सवका दिन सेप्टेम्वर १४ मा सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुनेछ बताए। उनले राति ९ बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् । ‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् । आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी ...
: इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउन लागिएको हो। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने मन्त्रालयले जनाएको छ। हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको ...
: हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई आज इजरायलले अन्तिम बिदाइ गरेको छ। इजरायलले उनको शव नेपाल पठाएको हो। तेलअभिवस्थित बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतको “अपहृत, बेपत्ता र फर्कने समन्वय निर्देशनालय”को तर्फबाट राज्यस्तरीय श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो। समारोहमा अपहृत तथा बेपत्ता समन्वयकर्ता गल हिर्श, इजरायली परराष्ट्र मन्त्रालयका प्रतिनिधि जिभ बिलाउस, नेपाल ...
: दुई वर्षअघि इजरायलमा कृषि अध्ययनका लागि आएका नेपाली विद्यार्थी समूहको पहिलो दिनको तस्बिर अहिले एक सम्झना बनेको छ। सो समूह इजरायलको परराष्ट्र मन्त्रालयको कृषि लाभान्वित परियोजना अन्तर्गत एसजीओटी जीभ लाभान्वित केन्द्रमार्फत आएको थियो। त्यो दिन इजरायली प्रशिक्षक र अधिकारीहरूले उनीहरूलाई उत्साहका साथ स्वागत गरेका थिए। उनीहरू हर्ष, जिज्ञासा र भविष्यप्रतिको आशाले भरिएका युवा थिए। तर, ...
: भारतमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ। बैतडीको सुर्नया गाउँपालिका-२ लिस्किटाका ४२ वर्षीय बिसा चन्दको भारतको केरलामा रेलको ठक्करबाट मृत्यु भएको हो। रोजगारीको सिलसिलामा भारतमा रहेका चन्दको बुधबार रेलको ठक्करबाट मृत्यु भएको मृतक बिसाका दाजु गणेश बहादुर चन्दले जानकारी दिए। भारतको केरलाबाट बेंगलोर फर्किने क्रममा सो घटना भएको चन्दले बताए।