मुख्य समाचार
ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान
ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान

। नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो सिजनका लागि १२ वटा नाउर र ८ वटा झारलको शिकार गर्न टेण्डर खुलाइएको विभागले जनाएको छ । विभागका व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार टेण्डरको म्याद १५ दिनको हुन्छ र सबै प्रक्रिया पूरा गरिसकेपछि असोजदेखि शिकार सुरु हुन्छ ।




‘शिकारको लागि प्रक्रिया सुरु भयो,’ व्यवस्थापन अधिकृत शेर्पाले भने, ‘सबै प्रक्रिया पूरा गर्न २५ दिन जति लाग्छ । त्यसपछि हामीले निश्चित ब्लक भित्र शिकार खेल्न पाउने अवधि तोकिदिन्छौं ।’

सबैभन्दा बढी रकम कबोल गरेको आधारमा शिकार गराउने संघसंस्था छनोट गरिन्छ । टेण्डर हात पारेको संघसंस्थाले शिकारमा सोख भएका विदेशी पर्यटकलाई शिकार खेल्न ढोरपाटन लैजान्छ । हालसम्म शिकार खेल्नेहरु विदेशी पर्यटकहरु मात्र रहेको विभागका व्यवस्थापन शाखा प्रमुख शेर्पा बताउँछन् ।



ढोरपाटन क्षेत्रमा हरेक वर्ष पहिलो सिजन (असोज-मंसिर) र दोस्रो सिजन (फागुन-वैशाख)मा शिकार हुँदै आएको छ ।

विदेशी शिकारीसहितको समूहले शिकार खेल्न कम्तिमा १५ दिन जङ्गलमा बिताउँछन् । तोकिएको अवधिभित्र शिकार खेल्न नसके शिकारी खाली हात फर्कनुपर्ने नियम छ ।

साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीहरुका लागि आकर्षक गन्तव्य बनेको छ । नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, बन्दोबस्तीका सामग्री तयार गर्दा एउटा शिकारीले करिब २० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका आरक्षका कर्मचारीहरु बताउँछन् ।

ढोरपाटन शिकार आरक्ष २०४४ सालमा स्थापना भएको थियो । यो आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।

मुख्य कार्यालय भने बागलुङको ढोरपाटनमा पर्छ । आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— परवानीपुर गाउँपालिका–१ रहरीयाडिह गाउँमा बुधबार मध्यराति श्रीमतीको योजनामा श्रीमान् र सासुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको छ । श्रीमती मनिताको योजनामा उनका २७ वर्षीय श्रीमान् रामेश्वर महतो मण्डल र ४८ वर्षीय सासु सुमित्राको हत्या भएको हो । मनिता घरबाटै पक्राउ परेपछि उनकै योजनामा दुवैको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको हो। दुवैको घटनास्थलमै ...
— उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत सप्तरीको राजविराज नगरपालिकाका चोक–चोकमा लगाएका तथा टाँगेका चुनाव चिन्ह उल्लेखित तोरणसहितका सामग्री हटाइएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेर सार्वजनिक स्थलहरुमा तोरणसहितका सामग्री टाँगेको पाइएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले गत मंगलबार बैठक राखेको थियो। ती बैठकमा उम्मेदवार तथा दलका प्रतिनिधिले आचारसंहिता विपरितलगायका ती सामग्री हटाउने सहमति पनि जनाएका थिए। तर, ...
— गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका-३ छल्दीटारमा ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने शिशु सुवास कुमाललाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । उनका अनुसार मापसे गरेर बुबाले आफ्नै तीन महिनाको शिशु छोरा सुवास कुमालकाे बिहान साढे ९ ...
— काठमाडौंको दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा लागेको आगो नियन्त्रणमा आएको छ । होटल सञ्चालकहरूका अनुसार बिहान ९ बजेतिर आगलागी भएको थियो । होटलको माथिल्लो तल्लामा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले विजुली सट आएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित ...
— घोराही उपमहानगरपालिका देशकै पहिलो लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा भएको छ । घोराही उपमहानगरपालिकाले लैंगिक हिंसा नियन्त्रित नगर घोषणासम्बन्धी कार्यविधि २०८१ मा व्यवस्था भएअनुसार २६ चरण र ३२ वटा सूचक पूरा गरी बिहीबार लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको हो । जिल्ला समन्वय समिति र प्रदेश सरकारले अनुगमन गरी लैंगिक हिंसा नियन्त्रित घोषणाका सबै प्रक्रिया, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम