मुख्य समाचार
पाकिस्तानविरुद्ध बंगलादेशलाई ऐतिहासिक सिरिज
पाकिस्तानविरुद्ध बंगलादेशलाई ऐतिहासिक सिरिज

। विकेटकिपर लिटन दास र स्पिनर मेहेदी हसन मिराजको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले पहिलो पटक पाकिस्तानविरुद्ध टेस्ट सिरिज जितेको छ ।मंगलबार घरेलु टोली पाकिस्तानलाई दोस्रो टेस्ट खेलमा ६ विकेटले हराउँदै सिरिजमा क्लिनस्विपका साथ बंगलादेशले इतिहास रचेको हो ।

१८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले पाँचौं तथा अन्तिम ५६ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। बंगलादेशका ओपनर जकिर हसनले ४०, कप्तान नाज्मुल हसन सान्टोले ३८ र मोमिनुल हकले ३४ रनको योगदान दिए । पाकिस्तानका मिर हाम्जा, खुर्राम शाहजाद, अब्रार अहमद र सलमान अघाले १-१ विकेट लिए ।




त्यसअघि पाकिस्तान दोस्रो इनिङमा १७२ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा १२ रनको अग्रता हुँदा समग्रमा बंगलालदेशलाई १८५ रनको लक्ष्य दिएको थियो । पाकिस्तानका मोहम्मद रिजवान ४३, सलमान अघा ४७ र बाबर आजम ११ रनमा आउट भए । बंगलादेशका हसन मोहम्मद ५ र नहिद रानाले ४ विकेट लिए ।

पहिलो इनिङमा बंगलादेश २६२ रनमा अल आउट भएको थियो । विकेटकिपर लिटन दासले २२८ बलमा १३ चौका र ४ छक्कासहित १३८ रनको शतकीय इनिङ खेलेका थिए ।



एक समय २६–६ को दयनीय अवस्थामा पुगेको बंगलादेशलाई सातौं विकेटका लागि मेहेदी हसन मिराज र दासले १६५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

मेहेदी हसन मिराजले १२४ बलमा १२ चौका र १ छक्कासहित ७८ रन बनाए । पाकिस्तानका खुर्राम शाहजादले ६, मिर हाम्जा र सलमान अघाले २–२ विकेट लिएका थिए ।

रावलपिंडी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गर्दै पाकिस्तान २७४ रनमा अल आउट भएको थियो । पाकिस्तानका सैम अयुब ५८, शन मकसुद ५७, सलमान अघा ५४, बाबर आजम ३१ र मोहम्मद रिजवान २९ रन बनाएका थिए ।

बंगलादेशका मेहेदी हसन मिराजले ५ र तस्किन अहमदले ३ विकेट लिएका थिए । पहिलो टेस्ट खेलमा बंगलादेश १० विकेटले विजयी भएको थियो । पाकिस्तानविरुद्ध टेस्ट इतिहासमा त्यो बंगलादेशको पहिलो जित थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...