मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसार ऐन संशोधन गरिँदै
मानव बेचबिखन तथा ओसारपसार ऐन संशोधन गरिँदै

। सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन गर्न लागेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीका अनुसार ऐन संशोधन विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजाने तयारी छ ।

अर्थ मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट रायसहित विधेयक फिर्ता आएको जानकारी दिँदै मन्त्री सुडीले एक साता भित्रै स्वीकृतिका लागि मन्त्रिपरिषद पुग्ने बताए ।


मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले बुधबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यस्तो जानकारी दिएका हुन् ।

२०८१ साल भित्रै विधेयक पास गरेर लागू गर्ने गरी मन्त्रालयले ऐन संशोधन गर्न लागेको उनले बताए ।



ऐन संशोधनको आवश्यकताबारे बोल्दै उनले भनेका छन्, ‘अहिले पनि नागरिकको शारीरिक शोषण भइरहेका छन्, यो लज्जास्पद विषय हो । तसर्थ कानुन संशोधनमार्फत् यस्ता विषयको सम्बोधन गरिँदैछ ।’

तर, के कस्ता प्रावधान विधेयकमा राखिएका छन् भन्ने विषयमा उनी मौन रहे ।

कार्यक्रममा महिला कानुन विकास मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन हुनुपर्ने बताए ।

पार्लेमो प्रोटोकल नेपालले सन् २०२० जुन १६ मा अनुमोदन गरेको उल्लेख गर्दै उनले पार्लेमो प्रोटोकल अनुसार पनि ऐन संशोधन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती सेवा ऐन पारित गर्ने समय आएको बताए । ‘हामी अब निजामती सेवा विधेयकलाई ऐनको रुप दिन्छौँ । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो संसदमा पेश गरेको ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन्। जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल-भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल-भारतबीचमा धेरै नभए पनि केही समस्याहरू रहेको र तिनको समाधानका ...
: डोटीमा पहिरोमा खसेको ढुंगा लागेर एक जना महिलाको मृत्यु भएको छ। उनकी नातिनी भने घाइते भएकी छन्। पहिरोमा परी जिल्लाको आदर्श गाउँपालिका-३ आगर बस्ने मानबहादुर ऐरको ६१ वर्षीय श्रीमती कौमती देवी ऐरको मृत्यु भएको छ भने उनकी १४ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। मृतक ...
। कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । शुक्रबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटनामा धनगढी उपमहानगरपालिका–५ जाँई बस्ने २८ वर्षीय संजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रबहादुर बोहोराले अत्तरियास्थित विद्युत कार्यालय नजिकै चौधरीले चलाएको सुपप्र ०१००८ ...
: सुनसरीको इटहरी उपमहानगरपालिका आसपासका क्षेत्रमा लुटपाट गर्ने सात जना पक्राउ परेका छन्। इटहरीको प्रमुख धार्मिक स्थलमा पर्यटकहरूलाई आतंकित पारी लुटपाट गर्ने सात जनाको समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले बताए। इटहरीको तालतलैया क्षेत्रमा आउने पर्यटकहरूलाई आतंकित पारी सांगठनिक रुपमा नगद र गरगहना लुटपाट गर्ने सातजनालाई पक्राउ गरिएको डीएसपी भण्डारीले ...