मुख्य समाचार
पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सव हुँदै, रंगियो बस र होडिङ बोर्डमा नेपाल
पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सव हुँदै, रंगियो बस र होडिङ बोर्डमा नेपाल

: गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल महोत्सवको अर्को संस्करण आगामी सेप्टेम्बर १४ तारिख पर्थमा हुने भएको छ।

महोत्वसको प्रचार प्रसारका लागि स्थानीय बसहरू पोष्टरसहितको विज्ञापनले सजिएका छन्। पर्थको महत्वपूर्ण मानिने यागन स्क्वायरमा महोत्सवको नेपाली कलाकारहरूसहितको बोर्डले सजिएको छ। त्यसैगरी स्थानीय पत्रिकाहरूमा समेत विज्ञापनहरू प्रकाशित गरिएको छ।

नेपाल महोत्सवको उद्देश्य यहाँ हुर्किँदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा पश्चिम अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले बताए। एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचाराको अभिवृद्धि गर्न पनि नेपाल महोत्सवले महत्वपूर्ण योगदान दिँदै आएको उनले बताए।


अष्ट्रेलियन डलर एक लाख साठी हजारको अनुमानित बजेट रहेको महोत्सवलाई सफल बनाउन एनआरएनसहित पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलिया, नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा)सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरूसमेत महोत्सव सफलताको लागि क्रियाशिल रहेका छन्।

महोत्सवलाई पश्चिम अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ। मुख्य प्रायोजक अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ। संयोजक घिमिरेका अनुसार यस पटकको महोत्सवमा पश्चिम अष्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी हुने भएका छन्। महोत्सवमा एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष बद्री केशी, उपाध्यक्ष विनोद श्रेष्ठ सहित अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनका अभियन्ताहरू, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरू पनि आउने तय भएको छ।

महोत्सवमा विभिन्न ४५ वटा स्टलहरू रहने भएका छन्। संयोजक घिमिरेले भने, 'यस पटकको नेपाल महोत्सव तपाईँहरूले नमूना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमूना धरहरासमेत हेर्न पाउनुहुनेछ। हामीले बालबालिकालाई समय विताउन सहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दैछौं। नेपालको गीत संगीत स्टेजमा घन्किने परम्परा कायमै राखेर यसपटक बहुसांस्कृतिक समुदायका प्रस्तुतिलाई पनि समेट्ने जमर्को हाम्रो छ।'

एनआरएनए पश्चिम अष्ट्रेलियाका उपाध्यक्ष महेश लामाले १२ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको महोत्सवका दिन सेप्टेम्वर १४ मा सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुनेछ बताए। उनले राति ९ बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...
— रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए । भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम