मुख्य समाचार
जापनिज इन्सेफ्लाइटिस रोगको जोखिममा पर्सा जिल्ला
जापनिज इन्सेफ्लाइटिस रोगको जोखिममा पर्सा जिल्ला

: पर्सामा जापनिज इन्सेफ्लाइटिस रोगबाट एक जना युवकको मृत्यु भएको छ। पर्सामा यस वर्ष हालसम्म २ जनामा यो रोगका बिरामी भेटिएकोमा तीमध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको र १ जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।


मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपाालिका-१ बजार छपकैयाका ३० वर्षीय युवक रहेका छन्। गत भदौ ८ गते जापनिज इन्सेफ्लाइटिस रोगको संक्रमण पुष्टि भएका ती युवकको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा ५ दिन पहिले मृत्यु भएको ठाकुरले जानकारी दिए।

गत भदौ ५ गते संक्रमण पुष्टि भएकी पर्साकै पटेर्वासुगौली गाँउपालिका-३ की तीन वर्षिया बालिकाको भने हाल वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको ठाकुरले बताए।


पर्सा जिल्लामा गत वर्ष पनि जापनिज इन्सेफ्लाइटिसका २ जना बिरामी भेटिएका थिए। ठाकुरका अनुसार गत वर्ष पर्साको वीरगन्ज महानगरपालिका-२८ र जिराभवानी गाउँपालिका वडा नम्बर ५ मा गरी २ जनामा पनि जापनिज इन्सेफ्लाइटिसको संक्रमण भेटिएको थियो। उनीहरू दुवै जना उपचारपश्चात निको भएका थिए।

देशभरि यस वर्ष हालसम्म पनि जापनिज इन्सेफ्लाइटिसका ३३ जना बिरामी भेटिएका छन्। तीमध्ये सबैभन्दा बढी कैलाली जिल्लामा ६ जना छन्। त्यस्तै झापा जिल्लामा ३ जना उक्त रोगको बिरामी भेटिएको ठाकुरले बताए।

यस वर्ष देशभर हालसम्म पर्सासहित २२ जिल्लामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिएको पनि उनले बताए। दुई वर्षदेखि लगातार बिरामी भेटिइरहेकाले यो रोगको जोखिममा पर्सा जिल्ला पनि रहेको उनले बताए।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार जापनिज इन्सेफ्लाइटिस रोग मुख्य गरेर धान खेती बढी हुने ठाउँ तथा सुंगुर, बंगुर र हाँस पालन गर्ने समुदायमा बढी देखिन्छ। यो रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ। तर, १५ वर्षमुनिका बालबालिकामा बढी लाग्ने सम्भावना हुन्छ।

जापनिज इन्सेफ्लाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट हुने किटजन्य रोग हो। यो रोग भाइरसको संक्रमणबाट हुन्छ। यो रोगको भाइरसबाट संक्रमित सुंगुर,बंगुर र हाँसलाई टोकेपछि उक्त लामखुट्टे संक्रमित हुने र संक्रमित उक्त लामखुट्टेले मानिसलाई टोकेपछि उक्त मानिस संक्रमित हुन्छ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन।

जापनिज इन्सेफ्लाइटिस रोगका लक्षणहरू एक्कासी उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, घाँटी अर्रो हुने, शरीर काम्ने, बेहोस हुने, पक्षघात हुने लगायतका रहेको ठाकुरले बताए। लक्षण देखिएका बिरामीको समयमै उचित उपचार नपाएमा मृत्यु हुने गरेको उनले बताए। ठाकुरका अनुसार जापनिज इन्सेफ्लाइटिस रोगको संक्रमण भएका १०० बिरामीमध्ये २५ देखि ३० जनाको मृत्यु हुने गरेको छ।

यो रोग लाग्नुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा प्रभावकारी उपाय रहेको ठाकुरले बताए। त्यसका लागि सुंगुर, बंगुर र हाँस घरभन्दा टाढाको स्थानमा खोर बनाएर पाल्ने, सुत्दा झुल टाँगेर सुत्ने, साँझ र बिहान सकेसम्म खेतबारीमा नजानेजस्ता उपाय अपनाउनु पर्ने ठाकुरले बताए। यो रोगको जोखिममा पर्सा जिल्ला पनि रहेकाले त्यसैलाई मध्यनजर गरेर स्वास्थ्य कार्यालय पर्साले जिल्लाका १४ वटै पालिकामा पालिकासँग समन्वय गरी सर्च एण्ड डिस्ट्रोय अभियान चलाइरहेको पनि जनस्वास्थ्य अधिकृत ठाकुरले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाए शतक
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर
एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य
अर्थतन्त्रको सबलीकरण र सुशासन
। नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समूहले संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गरेको छ । करिब ७५ जना संस्थापन पक्षका केन्द्रीय सदस्यसहित मंगलबार भएको छलफलमा पूर्व पदाधिकारीहरूमध्येबाट एक जना सभापतिको उम्मेदवार बन्न आग्रह गरिएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, सभापतिका लागि एक जनाको नाममा सहमति जुटाएर छिटोभन्दा छिटो सहमतिमा पुग्न आग्रह गरिएको हो । मंगलबारको ...