मुख्य समाचार
एकदिने रमझममा सीमित नहोस् पलेशा पदक सेलिब्रेसन
एकदिने रमझममा सीमित नहोस् पलेशा पदक सेलिब्रेसन

। देशका लागि खेल्ने र जित्ने खेलाडी धेरै हुन्छन् । तर नगर वा शहर परिक्रमाको सम्मान निकै कम खेलाडीले पाउँछन् । असम्भव जस्तै मानिएको उपलब्धि हात पार्न सक्नुपर्छ ।

बुधबार ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेसा गोवर्द्धनलाई नगर परिक्रमा गरेर सम्मान गरिएको छ । फ्रान्सको पेरिसमा सन् २०२४ पारालिम्पिक्सको के ४४ क्याटेगोरी ५७ केजीमा कांस्य जितेपछि पलेशाले इतिहास रचिन् ।




६ दशक लामो ओलम्पिक यात्रामा यो नै पहिलो पदक थियो । पदक लिएर स्वदेश फर्किएकी उनलाई बुधबार बिहान त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

बिहानै विमानस्थलमा खेलाडी, प्रहरी, नेपाल एपीएफ क्लब, समर्थक, शुभचिन्तक, कराते तथा तेक्वान्दोका खेलाडी, मिडिया र संघका पदाधिकारीको भीड थियो ।



सधैंजसो विमानस्थलमा विदेश जान लागेकाहरुलाई बिदा गर्न पुगेकाहरुको आँखामा आँसु देखिन्थ्यो । बुधबार बिहान भने खुसी र उत्साहको भीडले भरिएको थियो ।



ब्याण्ड बाजागाजा, खादा, माला, फूल र अबिर लगाइदिनेको उनलाई भीड थियो । पलेशालाई स्वागत गर्न तेक्वान्दोको सेतो जर्सीमा विमानस्थल पुगेका स–साना बालबालिकाले पनि धेरैको ध्यान तानेको थियो । विमानस्थलमा भव्य स्वागतपछि र्‍याली सुरु भयो । भ्यानमा पलेशासँगै खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ पनि चढे ।

एपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर हुँदै राखेपको नयाँ भवनको प्राङ्गणमा पुगेर सभामा परिणत भयो ।

ऐतिहासिक पदक जितेकाले देशमा राम्रै स्वागत होला भन्ने पलेशालाई पनि पूर्वानुमान थियो ।

तर यति भव्य होला भन्ने चाहिँ लागेको थिएन । ‘नेपालका लागि पहिलो पदक हो । सबै जना खुसी हुनुहुन्छ भन्ने थियो, तर यस्तो स्वागत अपेक्षा थिएन’, उनले खुसी साटिन् ।



बुधबार नै काठमाडौं महानगरपालिकाले नगद ५ लाख रुपैयाँसहित सम्मान गरेको छ भने राष्ट्रपति रामचन्द्र पौडेलले पनि शीतलनिवासमै बोलाएर सम्मान गरेका छन् ।

खेलाडीले पदक जितेर आउँँदा यसरी नै सम्मान गर्ने गरिएको छ । नेपाली खेलकुदमा पछिल्लो एक दशकमा सन् २०१४ मा टी–२० विश्वकपमा छनोट, २०१६ मा बंगबन्धु गोल्डकप उपाधि, २०१९ मा १३ औं सागका पदक विजेता, २०२३ को एसियाडमा रजत जितेपछि एरिका गुरुङलाई नगर परिक्रमा गराइएको थियो ।

तर पदक जित्दा सम्मान गर्ने, धेरथोर नगद पुरस्कार दिने, त्यसपछि बिर्सिने जस्तो भएको छ । पदक जित्न गर्नुपर्ने पूर्व तयारीमा भने फिटिक्कै ध्यान पुग्ने गरेको छैन । पलेशा स्वयंलाई पनि ओलम्पिक खेल्न सरकारले खर्च दिने भनिएको थियो । उनी पदक जितेर आइसक्दा पनि त्यसको कुनै टुंगो छैन ।

पलेशाले नेपाल तेक्वान्दो संघको सहयोगमा म्यानचेस्टर (इंग्ल्याण्ड) मा एक महिना अभ्यास गर्ने मौका पाएकी थिइन् । जिबी तेक्वान्दोमा गरेको अभ्यासले ठूलो सहयोग मिलेको पलेशाको अनुभव छ ।



प्रशिक्षक कविराज नेगी लामाका अनुसार जिबी तेक्वान्दोमा अभ्यास गरेका दुई जनाले पारालिम्पिक्समा स्वर्ण पदक जितेका छन् । पारामा सबैभन्दा बढी मेडल जितेको इरानमा जाने योजना थियो । त्यो सम्भव नभएपछि म्यानचेस्टर जाने तय भएको थियो ।

पलेशा र अर्का पारा खेलाडी भरतसिंह महताले त्यहाँ नियमित ट्रेनिङ गर्नुका साथै एक्स्पोजर म्याचहरु खेले । त्यही अभ्यास गरेका बेलायतका तेक्वान्दो खेलाडीहरुले भन्थे, ‘हामी त गोल्ड ल्याउँछौं नै, पलेशाले पनि ल्याउँछे ।’

यसले पनि नेपाली खेलाडीहरुमाथि लगानी गर्ने हो भने पदक धेरै टाढा छैन भन्ने देखाउँछ । सागमा दुई स्वर्ण जिताउने तेक्वान्दोकी आयशा शाक्यका अनुसार यसरी गरिने सम्मानले अरुलाई पनि यस्तो चेयरअप र फ्यान फलोअर हुदोरहेछ, म पनि खेलाडी चाहन्छु भन्ने आश त जगाउँछ । तर त्यसरी आएका खेलाडीहरुलाई टिकाइराख्न भने सरकारसँगै निजी क्षेत्रले लगानी पनि गर्नुपर्छ ।



‘सरकार र सम्बन्धित निकायले सधैं पैसा छैन भन्छन्’, नेपाललाई १३ औं सागमा दुई स्वर्ण जिताउने तेक्वान्दोकी आयशा शाक्यले भनिन्, ‘अहिलेको लगानीले कास्य जित्यौं । अझै राम्रो ट्रेनिङ, एक्स्पोजर दिने हो भने स्वण नै आउथ्यो कि !’

उनका अनुसार अहिले पनि कुनै प्रतियोगिता हुने भयो भने दुईचार हप्ता अगाडि मात्र ट्रेनिङ गराउने परम्परा छ । पदकको आश गर्ने हो भने त्यसलाई अन्त्य गर्नुपर्छ ।

खेलाडीहरु विकट ठाउँबाट आएका हुन्छन्, उनीहरुलाई काठमाडौंमा बस्नै कठिन छ । खेलाडीलाई न्यूनतम सेवा सुविधा समेत छैन । अहिलेसम्म जुनसुकै खेल खेलाडीहरुको प्यासनमा टिकेको छ भन्दा फरक पर्दैन ।

‘प्रतिभावान् खेलाडीलाई संरक्षण गर्ने नीति बनाउन सक्यौं भने पलेशा जस्ता धेरै खेलाडी हामीले जन्माउन सक्छौं’, आयशाले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...