मुख्य समाचार
केरामा ‘फलेकसीकाटोका’को संक्रमण देखिएपछि किसान चिन्तित
केरामा ‘फलेकसीकाटोका’को संक्रमण देखिएपछि किसान चिन्तित

। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् ।

फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए ।

जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ सय बिघा जग्गामा व्यावसायिक केराखेती हुँदै आएको बताउँदै सुस्ता र प्रतापपुरमा केरा जोन कार्यक्रम सञ्चालन भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्राविधिक, केरा विज्ञसहितको टोलीले अध्ययन गरी केरामा देखिएको सङ्क्रमण फलेकसीकाटोका नामक किराका कारण लागेको पुष्टि भएको केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले जानकारी दिए । सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण विकास परियोजनाले तीन किसिमका विषादी उपलब्ध गराएको अध्यक्ष यादवले जानकारी दिए ।



भारतको महाराष्ट्रबाट केरा उत्पादनसम्बन्धी तालिम लिएपछि यहाँका किसानले व्यावसायिक रुपमा केरा खेती गर्न थालेका बताउँदै अहिले बोटमा संक्रमण देखिन थालेपछि चिन्तित बनेका यादवले उल्लेख गरे ।

उनका अनुसार महाराष्ट्रका प्राविधिकको सुझाव र परियोजनामार्फत उपलब्ध औषधिको प्रयोग गरेपछि केही मात्रामा सङ्क्रमण नियन्त्रणमा आएको छ । यस क्षेत्रमा केराका बोटमा प्रत्येक वर्ष फलेकसीकाटोकाको सङ्क्रमण देखिने गरेको सङ्घका अध्यक्ष यादवले जानकारी दिए ।

केरा खेतीलाई रोगबाट बचाउन रोग पहिचान, उपचार विधि, व्यावसायिक उत्पादन तथा बजारीकरणमा सरकारले तालिम दिन जरुरी रहेको उनले उल्लेख गरे । केराको बिउ तथा औषधि बिक्री गर्ने एग्रोभेट क्षेत्रिय निर्देशनायल राख्न माग गर्दै आए पनि कार्यान्वयन नहुँदा किसानलाई सास्ती भएको यादवको भनाइ छ ।

स्थानीय सरकारसँग केरामा छर्ने औषधि तथा बिउ बिक्री गर्ने एग्रोभेट सञ्चालन लागि पटकपटक अनुरोध गरिएको बताउँदै सरोकार भएका निकायले चासो नदिँदा प्रत्येक वर्ष किसान पीडित हुने गरको उनको जिकिर छ ।

केही समय परीक्षणका रुपमा केराखेती गरेका किसानले अहिले व्यावसायिक खेती थालेका भन्दै केरा उत्पादन संघका अध्यक्ष यादवले किसानलाई सहजीकरण गर्न सङ्घ प्रयासरत रहेको बताए ।

फलेकसीकाटोकाको संक्रमणले केरा बगानमा क्षति पुर्‍याउँदा उत्पादनमा क्षति हुने सुस्ता‐४ का किसान लीला गुरुङले चिन्ता व्यक्त गरे । उनका अनुसार दुई सय बिघाबढी बगानमा किराको संक्रमण फैलिएको छ ।

केराखेती गर्ने किसानलाई सहजीकरण गरी समास्या समाधान गर्ने उद्देश्यले बिउ, विषादी बिक्री गर्न र प्राविधिक सहयोग उपलब्ध गराउन एग्रोभेट सञ्चालनका लागि योजनाबद्ध रुपमा पहल भइरहेको प्रतापपुर गाउँपालिका कृषि शाखा अधिकृत सृजना न्यौपानेले जानकारी दिए ।

कृषि ज्ञान केन्द्रमार्फत परियोजनाबाट उपलब्ध गराइएको विषादी तथा औषधिले संक्रमण नियन्त्रण हुँदै गएको केन्द्रका प्रमुख डा चौबेले बताए । उनले किसानलाई रोग पहिचान, उपचार विधिलगायत जानकारी दिने उद्देश्यले तालिमको आयोजना गर्ने योजना बनाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल वायुसेवा निगम (नेवानि) ले दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ तिरेको छ । न्यारो बडी जहाजको पूरै किस्ता र वाइड बडीको आंशिक गरी पुस मसान्तमा उक्त रकम बराबर किस्ता तिरेको नेवानिले जनाएको छ । त्यस्तै नेवानिले आफ्नो दीर्घकालीन ...
। नेपाल र बंगलादेशबीच वाणिज्य सचिव स्तरीय ८औं बैठक सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २९ र ३० पुसमा सम्पन्न बैठकमा ७औं बैठकमा भएका निर्णय तथा सहमति कार्यान्वयन प्रगति समीक्षा गरी आगामी सहकार्यका विषयमा दिशानिर्देश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण र प्राविधिक सहकार्य सम्बन्धी विषयमा ...
: स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यसवर्ष स्याङ्जामा २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख अजय अधिकारीका अनुसार यसवर्ष १ अर्ब ३२ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। प्रति किलो औसतमा ५७ रुपैयाँका दरले मूल्यांकन गर्दा सो मूल्य आएको कार्यालयले जनाएको छ। ...
— अर्थ मन्त्रालयले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटीमा सहमति दिएको छ । अर्थले लगानी मोडालिटीमा सहमति दिएसँगै थप प्रक्रिया अघि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । धादिङ र गोरखामा निर्माण हुने बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) ...
— चोभार सुक्खा बन्दरगाहमा मात्रै ६ सय ५० युनिट विद्युतीय सवारी (ईभी) राखिएका छन् । रसुवा र सिन्धुपाल्चोकस्थित तातोपानी सुक्खा बन्दरगाहबाट जाँचपास गरिएका ईभी भाडा तिरेर चोभार सुक्खा बन्दरगाहमा राखिएका हुन् । बन्दरगाहमा राखिएका यी सवारीको प्रतिदिन १ सय २५ रुपैयाँ भाडा तिर्नुपर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘समितिले लजिस्टिक हबको अवधारणामा बनाएको संरचनामा ...