मुख्य समाचार
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

। कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

शुक्रबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटनामा धनगढी उपमहानगरपालिका–५ जाँई बस्ने २८ वर्षीय संजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रबहादुर बोहोराले अत्तरियास्थित विद्युत कार्यालय नजिकै चौधरीले चलाएको सुपप्र ०१००८ प ९९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताए ।

चौधरीलाई तत्काल उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएपनि चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

६ लेन सडक खण्ड अन्ततरगत धनगढीको चटकपुरमा शुक्रबार राति नै दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन् । डीएसपी बोहोराले धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुपप्र ०१००८ प ८८०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा चार जना घाइते भएको बताए ।

घाइते हुनेमा धनगढी उपमहानगरपालिका–३ बस्ने सुपप्र ०१००८ प ८८०५ नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय उमेश चन्द, से७प ५७४१ नम्बरको मोटरसाइकलका चालक अछाम साफेबगर नगरपालिका–१४ बस्ने १९ वर्षीय कैलाश साउँद रहेका छन् ।

साउँदकै मोटरसाइकल पछाडि सवार डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २२ वर्षीय खगेन्द्र खड्का र धनगढी उपमहानगरपालिका–९ बस्ने २७ वर्षीय वीरेन्द्र बोहरा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घाइते चालकसहितका चारै जनाले मादक पदार्थ सेवन गरेको पाइएको छ । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, चुरे गाउँपालिका–३ मा पर्ने भासुमा जिप र विद्युतीय गाडी ठोक्किदा थप एक जना घाइते भएका छन् ।

जोरायलबाट धनगढी तर्फ आइरहेको म१च ४०७ नम्बरको जीप र धनगढीबाट डडेल्धुरातर्फ गइरहेको सुपप्र०४ ००१ ज ००३४ नम्बरको विद्यु्तीय हाइस आपसमा ठोक्किदा हाइसमा सवारी चुरे–१ बस्ने २१ वर्षीय राकेश बिक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते बिकको पद्यमा अस्पताल अत्तरियामा उपचार जारी छ । जिप चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने ३२ वर्षीय सुप्रिम राना र हाइस चालक डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ बस्ने वर्ष २५ को दशरथ भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको ...