मुख्य समाचार
जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस
जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस

। सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मंगलबार दाबगरामा बस पुगेको छ । उनीसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए ।

लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे । बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै बसपार्क निर्माण भएको थियो । तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको राजभण्डारी बताउँछन् ।


‘धान फल्ने खेत दान गरेको लामो समयपछि भए पनि बसपार्क सञ्चालनमा आउँदा खुसी लागेको छ, ढिलै भए पनि विकास भएको अनुभव गर्न पाइयो’, भण्डारीले भने, ‘बसपार्क बनाउन १४ रोपनी दान दिने बुबा आमा अहिले नभए पनि उहाँको सम्झना भने रहिरहनेछ ।’

पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन आएको हो । बसपार्कको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । बसपार्कमा धौलागिरी गण्डकी यातायातलगायतका सेवा प्रदायक कम्पनीले बसपार्कबाट सेवा सञ्चालन सुरु गरिसकेका छन् ।



जग्गादाता गोविन्द उपाध्यायले भने, ‘नगरपालिकासँग सम्झौता गरेर जग्गा दिएका थियौ, त्यो बेला उपयोग नहुने जग्गा फिर्ता हुने सर्तसहित नगरपालिकालाई जग्गा दिएको हो, अहिले बसपार्क बनेपछि खुसी लागेको छ ।’ उनले बसपार्क निर्माणमा उपयोग नभएको जग्गा फिर्ता पाउनेमा आशा बढेको बताए ।

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले ९ करोड रुपैयाँ खर्चेर आधुनिक बसपार्क निर्माण गरेको जानकारी दिए । ‘बसपार्क कूल १७ रोपनीमा निर्माण भएको छ, बाँकी ४२ रोपनी जग्गा जग्गादातालाई फिर्ताको तयारी भइरहेको छ’, उनले भने । उनले जग्गादातालाई बसपार्क उद्घाटनमा सम्मान गरिएको बताए ।

विसं २०५८ सालमा स्थानीयले कुल ५९ रोपनी जग्गा नगरपालिकालाई दिएका थिए । उपयोग नभएको जग्गामा हाल पलटिङ भइरहेको छ । दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउन नक्शाङ्कन अन्तिम चरणमा पुगेको जनाइएको छ । बसपार्कमा ७० बस, एक सय वटा कार पार्किङको क्षमता छ । त्यसबाहेक २० वटा व्यापारिक सटर समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाईले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले ...
— एमाले उपमहासचिव योगेश भटटराईले आसन्न निर्वाचनमा कार्यकर्ताले गरेका सबै प्रश्नको जवाफ एमालेले दिन पर्ने बेला भएको बताएका छन् । आइतबार पूर्वी नवलपरासीको दलदलेमा आयोजित एमाले कार्यकर्ता भेलामा उपमहासचिव भट्टराईले नेतृत्वका गल्तीका कारण देश छिट्टै निर्वाचनमा होमिएको बताएका हुन् । 'एमालेबाट गल्ती भएको छ, त्यसका लागि हामी तपाईंहरूसँग क्षमा चाहन्छौँ,' उनले भने, ,हाम्रा बारेमा थुप्रै प्रश्न उठेका ...
— तत्कालीन नेकपा माओवादी केन्द्रबाट सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष प्रत्यासी मुनिलाल खंग (खत्वे) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको दुई दिनमै जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुगेका छन् । तत्कालीन जमुनी मधेपुरा गाविसका अध्यक्षसमेत उनी २०७९ मा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिकाका अध्यक्षमा चुनाव लड्दा १ हजार १ सय ८३ मत ल्याएका थिए । त्यसबेला जसपा नेपालकै ...
— १२ जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद) को लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको सुर्खेत प्रहरीले जनाएको छ । आर्थिक लाभ लिई अर्काको नाममा परीक्षा दिनेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनीहरू नागरिकता तथा प्रवेशपत्रमा फोटो ...
— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गरेका छन् । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको प्रतिनिधिससा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले लडाइँ देश जलाउने कि देश बनाउनेहरुको बीचमा रहेको बताए । रास्वपा उद्देश्य र ...