मुख्य समाचार
सीमा क्षेत्रबाट १२० किलो गाँजा बरामद
सीमा क्षेत्रबाट १२० किलो गाँजा बरामद

: नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा लागूऔषध गाँजा बरामद गरेको छ।


भारत लैजाँदै गर्दा सशस्त्रले शुक्रबार राति ८:३० बजेतिर लगभग सवा क्विन्टल गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काका अनुसार १ सय २० किलोग्राम गाँजा बरामद भएको छ। को २ ह ४०४१ नम्बरको अटो टेम्पोमा राखेर भारत कटाउन लागिएको अवस्थामा गाँजा फेला परेको उनले बताए।

उनका अनुसार गाँजा प्लाष्टिकको ३ वटा बोरामा प्याक गरिएको थियो। सशस्त्र प्रहरीको बीओपी (बोर्डर आउट पोस्ट) नोचाबाट खटिएको टोलीले अटोलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो।


खानतलासी गर्दा गाँजा फेला परेसँगै अटो चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २६ वर्षीय दिनेश राईलाई पक्राउ गरिएको एसपी खड्काले बताए। अटो चालक राई पक्राउ परे पनि अटोमा सवार रहेका अर्का १ जना फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

बरामद भएको गाँजा, नियन्त्रणमा लिएको अटो र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाइएको सशस्त्रले जानकारी दिएको छ। रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश विभाजन गर्न खोज्नेहरु अब किनारा लाग्ने बताएका छन् । जनकपुर मन्दिर परिक्रमा गर्ने क्रममा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले देश र मधेस विभाजन गर्न खोज्ने राजनीतिको अन्त्य गर्ने दावी गरे । सभापति लामिछानेले अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो गरी उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन ...
: सर्वोच्च अदालतले बालयौन दुराचार (जबरजस्ती करणी) सम्बन्धी मुद्दामा पीडक नाबालक भए पनि पीडितलाई क्षतिपूर्ति अनिवार्य रूपमा दिलाउनुपर्ने फैसला सुनाएको छ। उमेरका आधारमा आपराधिक सजायमा केही छुट हुन सक्ने भए पनि क्षतिपूर्ति दायित्वबाट उन्मुक्ति दिन नमिल्ने अदालतले स्पष्ट गरेको हो। न्यायाधीश सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासले तल्लो अदालतका फैसला उल्ट्याउँदै पीडित बालिकालाई ५० ...
: नुवाकोटको मध्यपहाडी सडकमार्ग अन्र्तगत थानसिङमा यात्रुवाहक टाटासुमो दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि २८ किलोमिटर पूर्वमा रहेको उक्त सडकमार्ग अन्तर्गत नुवाकोटको लिखु गाउंपालिका– ६ थानसिङस्थित फंगटेमा वुधवार दुर्घटनाग्रस्त भएको हो । दुप्चेश्वरबाट काठमाडौतर्फ जाँदै गरेको ना १ ज ६६६५ नम्बरको टाटासुमो टोखा–छहरे सडकखण्डको उक्त स्थानमा ...
: धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ चरौंदी नजिक भैंसेडाँडामा आइतबार राति भएको बस दुर्घटनाले १९ जनाको ज्यान लिएपछि सरकार फेरि सक्रिय देखिएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटना लगत्तै सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ र टोली घटनास्थल पुगेर अध्ययन सुरु गरेको छ। तर ...
काठमाडौंः काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूका तर्फबाट साझा प्रतिबद्धता ‘विकासको मार्गचित्र भिजन १०’ आज सार्वजनिक हुँदैछ । दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरूको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका ...