मुख्य समाचार
ममता काफ्ले प्रकरण : प्रमाण खोज्दै सिग्नल हिल पार्क पुग्यो प्रहरी
ममता काफ्ले प्रकरण : प्रमाण खोज्दै सिग्नल हिल पार्क पुग्यो प्रहरी

। अमेरिकाको भजिर्नियाबाट बेपत्ता ममता काफ्ले भट्टबारे अनुसन्धान गरिरहेको मनसास पार्क प्रहरीको टोलीले ‘सिग्नल हिल पार्क’मा सर्च अपरेसन चलाएको छ ।

उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएर सुरु गरेको अनुसन्धानले प्रहरीलाई त्यहाँसम्म पुर्‍याएको मनसास पार्क प्रहरी प्रमुख मारियो लुगोले बताएका छन् ।




‘त्यहाँबाट केही चिजहरु संकलन गरिएका छन् र ती विषयहरु यो अनुसन्धानसँग जोडिने किसिमका हुन् वा होइनन् भन्ने विषयमा जाँच भइरहेको छ’, उनले इन्साइड नोभा डटकमको इमेल जिज्ञासामा भनेका छन् ।

नरेश र ममता बस्ने घरबाट दुई माइलको दूरीमा रहेको सिग्नल हिल पार्कमा सर्च गरिरहँदा काफ्लेलाई न्याय माग्दै समर्थकहरुले शान्तिपूर्ण प्रदर्शन समेत गरेका थिए । ममताका साथी, सहकर्मी र अधिकारकर्मीले पार्क बाहिर ममतालाई न्याय माग गर्दै प्ले कार्ड बोकेर बसेका थिए ।



ममताका एक जना साथीले प्रहरीलाई उधृत गर्दै केही प्रमाण संकलन भएको उल्लेख गरेका छन् । ‘मैले एक जना डिटेक्टिभसँग कुरा गरेको थिएँ, उनले एकदमै गहिरो अनुसन्धान भइरहेको भन्दै मलाई आश्वस्त पारेका थिए’, उनले भनेका छन्, ‘सिग्नल हिल पार्कको सर्च सकिएको छ र केही प्रमाण संकलन भएकोमा आशावादी छु, त्यसलाई जाँच गर्न केही समय लाग्छ ।’

उनले प्रहरीले यो मामिलामा दिनरात नभनी अनुसन्धान गरिरहेको भन्दै चााडै नतिजा आउने बताएका छन् । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा धेरै रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजक तर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जीवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्मे भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।

अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लूस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अँध्यारो पारेर हेर्दा निलो रंग देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।

तर, भट्ट पक्षका वकिलहरुले भने शरीरबिनै गम्भीर अभियोग लगाइएको भन्दै उनलाई धरौटीमा छाड्न माग गरेका थिए । अभियोजकतर्फका वकिलहरुको बहस सुनेपछि नरेश समाजका लागि खतरा हुनसक्ने भन्दै अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ । सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानी मारेका हुन् । नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमले परिवारका सदस्यहरूको हत्यामा संलग्न नेपाली छत्रबहादुर ...
: अमेरिकाले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरेको छ। अमेरिकास्थित नेपाली राजदूतावास स्रोत अनुसार अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका १२० जनाभन्दा बढी नेपालीलाई निष्कासन गरी विशेष चार्टर विमानमार्फत अमेरिकाले नेपाल फर्काएको हो। दूतावास स्रोतले अन्नपूर्णलाई दिएको जानकारी अनुसार डिपोर्ट गरिएका नेपालीहरू चार्टर विमानमार्फत आज अपरान्ह श्रीलंका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दैछन्। दूतावासले केही दिन ...
— अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ देखि दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट ५ सय ८५ नेपाली निष्कासित भएका छन् । राष्ट्रपति ट्रम्पले कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासित गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गरेसँगै त्यसको प्रभाव नेपालीमा पनि परेको हो । वर्षौंदेखि कागजातविना बसोबास गर्दै आइरहेका १ हजार ३ सय ६५ जना नेपालीलाई एक वर्षभित्र ...
। नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक शुुक्रबार पोर्चुगलको विदेश मन्त्रालयमा सम्पन्न भएको छ । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रका विदेश मन्त्रालयका विदेश मामिला तथा सहयोग राज्य सचिव डा. आना इसाबेल जेभियरले बैठकको नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलका तर्फबाट बैठकमा पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, परराष्ट्र मन्त्रालय राजदूतावासका ...
। नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्रमा प्रयोग भएको पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी गर्नेहरुको संख्या दुई हजार भन्दा बढी भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा सम्वन्धित व्यक्तिहरु नै आफ्नो प्रहरी चारित्रिक प्रमाणपत्रमा छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी दिइरहेका छन् । यसरी उजुरी दिनेहरुले नेपाल प्रहरीबाट जारी भएको आफ्नो ...