मुख्य समाचार
सेलेना गोमेज बनिन् कान्छी अर्बपति
सेलेना गोमेज बनिन् कान्छी अर्बपति

। ३२ वर्षिया पपस्टार तथा अभिनेत्री सेलेना गोमेज अर्बपति बनेकी छन् । ब्लुमबर्गको विवरणअनुसार सौन्दर्य प्रशाधन उत्पादन गर्ने ‘द रेयर ब्युटी’ कम्पनीको संस्थापक समेत रहेकी गोेमेजको अनुमानित सम्पत्ति १.३ बिलियन अमेरिकी डलर पुगेको छ ।

योसँगै उनी अमेरिकाको कान्छी अर्बपतिमध्ये एक बनेकी छिन् । उनको आम्दानी सो ब्राण्डमा आधारित छ जसलाई गोमेजले सन् २०१९ मा स्थापना गरेकी थिइन् । यसमा उनको कूल सम्पत्तिको ८० प्रतिशत हिस्सा छ ।

पछिल्लो १२ महिनामा यो ब्राण्डले ४०० मिलियन डलरको सामान विक्री गरेको छ । उनको कूल सम्पत्तिमा मानसिक स्वास्थ्यबारेको स्टार्टअप, संगीत एल्बम बिक्री, स्ट्रिमिङ सम्झौता, ब्राण्ड साझेदारी, कन्सर्टको टिकट र अभिनयबाट प्राप्त हुने पारिश्रमिक समावेश छ ।

गोमेज अन्तिम पटक सन् २०१६ मा सांगीतिक विश्व भ्रमणमा निस्किएकी थिइन् । पछिल्लोपटक सन् २०२० मा उनको एल्बम ‘रेयर’ रिलिज भएको थियो । उनी अहिले फिल्म अभिनयमा ब्यस्त छिन् ।



उनी अहिले हुलुको कमेडी श्रृंखला ‘ओन्ली मर्डर्स इन द बिल्डिंग’ अभिनयकोे लागि एमी पुरस्कारमा मनोनित छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...
। ९ करोड भारुको ऋण र चेक बाउन्सको मुद्दामा तिहाड जेल जानु अघि राजपाल यादवले आफ्नो कुरा राखेका थिए । उनले आफू आर्थिक संकटमा परेको र मद्दत माग्न जाने ठाउँ समेत नभएको बताएका थिए । यस्तो अप्ठ्यारो समयमा अभिनेता सोनू सूद उनको सहारा बनेका छन् । सोनूले राजपाललाई एउटा फिल्मको प्रस्ताव दिने जनाउँदै तुरुन्तै केही ‘साइनिङ ...
। पपस्टार ब्रिट्नी स्पीयर्सले आफ्नो सम्पूर्ण संगीत सूची (क्याटलग) का अधिकार बिक्री गरेकी छन् । ४४ वर्षीया गायिकाले ३० डिसेम्बरमा स्वतन्त्र संगीत प्रकाशक कम्पनी ‘प्राइमरी वेभ’ लाई करिब २० करोड अमेरिकी डलरमा अधिकार बेचेको बताइएको छ । लामो समयसम्म ‘कन्जरभेटरशिप’ को व्यवस्थामा रहेकी स्पीयर्सको व्यक्तिगत र पेशागत जीवन त्यसबाट प्रभावित भएको थियो । उनी बेबी वान ...