मुख्य समाचार
क्लब पार्टीको नाममा बन्धक बनाएको आरोपमा ४ जना पक्राउ
क्लब पार्टीको नाममा बन्धक बनाएको आरोपमा ४ जना पक्राउ

। क्लब पार्टीको नाममा बन्धक बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीया आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका–११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङ छन्।




उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। यो समूहले काठमाडौंका विभिन्न स्थानहरुमा रहेका डान्सबार तथा क्लब हाउसबाट युवायुवतीहरुलाई प्रलोभनमा पारी क्लब पार्टी भन्दै बुढानिलकण्ठस्थित घरमा ल्याएर नसालु पदार्थ खुवाई बन्धक बनाएको आरोप छ ।

नसालु पदार्थमा लट्ठिएपछि शारीरिक यातना दिनेदेखि अनैतिक कार्य समेत गर्न लगाउने गरेको पाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए। उनीहरुबाट नक्कली पेस्तोल समेत बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरुको काम भएको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले लामो छलफलपछि ४ जना मन्त्री (रक्षा, गृह, संघीय मामिला र शिक्षा) बसेर दुई वर्षको कुलिङ पिरियडमा सहमति गरिएकोमा एक थरी सचिवहरु प्रधानमन्त्रीलाई ...
: निजामती विधेयक सांसदले पारित गरेको मस्यौदाभन्दा फरकरुपमा प्रतिनिधिसभाबाट पारित भएपछि सांसदहरु सभामुखसँग छलफलमा पुगेका छन्। अवकाशप्राप्त कर्मचारीलाई पुन: नियुक्ति रोक्न राखिएको दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भएपनि प्रतिनिधि सभामा सभापति रामहरि खतिवडाले पेश गरेको विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’को प्रावधान फरक आएपछि सांसदहरु आक्रोशित बनेका हुन्। मंगलबार सभामुखसँग छलफल गरेपश्चात एमालेका सांसद ...
— कांग्रेस सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेर गर्नेमाथी कारबाही हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले लिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरका सम्बन्धमा आवश्यक छानविन गर्नुपर्ने बताएका हुन् । उनले भने, 'निजामति विधेयक प्रतिनिधि सभाबाट त पास भयो तर कुलिङ पिरियडका बारेमा भनिएको र लेखिएको कुरामा फरक छ ...
: नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले कुलिङ पिरियडको विषयमा छानबिन नभएसम्म सहभागी नहुने जनाएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। आज बिहान प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको हो। आज बिहान सभामुख देवराज घिमिरेसमक्ष समितिका सदस्यहरूले ध्यानाकर्षण गराएपश्चात पत्रकारसँग कुरा गर्दै एमालेका सांसद ...
— निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरबारे सभामुख देवराज घिमिरेले यसमा के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने बताएका छन् । त्यसका लागि उनले समितिमा भएका बहस, छलफल, लिखत र रेकर्डहरूको अध्ययन आवश्यक पर्ने बताएका छन् । मंगलबार पत्रकारसँगको कुराकानीमा उनले भने, 'यदि नियतवश गल्ती भएको पाइएमा ...