मुख्य समाचार
प्रथम अध्यक्ष कप सुरु
प्रथम अध्यक्ष कप सुरु

: मुस्ताङको घरपझोङ गाउँपालिकामा शनिबारदेखि वडास्तरीय ‘प्रथम अध्यक्ष कप’ सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुरूप मुस्ताङको घरपझोङ-५ ठिनीमा यसैवर्षदेखि ‘अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सुरुवात गरिएको हो।

प्रतियोगिता अन्तर्गत भलिबल खेल र स्थानीय सादा धनुषवाण(तारा) खेल प्रतियोगिता समावेश गरिएको जनमुक्ति युवा क्लबका अध्यक्ष सञ्जय थकालीले जानकारी दिए।


बर्सेनि आलोपालो सञ्चालन हुने गरी सुरु गरिएको प्रथम अध्यक्ष कपको पहिलो आयोजना गर्ने मौका घरपझोङ वडा नम्बर ५ ले पाएको हो । भलिबलतर्फ ५ वटै वडाबाट अनिवार्य एक/एक टिम सहभागी हुने व्यवस्था गरिएको छ।
भलिबल खेलको च्याम्पियनले नगद ५० हजार र उपविजेताले नगद ३० हजारसहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। ५० भन्दा माथि र ५० भन्दा तल्लो उमेरका खेलाडी सहभागी टिमले क्रमशः नगद २५ हजार र १५ हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...