मुख्य समाचार
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

। कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

शुक्रबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटनामा धनगढी उपमहानगरपालिका–५ जाँई बस्ने २८ वर्षीय संजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रबहादुर बोहोराले अत्तरियास्थित विद्युत कार्यालय नजिकै चौधरीले चलाएको सुपप्र ०१००८ प ९९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताए ।

चौधरीलाई तत्काल उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएपनि चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

६ लेन सडक खण्ड अन्ततरगत धनगढीको चटकपुरमा शुक्रबार राति नै दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन् । डीएसपी बोहोराले धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुपप्र ०१००८ प ८८०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा चार जना घाइते भएको बताए ।

घाइते हुनेमा धनगढी उपमहानगरपालिका–३ बस्ने सुपप्र ०१००८ प ८८०५ नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय उमेश चन्द, से७प ५७४१ नम्बरको मोटरसाइकलका चालक अछाम साफेबगर नगरपालिका–१४ बस्ने १९ वर्षीय कैलाश साउँद रहेका छन् ।

साउँदकै मोटरसाइकल पछाडि सवार डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २२ वर्षीय खगेन्द्र खड्का र धनगढी उपमहानगरपालिका–९ बस्ने २७ वर्षीय वीरेन्द्र बोहरा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घाइते चालकसहितका चारै जनाले मादक पदार्थ सेवन गरेको पाइएको छ । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, चुरे गाउँपालिका–३ मा पर्ने भासुमा जिप र विद्युतीय गाडी ठोक्किदा थप एक जना घाइते भएका छन् ।

जोरायलबाट धनगढी तर्फ आइरहेको म१च ४०७ नम्बरको जीप र धनगढीबाट डडेल्धुरातर्फ गइरहेको सुपप्र०४ ००१ ज ००३४ नम्बरको विद्यु्तीय हाइस आपसमा ठोक्किदा हाइसमा सवारी चुरे–१ बस्ने २१ वर्षीय राकेश बिक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते बिकको पद्यमा अस्पताल अत्तरियामा उपचार जारी छ । जिप चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने ३२ वर्षीय सुप्रिम राना र हाइस चालक डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ बस्ने वर्ष २५ को दशरथ भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्लाको इलेक्सन इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। विजयी भएसँगै बालेनले झापा ५ को लाल किल्ला भत्काइदिएको छ। बालेनले ६८ हजार ३८४ मत ल्याएका छन् भने ओलीले १८ हजार ७३४ ...
।​ नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गरेका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको संसद्मा आफू नै सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरेका हुन्। ​विजयी र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले हराउँदै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५,८३० ...
। संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक राख्ने तयारीमा जुटेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार गत सोमबार मुख्यसचिव, सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेका थिए । अवलोकनपछि जसरी भए पनि चैत पहिलो सातासम्म हल उपलब्ध गराउन भनिएको गिरीले जानकारी दिए । ‘चैतको पहिलो सातासम्म ...