मुख्य समाचार
नेपथ्य : नेपाली डायस्पोराको सांस्कृतिक दूत
नेपथ्य : नेपाली डायस्पोराको सांस्कृतिक दूत

ढिलो साँझ परेको डालसको आँगनमा सूर्यका किरण मधुरा हुन थालेका थिए । घाम पश्चिम क्षितिजमा पुग्नै लागेको बेला झकिझकाउ मञ्चमा देखिए अमृत गुरुङ । परिचयको कुनै फुर्को जोडिरहनु नपर्ने अमृतलाई सुन्न उनका फ्यानहरु आतुर थिए ।

उत्तर फर्किएको मञ्चमा उनी उभिनासाथ तालीको गडगडाहट सहित दर्शकले उत्तेजना र उमंग मिसिएको लवजमा उनको स्वागत गरे । दर्शकलाई नमस्ते गर्दै उनले ठूलो स्वरमा सञ्चो विसञ्चो सोधे । त्यसपछि निरन्तर गुञ्जिए करिब करिब हरेक नेपालीको ओठमा झुण्डिएका नेपथ्यका गीतहरु ।

यसपालिको नेपथ्यको अमेरिका यात्रा कोलोराडोको डेनवर, क्यालिफोर्नियाको सान फ्रान्सिस्को, ओहायोको कोलम्बस, टेक्सासको डालस, न्युयोर्क, मेरील्याण्ड र अन्तिममा ७ सेप्टेम्बरमा पेन्सिलभेनियाको ह्यारिसवर्ग सहरमा सातौं प्रस्तुति दिएर टुङ्गिनेछ ।



यस अन्तर्गतको पाँचौं श्रृंखला थियो, अमेरिकामै सबैभन्दा बढी नेपालीको बसोबास रहेको टेक्सास राज्यको डालस सहर नजिकैको अर्भिङ । यहाँ रहेको टोयोटा म्युजिक फ्याक्ट्रीमा २४ अगस्टको साँझ करिब साढे दुई घण्टा नेपथ्यका अमृत गुञ्जिए ।

अलिकति भासिएको झैं सुनिने स्वरमा आफ्ना प्रिय गायकलाई दशकपछि सुनेका नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारी विश्वभरि फैलिएका नेपालीलाई संगीतको माध्यमबाट जोड्न यसखाले प्रस्तुतिको ठूलो भूमिका रहने बताँउछन् ।

‘मलाई मात्र यस्तो महसुस भएको पक्कै पनि होइन । उहाँको प्रस्तुति सुनेका कैयौं दिनसम्म पनि कानमा उहाँ एकोहोरो गुञ्जिरहनुहुन्छ,’ उनी भन्छन् ।

अमृतले गाउञ्जेल हलमा ताली मात्रै सुनिएन, उनको स्वरमाथि आफ्नो स्वर खाप्दै दर्शकहरुले मनोरञ्जन लिए । शब्द, स्वर र संगीतको मुर्छनाले दर्शकलाई ध्यान अन्त मोड्नै दिएन । संगीतले लोलाएका दर्शकहरुले ध्यानमग्न भएर नाच्दै मजा लिए ।

प्रस्तुतिको बीचबीचमा अमृतले दर्शकहरुलाई गाउँघर सम्झाए । नरनाता, खेतखलियान, भीरपाखा, गामबेंसी, मेलापात, रोधी-मादल आदि अनेक थोक सम्झाँउदै र बेलाबेला मातृभुमि जान समेत आग्रह गरे । समग्रमा भनौं उनले देश सम्झाए ।



अमृत थप्थे, ‘पढ्न नपाएका बच्चा र उपचार पर्खिरहेका रोगीहरुलाई गच्छेअनुसार आफ्नो कमाइको थोरै भएपनि भाग छुट्याउनुहोस है ।’ आज्ञाकारी बच्चा झैं हरेक दर्शकले एकै स्वरमा भन्थे, ‘हुन्छ ।’

भीडमा नाचिरहेका एक दर्शक वेद बस्नेत नेपथ्यलाई नेपाली डायस्पोराका लागि अनौपचारिक सांस्कृतिक दूत ठान्छन् । पछिल्लो पाँच वर्षमा दोस्रोपटक नेपथ्यका कन्सर्ट हेरेका बस्नेत भन्छन्, ‘यो ब्यान्डले लामो भविष्यसम्म नेपाली मनोरञ्जन जगतमा प्रभाव कायम राख्नेछ ।’

तीन दशकअघि स्थापित नेपथ्य बितेको १८ वर्षमा संसारका १८ वटा देशमा पुगिसकेको छ । नेपथ्यको इभेन्ट म्यानेजमेन्ट गर्ने संस्था नेपालयका निर्देशक अर्पण शर्माका अनुसार यस बीचमा विश्वका ४४ सहरमा ८५ वटा कन्सर्ट नेपथ्यले गरिसकेको छ । पश्चिम एसियका खाडी मुलुकदेखि युरोप, अमेरिका र अस्ट्रेलियाका हरेकजसो नाम चलेका सहरमा नेपाली संगीत स्वाद लिएर पुगेको छ ।



नेपथ्यका गीतबारे अर्पण भन्छन्, ‘नेपथ्यका प्रस्तुतlमा ठेट नेपाली शब्द र संगीतमा थोरै आधुनिकता मिसाइएको हुनाले हजुरबुबादेखि नातिसम्मको पुस्ताले सुन्ने गरेको हो ।’

लोकरक बान्कीमा गाइएका गीतका कारण नेपथ्य नेपालभित्र र नेपाल बाहिरको नेपाली समाजमा सर्वाधिक रुचाइएको सांगीतिक ब्यान्ड बन्न सफल भएको हो । संगीतको माध्यमबाट लोकप्रियता हासिल गर्नु अलग कुरा भयो, नेपथ्यले त्यसका अतिरिक्त बलियो सामाजिक पहिचान समेत बनाएको छ ।

विशेषगरी द्वन्द्वले थिलथिलो बनाएको समाजलाई शान्ति र शीतलता महसुस गराउन नेपथ्यले चलाएको अभियानलाई मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । ‘हामी प्रस्तुतिको गुणस्तर खस्किन दिंदैनौं,’ अर्पण भन्छन्, ‘दर्शकको नेपथ्यप्रतिको रुचि र माया बढिरहनुको खास कारण यही हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो । बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै ...
अन्ततः राजनीतिक विषयवस्तुमा बनेको फिल्मले नै जित्यो । कलाले कति हदसम्म राजनीतिक जिम्मेवारी वहन गर्नुपर्छ भन्ने बहस र विवादले छायाँमा पारेको बर्लिन फिल्म फेस्टिभलको समापन समारोहमा जर्मन-टर्किश निर्देशक इल्कर चाताकले आफ्नो स्पष्ट सन्देश बोकेको फिल्म ‘येलो लेटर्स’ का लागि गोल्डेन बेयर अवार्ड जिते । समकालीन टर्कीको पृष्ठभूमिमा बनेको यो फिल्ममा विवाहित नाटककार र अभिनेत्रीको कथा देखाइएको छ, ...
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...