मुख्य समाचार
दैनिक आधा घण्टामात्रै सुत्ने यी जापानी कसरी छन् तन्दुरुस्त ?
दैनिक आधा घण्टामात्रै सुत्ने यी जापानी कसरी छन् तन्दुरुस्त ?

पूर्णरुपमा तन्दुरुस्त रहनका लागि दिनहुँ कति घण्टाको निद्रा आवश्यक पर्छ भनेर सोध्यो भने सायद हामी कसैको जवाफ ८ घण्टा होला, कसैको ६ घण्टा हुनसक्छ र कसैले त आफ्ना लागि २ घण्टाकै निद पर्याप्त हुने जवाफ दिनपनि सक्छ । तर, जापानमा एकजना व्यक्तिले आफू पछिल्लो १२ वर्षदेखि हरेक दिन केवल ३० मिनेट मात्रै सुत्ने गरेको दाबी गरेका छन् । यो सुन्दा हामीलाई अचम्म लाग्नसक्छ ।

डायसुके होरी नामका ती व्यापारीको उमेर ४० वर्ष छ । उनी पूर्ण रुपमा स्वस्थ तथा तन्दुरुस्त छन् । तर, हरेक दिन केवल आधा घण्टा मात्रै सुत्दछन् । आखिर त्यति कम निद्रा पर्दा समेत उनी त्यतिधेरै सक्रिय छन् कि मानिसहरु अचम्ममा पर्दछन् ।

आफुले आफ्नो मष्तिस्क र शरीरलाई कम निद्राका लागि पूर्णरुपमा प्रशिक्षित गरेको उनी बताउँछन् ।

आखिर उनी दैनिक केवल आधा घण्टा सुत्नुको कारण के हो ? वास्तवमा आफ्नो दैनिक जीवनमा धेरैभन्दा धेरै समय काम गर्न पाइयोस् भनेर उनले सुत्ने समयलाई व्यापक रुपमा कटौती गरेका हुन् ।



साउथ चाइना मर्निंग पोष्टका अनुसार होरीले १२ वर्षअघि कम सुत्ने बानीको विकास गरेका थिए । सन् २०१६ मा उनले जापान शर्ट स्लिपिंग एसोसिएसन (कम सुत्ने जापानीहरुको संस्था) नै गठन गरे । त्यहाँ उनले मानिसहरुलाई स्वास्थ्य तथा निद्रासँग सम्बन्धित कक्षाहरु प्रदान गर्दछन् ।

केवल आधा घण्टामात्रै सुत्ने होरीले दिनमा १ घण्टा त जिमखानामै बिताउँछन् ।

जापानको योमियुरी टिभीले होरीको दैनिक जिवनयापनका बारेमा एउटा कार्यक्रम प्रसारण गरेको छ । जसमा ३ दिनसम्म होरीको क्रियाकलापहरु देखाइयो । त्यस त्रममा होरी हरेक दिन केवल २५ देखि ३० मिनेटसम्म मात्रै सुतेका थिए ।

स्लीपर्स ट्रेनिंग एसोसिएसनमा होरीले अहिलेसम्म २१ सय युवाहरुलाई कम समयसम्म मात्रै सुतेर जिउने कला सिकाएका छन् । यदि जीवनमा कुनै खेल खेल्ने बानी बसाल्न सकेमा कम निद्रा सुत्नु पनि कुनै अप्ठेरो काम होइन । यस्तो जीवनशैली अपनाउनु झनै लाभदायी सावित हुने उनी बताउँछन् ।

होरीले खाना खानु एक घण्टाअघि कफी पिउँछन् । जसले गर्दा उनलाई निद्रा र थकानको सामना गर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त गरेका छन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार यहाँ आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् । 'आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना ...
: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताएका छन्। जापानका प्रधानमन्त्री तकाइची सनायसँगको भेटवार्तामा राष्ट्रपति पौडेलले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताए। 'हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौं, दुई मुलुकबीचको मैत्रीपूर्ण ...
: राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच भेटवार्ता भएको छ। जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा भेटवार्ता भएको हो। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित ...
: पछिल्ला केही महिनादेखि नै काठमाडौंमा चोरीका घटना अत्यधिक बढिरहेका थिए। अन्य समयभन्दा जेन–जी आन्दोलनपछि काठमाडौंमा लुटपाट र चोरी बढ्यो। त्यसमा थपिएको एउटा कारण हो, सुन चाँदीको अचाक्ली मूल्यवृद्धि। जेन–जी आन्दोलनताका कारागारबाट निस्केका कैदीले काठमाडौं पेप्सीकोला, गोठाटार क्षेत्रलाई केन्द्रविन्दु बनाई कहिले ललितपुर कहिले भक्तपुर पुगी लुटपाट गरेका हुन्। राति ९ बजेपछि सक्रिय हुने लुटेराको एक समूहलाई प्रहरीले ...