मुख्य समाचार
मुख्यसचिवसँग सीएनआई टोलीको भेट : अर्थतन्त्रलाई प्राथमिकतामा राख्न सुझाव
मुख्यसचिवसँग सीएनआई टोलीको भेट : अर्थतन्त्रलाई प्राथमिकतामा राख्न सुझाव

। नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको छ ।

बुधबार मुख्यसचिव अर्याललाई बधाई तथा शुभकामना दिँदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।




मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिइनुपर्ने बताए ।

अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएपनि उत्पादनशील एवम् निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको उनले बताए ।



समग्र अर्थतन्त्रको विकासका लागि बजेटको प्रभावकारी कार्यान्वय एवम् स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकूल औद्योगिक वातावरण निर्माणका लागि प्रक्रियालाई सरलीकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

सो अवसरमा मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताए ।

पछिल्लो पटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको भन्दै कानुन सुधार गरेर अगाडि बढ्ने बताए । उनले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूति गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— परवानीपुर गाउँपालिका–१ रहरीयाडिह गाउँमा बुधबार मध्यराति श्रीमतीको योजनामा श्रीमान् र सासुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको छ । श्रीमती मनिताको योजनामा उनका २७ वर्षीय श्रीमान् रामेश्वर महतो मण्डल र ४८ वर्षीय सासु सुमित्राको हत्या भएको हो । मनिता घरबाटै पक्राउ परेपछि उनकै योजनामा दुवैको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको हो। दुवैको घटनास्थलमै ...
— उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत सप्तरीको राजविराज नगरपालिकाका चोक–चोकमा लगाएका तथा टाँगेका चुनाव चिन्ह उल्लेखित तोरणसहितका सामग्री हटाइएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेर सार्वजनिक स्थलहरुमा तोरणसहितका सामग्री टाँगेको पाइएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले गत मंगलबार बैठक राखेको थियो। ती बैठकमा उम्मेदवार तथा दलका प्रतिनिधिले आचारसंहिता विपरितलगायका ती सामग्री हटाउने सहमति पनि जनाएका थिए। तर, ...
— गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका-३ छल्दीटारमा ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने शिशु सुवास कुमाललाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । उनका अनुसार मापसे गरेर बुबाले आफ्नै तीन महिनाको शिशु छोरा सुवास कुमालकाे बिहान साढे ९ ...
— काठमाडौंको दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा लागेको आगो नियन्त्रणमा आएको छ । होटल सञ्चालकहरूका अनुसार बिहान ९ बजेतिर आगलागी भएको थियो । होटलको माथिल्लो तल्लामा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले विजुली सट आएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित ...
— घोराही उपमहानगरपालिका देशकै पहिलो लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा भएको छ । घोराही उपमहानगरपालिकाले लैंगिक हिंसा नियन्त्रित नगर घोषणासम्बन्धी कार्यविधि २०८१ मा व्यवस्था भएअनुसार २६ चरण र ३२ वटा सूचक पूरा गरी बिहीबार लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गरिएको हो । जिल्ला समन्वय समिति र प्रदेश सरकारले अनुगमन गरी लैंगिक हिंसा नियन्त्रित घोषणाका सबै प्रक्रिया, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम