मुख्य समाचार
सीमा क्षेत्रबाट १२० किलो गाँजा बरामद
सीमा क्षेत्रबाट १२० किलो गाँजा बरामद

: नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा लागूऔषध गाँजा बरामद गरेको छ।


भारत लैजाँदै गर्दा सशस्त्रले शुक्रबार राति ८:३० बजेतिर लगभग सवा क्विन्टल गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काका अनुसार १ सय २० किलोग्राम गाँजा बरामद भएको छ। को २ ह ४०४१ नम्बरको अटो टेम्पोमा राखेर भारत कटाउन लागिएको अवस्थामा गाँजा फेला परेको उनले बताए।

उनका अनुसार गाँजा प्लाष्टिकको ३ वटा बोरामा प्याक गरिएको थियो। सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको टोलीले अटोलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो।


खानतलासी गर्दा गाँजा फेला परेसँगै अटो चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २६ वर्षीय दिनेश राईलाई पक्राउ गरिएको एसपी खड्काले बताए। अटो चालक राई पक्राउ परे पनि अटोमा सवार रहेका अर्का १ जना फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

बरामद भएको गाँजा, नियन्त्रणमा लिएको अटो र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाइएको सशस्त्रले जानकारी दिएको छ। रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम