मुख्य समाचार
गभर्नर अधिकारी ‘साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ’ को अध्यक्ष चयन
गभर्नर अधिकारी ‘साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ’ को अध्यक्ष चयन

। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘साउथ एसियन रिजन फाइनान्सियल इक्लुजन इनिसिएटिभ’ को अध्यक्ष चयन भएका छन् ।

उक्त संस्थाको नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएसँगै गभर्नर अधिकारी अध्यक्ष चयन भएका हुन् ।




मध्य अमेरिकी देश एलसाल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर २०२४ देखि जारी ‘एलायन्स फर फाइनान्ससियल इक्लुजन’ ग्लोबल पोलिसी फोरमको जारी बैठक अन्तर्गत बुधबार आयोजित पाँचौं साउथ एसियन रिजन फाइनान्सियल इक्लुुजन इनिसिएटिभ लिडर राउन्ड टेबुलका क्रममा अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो ।

गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे । बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई उपाध्यक्ष चयन गरेको छ । यसअघिको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।



सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेडसीमा भएको ग्लोबल पोलिसी फोरमको १२औं बैठकका क्रममा उक्त फोरम स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंक उक्त सञ्जालमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम