मुख्य समाचार
डोटीमा पहिरो जाँदा एकको मृत्यु, १४ वर्षीया बालिका घाइते
डोटीमा पहिरो जाँदा एकको मृत्यु, १४ वर्षीया बालिका घाइते

: डोटीमा पहिरोमा खसेको ढुंगा लागेर एक जना महिलाको मृत्यु भएको छ। उनकी नातिनी भने घाइते भएकी छन्।

पहिरोमा परी जिल्लाको आदर्श गाउँपालिका-३ आगर बस्ने मानबहादुर ऐरको ६१ वर्षीय श्रीमती कौमती देवी ऐरको मृत्यु भएको छ भने उनकी १४ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। मृतक कौमती देवी नातिनीसहित आफ्नो घरबाट माइतीघर आदर्श गाउँपालिका-६ सबखोला जाँदै थिइन्। घटना शनिबार दिउँसो करिब १२ बजेतिर भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ । एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूृर्ण रुपमा सञ्चालन गरेपछि त्यहाँबाट आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, जमुनाह, बाँकेले जनाएको छ । अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका ...
बूढीगण्डकी जलविद्युत् योजना निर्माणको दबाब दिन महोत्सवस्थलमा हस्ताक्षर अभियान
— प्रतिनिधिसभा निर्वाचनलगत्तै राज्यले उपनिर्वाचनको व्ययभार पनि व्यहोर्नुपर्ने भएको छ । प्रदेशसभा सदस्य तथा स्थानीय तहका पदाधिकारीहरूले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि ठूलो संख्यामा पद रिक्त हुन पुगेको हो । प्रदेशसभामा १६ तथा स्थानीय तहमा प्रमुख/उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष गरी ११ जनाले राजीनामा दिएका छन् । झन्डै २ वर्ष कार्यकाल बाँकी रहँदै प्रदेशसभाका १६ सदस्य राजीनामा दिएर उम्मेदवार ...
— हिमाली जिल्ला डोल्पामा तीन सय २८ मेगावाट क्षमताको अर्ध जलाशययुक्त जल विद्युत आयाेजना निर्माण हुने भएको छ । जिल्लाकाे उत्तरी क्षेत्रमा पर्ने छार्काताङ्साेङ् गाउँपालिकामा भारबुङ तातु खाेला जलविद्युत् आयोजना निर्माण हुने भएको हाे। आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन स्विकृतीको प्रक्रिया अगाडि बढाएको छ । विभागका उप-महानिर्देशक गाेकर्णराज पन्थले आयाेजना ...
पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना